• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ

टीकाराम भट्टराई बिहीबार, जेठ १३, २०७८  १७:४३
1140x725
फाइल तस्वीर।

मलाई लाग्छ, आज सम्माननीय सभामुखले हामीलाई राय परामर्शका लागि बोलाउनुभएको एकदम ‘लिमिटेड’ विषयमा मात्रै हो। अदालतमा गर्ने बहस हामी भोलिदेखि गरौंला। कोही पक्षमा गरौंला, कोही विपक्षमा गरौंला। यो जटिल परिस्थितिमा र संवैधानिक संकटको अवस्थामा सभामुखको भूमिका के हुनसक्दछ भन्ने कुरामा हामीले बढी जोड दिनुपर्छ होला भन्ने मलाई लागेको छ।

तीनवटा कुरा स्थापित तथ्य छन्, सभामुखले आफ्नो भूमिकाको खोजी गरिरहँदाखेरी। हामीसँग लिखित संविधान छ। यसको दायराभन्दा बाहिर अन्य संस्थाहरु राष्ट्रपति, प्रधानमन्त्री जानुभयो भने पनि सभामुख संविधानले तोकिदिएको सीमारेखाभन्दा बाहिर जान सक्नुहुन्न। हामीले जानुपर्छ भनेर आग्रह गर्न सक्दैनाैं। यसको अर्थ संविधानले दिएको कर्तव्य निर्वाह गर्दिनँ भनेर इन्कार पनि गर्न सक्नुहुन्न।

सदनको प्रमुख भएको नाताले यो संसदीय व्यवस्थाको मूल्य र मान्यता, संविधानवाद र संवैधानिक सर्वोच्चताको जगेर्ना गर्ने दायित्व सभामुखको हो। सम्पूर्ण सार्वभौमसत्ता जनतामा निहित छ। आवधिक निर्वाचनमार्फत् त्यो संसद्ले पाँच वर्षका लागि प्रयोग गर्छ। त्यो संसद्को पनि प्रमुख हुनुको नाताले अहिले सभामुखलाई नेपाली जनताको सार्वभौमसत्ता संविधानभित्र रहेर प्रयोग गर्ने अधिकार छ।

त्यस्तै, पुस ५ गते गरिएको प्रतिनिधि सभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले फागुन ११ गते जुन फैसला गरेको छ, फैसलामा कसैको पनि लहड र सनकको भरमा प्रतिनिधि सभाको विघटन हुन नसक्ने र धारा ७६ को उपधारा १ देखि ७ सम्म एकपछि अर्को क्रियात्मक रुपमा अभ्यास हुनु अनिवार्य छ भनिएको छ।

संविधान सभाले बनाएको यो संविधान कसैले पनि मार्न सक्दैन। सर्वोच्च अदालतले तीन महिनाअगाडि कसैको लहड र सनकको भरमा प्रतिनिधि सभा विघटन हुन सक्दैन भनेको छ। यो मुद्दामा सभामुखलाई समेत परमादेश जारी भएको छ। सर्वोच्च अदालतले नै प्रतिनिधि सभा मर्दैन भनिसकेपछि अब प्रतिनिधि सभा मार्ने को छ यहाँ? राष्ट्रपतिले पनि मार्न सक्नुहुन्न, प्रधानमन्त्रीले पनि मार्न सक्नुहुन्न। सर्वोच्च अदालतले प्रतिनिधि सभा जिउँदो छ भन्यो, मर्न सक्दैन भन्यो। लहड र सनकको भरमा विघटन हुनसक्दैन भन्यो। धारा ८५ मा उल्लेख भएको ‘अगावै विघटन भएमा बाहेक’को पनि व्याख्या गर्‍यो।

संविधानको धारा ११९ (३)ले जेठ १५ गते कहिल्यै पनि प्रतिनिधि सभा मर्दैन भन्ने अर्थ दिएको छ। वार्षिक बजेट प्रत्येक वर्ष जेठ १५ गते संयुक्त सदनमा पेश हुनेछ भनिएको छ। यसलाई धारा ११९ (३) लाई अब हामीले धारा ७६ सँग जोडेर हेर्नुपर्छ। अस्तिको सर्वोच्च अदालतको फैसलासँग जोडेर हेर्नुपर्छ। जेठ १५ गते नै सदनमा बजेट पेश हुने भनिसकेपछि जेठ १५ गते प्रतिनिधि सभा हरहालतमा जिवित हुन्छ भन्ने परिकल्पना यो संविधानले गरेको छ।

अहिले सर्वोच्च अदालतको फैसला विपरीत जबर्जस्त प्रतिनिधि सभालाई विघटन गरिएको छ। अब विघटन भएको प्रतिनिधि सभालाई सभामुखले के गर्न सक्नुहुन्छ? मलाई लागेको कुरा, अधिवेशनको आह्वान र अन्त्यको विषयमा संविधानको धारा ९३ मा उल्लेख गरिएको छ। उपधारा १ को पहिलो वाक्यमा प्रतिनिधि सभाको निर्वाचन भएर परिणाम प्राप्त भएको तीस दिनभित्र राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक बोलाउने भनिएको छ। दोस्रो वाक्यमा, यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा अधिवेशन आह्वान गर्नुहुनेछ भनिएको छ।

अधिवेशनको आह्वान गर्ने अधिकार केवल राष्ट्रपतिलाई छ। अस्तिको अधिवेशन अन्त्य भइसकेको छ। अन्त्य भएको अधिवेशन सर्वोच्च अदालतको फैसला बमोजिम प्रतिनिधि सभा जिवित छ। तर, प्रतिनिधि सभाको अधिवेशन बोलाउने अधिकार राष्ट्रपतिलाई मात्रै छ।

Ncell 2
Ncell 2

अब हामी धारा ६६ मा जाऔं। त्यहाँ राष्ट्रपतिको काम, कर्तव्य र अधिकार उल्लेख छ। यो संविधानमा प्रष्ट रुपमा कुनै पदाधिकारी वा निकायले गर्ने भनी तोकिएदेखि बाहेकका अन्य काम कारबाहीहरु राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सिफारिसमा गर्ने छ भनिएको छ। अब, अधिवेशनको आह्वान गर्ने अधिकार प्रष्ट रुपमा कसलाई तोकिएको छ? अहिले सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधि सभा जिवित छ, अधिवेशन मात्रै नबसेको हो। अधिवेशन ९३ बमोजिम राष्ट्रपतिले बोलाउन सक्छ। अरुले सक्दैन। अब ६६ बमोजिम अधिवेशन बोलाउने अधिकार प्रधानमन्त्रीलाई मात्रै हो कि अन्य निकाय र पदाधिकारीलाई पनि छ? धारा ९३ ले यस संविधान बमोजिम भनेको छ।

अब धारा १०३ मा जाऔं। धारा १०३ (२) ले यस संविधानको अधीनमा रही संघीय संसद्को प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै पनि कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्रै हुनेछ र यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन पाइने छैन भनेको छ।

सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधि सभा जिवित छ। ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुपर्छ। मैले भन्न खोजेको सर्वोच्च अदालतको फैसलालाई उद्धृत गर्दै, संविधानको धारा १०३ (२) लाई उद्धृत गर्दै, धारा ११९ ले जेठ १५ गते प्रतिनिधि सभा जिवितै हुन्छ भनेको कुरालाई उद्धृत गर्दै सभामुखज्यूले राष्ट्रपतिलाई अविलम्ब प्रतिनिधि सभाको बैठक आह्वान गर्नका लागि सिफारिस गर्नुपर्छ।

मन्त्रिपरिषद्ले मात्रै बैठक बोलाउन सिफारिस गर्छ भन्ने छैन। धारा ९३ ले ‘यस संविधान बमोजिम’ भनेको छ। धारा १०३ (२) ले प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ भन्छ। त्यो अधिकारको प्रयोग सभामुख हुनुको नाताले सभामुखले गर्न सक्नुहुन्छ। सभामुख संविधानभन्दा बाहिर जानसक्नुहुन्न, संविधानले दिएको कर्तव्य निर्वाह नगरेर पनि बस्न सक्नुहुन्न।

त्यसैले सर्वोच्च अदालतको फैसला, संविधानको धारा ६६ (२), ९३ (२), १०३ (२) र ११९ (४) लाई उद्धृत गरेर सभामुखले अविलम्ब राष्ट्रपतिलाई सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधि सभा जिवित छ र जेठ १५ गते बजेट ल्याउने प्रयोजनका लागि अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्नुपर्छ र राष्ट्रपतिले तदनुकूल सभामुखको सिफारिस बमोजिम अविलम्ब प्रतिनिधि सभाको बैठक बोलाउनुपर्छ।

यो प्रतिनिधि सभा मरेको छैन। जिवित छ। सर्वोच्च अदालतको फैसला, संविधानको धारा १२८ बमोजिम सबैलाई कानुन सरह मान्य छ। हामी अन्त जानै पर्दैन।

(बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद् र कानुनविद्सँग गरेको परामर्श कार्यक्रममा भट्टराईले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्