काठमाडौं- नेपाल भलिबल संघ (एनभीए) ले एसियन महिला भलिबल च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट गरेको छ।
संघले अगष्ट २९ देखि सेप्टेम्बर ५ (भदौ १३ देखि २० गते)सम्म फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपका लागि ३० खेलाडी छनाेट गरेकाे हाे।
संघका उपाध्यक्ष निरोज मास्केसहित राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत भलिबलको मुख्य प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक जगदिश भट्टको छनोट समितिले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनाेट गरेकाे हाे।
प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी, न्यू डायमण्ड, पुलिस र एपीएफबाट समान ७-७ खेलाडी परेका छन्। यस्तै, भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन्।
आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन्। यस्तै, न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन्।
यस्तै, टाेलिमा पाँच वैकल्पिक खेलाडी राखिएको छ। वैकल्पिक खेलाडीमा न्यू डायमण्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही, भरतपुरकी आरती सुवेदी, निशा चौधरी र नेपाल पुलिसबाट पुष्पा चौधरी छिन्।
यस्तै, संघले प्रशिक्षकमा जगदिश भट्ट र म्यानेजरमा निरोज मास्केलाई चयन गरेको छ।
बन्द प्रशिक्षणमा परेका खेलाडी
नेपाल आर्मी : सोफिया पुन, सुनीता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो।
न्यू डायमण्ड : प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर , झरना श्रेष्ठ, वाल्मीका आचार्य।
एपीएफ : सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी।
नेपाल पुलिस : उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द।
भरतपुर : सरस्वती कट्टेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।