• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ

टीकाराम भट्टराई बिहीबार, जेठ १३, २०७८  १७:४३
1140x725
फाइल तस्वीर।

मलाई लाग्छ, आज सम्माननीय सभामुखले हामीलाई राय परामर्शका लागि बोलाउनुभएको एकदम ‘लिमिटेड’ विषयमा मात्रै हो। अदालतमा गर्ने बहस हामी भोलिदेखि गरौंला। कोही पक्षमा गरौंला, कोही विपक्षमा गरौंला। यो जटिल परिस्थितिमा र संवैधानिक संकटको अवस्थामा सभामुखको भूमिका के हुनसक्दछ भन्ने कुरामा हामीले बढी जोड दिनुपर्छ होला भन्ने मलाई लागेको छ।

तीनवटा कुरा स्थापित तथ्य छन्, सभामुखले आफ्नो भूमिकाको खोजी गरिरहँदाखेरी। हामीसँग लिखित संविधान छ। यसको दायराभन्दा बाहिर अन्य संस्थाहरु राष्ट्रपति, प्रधानमन्त्री जानुभयो भने पनि सभामुख संविधानले तोकिदिएको सीमारेखाभन्दा बाहिर जान सक्नुहुन्न। हामीले जानुपर्छ भनेर आग्रह गर्न सक्दैनाैं। यसको अर्थ संविधानले दिएको कर्तव्य निर्वाह गर्दिनँ भनेर इन्कार पनि गर्न सक्नुहुन्न।

सदनको प्रमुख भएको नाताले यो संसदीय व्यवस्थाको मूल्य र मान्यता, संविधानवाद र संवैधानिक सर्वोच्चताको जगेर्ना गर्ने दायित्व सभामुखको हो। सम्पूर्ण सार्वभौमसत्ता जनतामा निहित छ। आवधिक निर्वाचनमार्फत् त्यो संसद्ले पाँच वर्षका लागि प्रयोग गर्छ। त्यो संसद्को पनि प्रमुख हुनुको नाताले अहिले सभामुखलाई नेपाली जनताको सार्वभौमसत्ता संविधानभित्र रहेर प्रयोग गर्ने अधिकार छ।

त्यस्तै, पुस ५ गते गरिएको प्रतिनिधि सभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले फागुन ११ गते जुन फैसला गरेको छ, फैसलामा कसैको पनि लहड र सनकको भरमा प्रतिनिधि सभाको विघटन हुन नसक्ने र धारा ७६ को उपधारा १ देखि ७ सम्म एकपछि अर्को क्रियात्मक रुपमा अभ्यास हुनु अनिवार्य छ भनिएको छ।

संविधान सभाले बनाएको यो संविधान कसैले पनि मार्न सक्दैन। सर्वोच्च अदालतले तीन महिनाअगाडि कसैको लहड र सनकको भरमा प्रतिनिधि सभा विघटन हुन सक्दैन भनेको छ। यो मुद्दामा सभामुखलाई समेत परमादेश जारी भएको छ। सर्वोच्च अदालतले नै प्रतिनिधि सभा मर्दैन भनिसकेपछि अब प्रतिनिधि सभा मार्ने को छ यहाँ? राष्ट्रपतिले पनि मार्न सक्नुहुन्न, प्रधानमन्त्रीले पनि मार्न सक्नुहुन्न। सर्वोच्च अदालतले प्रतिनिधि सभा जिउँदो छ भन्यो, मर्न सक्दैन भन्यो। लहड र सनकको भरमा विघटन हुनसक्दैन भन्यो। धारा ८५ मा उल्लेख भएको ‘अगावै विघटन भएमा बाहेक’को पनि व्याख्या गर्‍यो।

संविधानको धारा ११९ (३)ले जेठ १५ गते कहिल्यै पनि प्रतिनिधि सभा मर्दैन भन्ने अर्थ दिएको छ। वार्षिक बजेट प्रत्येक वर्ष जेठ १५ गते संयुक्त सदनमा पेश हुनेछ भनिएको छ। यसलाई धारा ११९ (३) लाई अब हामीले धारा ७६ सँग जोडेर हेर्नुपर्छ। अस्तिको सर्वोच्च अदालतको फैसलासँग जोडेर हेर्नुपर्छ। जेठ १५ गते नै सदनमा बजेट पेश हुने भनिसकेपछि जेठ १५ गते प्रतिनिधि सभा हरहालतमा जिवित हुन्छ भन्ने परिकल्पना यो संविधानले गरेको छ।

अहिले सर्वोच्च अदालतको फैसला विपरीत जबर्जस्त प्रतिनिधि सभालाई विघटन गरिएको छ। अब विघटन भएको प्रतिनिधि सभालाई सभामुखले के गर्न सक्नुहुन्छ? मलाई लागेको कुरा, अधिवेशनको आह्वान र अन्त्यको विषयमा संविधानको धारा ९३ मा उल्लेख गरिएको छ। उपधारा १ को पहिलो वाक्यमा प्रतिनिधि सभाको निर्वाचन भएर परिणाम प्राप्त भएको तीस दिनभित्र राष्ट्रपतिले प्रतिनिधि सभाको बैठक बोलाउने भनिएको छ। दोस्रो वाक्यमा, यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा अधिवेशन आह्वान गर्नुहुनेछ भनिएको छ।

अधिवेशनको आह्वान गर्ने अधिकार केवल राष्ट्रपतिलाई छ। अस्तिको अधिवेशन अन्त्य भइसकेको छ। अन्त्य भएको अधिवेशन सर्वोच्च अदालतको फैसला बमोजिम प्रतिनिधि सभा जिवित छ। तर, प्रतिनिधि सभाको अधिवेशन बोलाउने अधिकार राष्ट्रपतिलाई मात्रै छ।

Ncell 2
Ncell 2
nimb
nimb

अब हामी धारा ६६ मा जाऔं। त्यहाँ राष्ट्रपतिको काम, कर्तव्य र अधिकार उल्लेख छ। यो संविधानमा प्रष्ट रुपमा कुनै पदाधिकारी वा निकायले गर्ने भनी तोकिएदेखि बाहेकका अन्य काम कारबाहीहरु राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सिफारिसमा गर्ने छ भनिएको छ। अब, अधिवेशनको आह्वान गर्ने अधिकार प्रष्ट रुपमा कसलाई तोकिएको छ? अहिले सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधि सभा जिवित छ, अधिवेशन मात्रै नबसेको हो। अधिवेशन ९३ बमोजिम राष्ट्रपतिले बोलाउन सक्छ। अरुले सक्दैन। अब ६६ बमोजिम अधिवेशन बोलाउने अधिकार प्रधानमन्त्रीलाई मात्रै हो कि अन्य निकाय र पदाधिकारीलाई पनि छ? धारा ९३ ले यस संविधान बमोजिम भनेको छ।

अब धारा १०३ मा जाऔं। धारा १०३ (२) ले यस संविधानको अधीनमा रही संघीय संसद्को प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै पनि कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्रै हुनेछ र यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन पाइने छैन भनेको छ।

सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधि सभा जिवित छ। ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुपर्छ। मैले भन्न खोजेको सर्वोच्च अदालतको फैसलालाई उद्धृत गर्दै, संविधानको धारा १०३ (२) लाई उद्धृत गर्दै, धारा ११९ ले जेठ १५ गते प्रतिनिधि सभा जिवितै हुन्छ भनेको कुरालाई उद्धृत गर्दै सभामुखज्यूले राष्ट्रपतिलाई अविलम्ब प्रतिनिधि सभाको बैठक आह्वान गर्नका लागि सिफारिस गर्नुपर्छ।

मन्त्रिपरिषद्ले मात्रै बैठक बोलाउन सिफारिस गर्छ भन्ने छैन। धारा ९३ ले ‘यस संविधान बमोजिम’ भनेको छ। धारा १०३ (२) ले प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ भन्छ। त्यो अधिकारको प्रयोग सभामुख हुनुको नाताले सभामुखले गर्न सक्नुहुन्छ। सभामुख संविधानभन्दा बाहिर जानसक्नुहुन्न, संविधानले दिएको कर्तव्य निर्वाह नगरेर पनि बस्न सक्नुहुन्न।

Xtrem

Xtrem

त्यसैले सर्वोच्च अदालतको फैसला, संविधानको धारा ६६ (२), ९३ (२), १०३ (२) र ११९ (४) लाई उद्धृत गरेर सभामुखले अविलम्ब राष्ट्रपतिलाई सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधि सभा जिवित छ र जेठ १५ गते बजेट ल्याउने प्रयोजनका लागि अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्नुपर्छ र राष्ट्रपतिले तदनुकूल सभामुखको सिफारिस बमोजिम अविलम्ब प्रतिनिधि सभाको बैठक बोलाउनुपर्छ।

यो प्रतिनिधि सभा मरेको छैन। जिवित छ। सर्वोच्च अदालतको फैसला, संविधानको धारा १२८ बमोजिम सबैलाई कानुन सरह मान्य छ। हामी अन्त जानै पर्दैन।

(बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद् र कानुनविद्सँग गरेको परामर्श कार्यक्रममा भट्टराईले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्