काठमाडौं– सरकारले आगामी २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने जनाएको छ।
शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अबको २ वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने बताए।
मन्त्री पौडेलले मलेरिया, क्षयरोग, एड्स, कुष्टरोग लगायत नियन्त्रण कार्यक्रमका लागि १ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।