• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पत्र–युद्धपछि कहाँ पुग्ला जसपा?

64x64
वीरेन्द्र ओली बिहीबार, जेठ १३, २०७८  ०७:०३
1140x725

काठमाडाैं- वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यसहित एक वर्ष पहिले एकीकृत बनेको जनता समाजवादी पार्टी (जसपा)भित्र पछिल्ला केही दिनयता पत्र–युद्धको क्षेप्यास्त्र चलिरहेको छ। पत्रको मात्र के कुरा, एक हिसाबले भन्दा त्यो प्रचार युद्ध जस्तै छ। एक पक्षले अर्को पक्षलाई होच्याउने र खुइल्याउने अभियान नै चलाइएको छ। एकपक्षले अर्कोपक्षलाई पार्टी विधानविपरित कार्य गरेको भन्दै अनुशासनको कारवाही गर्ने धम्कीपूर्ण स्पष्टीकरण सोधिरहेका छन्। यस्ता पत्र र वाक–युद्ध अझै बढ्दै जाने देखिन्छ। र, कुनै भवितव्य वा नाटकीय घटनाक्रम नभएमा अब यो पार्टी एउटै रहने सम्भावना लगभग सकिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाख ८ गते पार्टीलाई विभाजन हुन सहज हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले राति ११ बजे हतारहतार पार्टी एकताको घोषणा गरेका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले ओलीलाई सत्ता जोगाउन संकट परेपछि मधेशकेन्द्रित दललाई फुटाएर भए पनि सत्ता सुरक्षित गर्ने जोडघटाउमा अध्यादेश ल्याइएपछि राजपा र समाजवादी पार्टीले एकताको सैद्धान्तिक बहस र छलफल नै गर्न नपाई एकीकरणको घोषणा गरेका थिए। 

औपचारिक रुपमा पार्टी एउटै रहे पनि राजनीतिक र सैद्धान्तिक रुपमा जसपा एक ढिक्का नभएकाले नभएकाले अब विभाजन हुनसमेत सजिलो हुने देखिएको छ। ओलीको भयले एक बनेको जसपा कालन्तरमा उनलाई नै समर्थन गर्ने वा नगर्ने विषयलाई लिएर विभाजनको बाटोमा हिँडेको छ। सतहमा ओली सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा देखिएको यो विभाजन खासमा अन्य आन्तरिक र बाह्य कारणहरुको गठजोड पनि हो।  

जसपालाई सबै समुदायको प्रतिनिधित्व भएको राष्ट्रिय दलको रुपमा अथ्र्याउन खोजिए पनि भोट ब्यांकका हिसाबले यो मुलतः मधेशकेन्द्रित दलकै रुपमा रहेको छ। कांग्रेस र कम्युनिस्टलाई चुनौती दिनेगरी ‘न पुँजीवादी न साम्यवादी’, अर्थात् दुबै व्यवस्थाका उत्कृष्ट पक्षलाई समेटेर वैकल्पिक शक्ति बनाउने उद्घोष जसपा एक हुँदा गरिएको थियो। तर, जसपामा भएका केही तात्विक भिन्नताले यसका घटकहरुलाई एकै ठाउँ बस्ने सम्भावनाबाट टाढा बनाइदिएका छन्। नेताहरुले आफूलाई ‘न डेमोक्रेटिक न कम्युनिस्ट’ अर्थात् यसभन्दा भिन्न वैकल्पिक शक्ति बनाउने रटान भने अझैं छाडेका छैनन्।   

वैचारिक रुपमै दुई धार
जसपाका नेताहरुले आफूहरु डेमोक्रेटिक र कम्युनिस्ट दुबै नभएको रटान गरिरहेपनि पार्टीमा त्यही आधारमा पक्षधरता चर्को देखिन्छ, जो अहिले कोरिएको विभाजनको रेखाको एउटा मुख्य कारण हो। कम्युनिस्ट विचारधारा मन पराउनेहरु जसपाको एक घटक, तत्कालीन समाजवादी पार्टीमा ध्रुबीकृत छन्। जहाँ माओवादीको दशवर्षे ‘जनयुद्ध’ हाँकेका बाबुराम भट्टराईदेखि तत्कालीन एमाले हुँदै माओवादी र मधेशी जनअधिकार फोरमबाट समाजवादीसम्म पुगेका उपेन्द्र यादवसम्म छन्। जसपाभित्र बाबुराम–उपेन्द्र पक्षमा भएका अधिकांश नेता र कार्यकर्ता कम्युनिस्ट पक्षधरता बोक्नेहरु छन्। बाबुराम–उपेन्द्रलाई साथ दिन तत्कालिन राजपाबाट महेन्द्र राय यादव थपिएका छन्। उनी पनि एमालेबाटै आएका हुन्। तराईमा जातीय कलस्टर समेतको अर्थ हुने भएकाले उपेन्दसँग जोडिन आईपुगेका छन्। 

प्रजातान्त्रिक विचारधारामा झुकाव राख्नेहरु तत्कालीन राजपामा संगठित छन्। जीवनभर लामो समय कांग्रेसमै रहेका महन्थ ठाकुर जीवनको उत्तरार्धमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेर मधेशको राजनीतिमा होमिएका थिए। त्यस पार्टीमा कांग्रेस पृष्ठभूमिसँगै तराई मधेशकै नेता कार्यकर्ता जोडिएर क्षेत्रीय पार्टी बनेको थियो। कांग्रेसबाट अलग्गिएर गजेन्द्रनारायण सिंहले गठन गरेको सद्भावना पार्टीसमेत कालान्तरमा राजपा बन्नपुग्यो, जसको प्रतिनिधित्व राजेन्द्र महतो, अनिल झा लगायतले गर्छन्। ती सबै मिलेर २०७४ वैशाख ७ गते राजपा बनेको थियो। 

मधेशकेन्द्रित दल र उनीहरुले उठाएका मागप्रति प्रधानमन्त्री ओली सबभन्दा अनुदार थिए। उनी ती माग सुन्नै चाहँदैन्थे। राजपा र समाजवादी पार्टीले ओलीविरुद्ध समेत आन्दोलन गरे, लामो समय। उनीहरुले आन्दोलन गर्दा अनेक शब्दवाणद्वारा तिखो टिप्पणी गर्थे, ओली। तर, त्यही तीतो सम्बन्ध अहिले नाटकीय रुपमा हार्दिकतामा बदलिएको छ। जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष अहिले ओलीसँग यति नजिकिएको छ कि त्यो सम्बन्धका लागि पार्टी फोड्नसमेत तम्तयार देखिएको छ।

त्यसको एउटा कारण ओली उनीहरुका मागप्रति आश्चर्यजनक रुपमा असाध्यै ‘उदार’ देखिएका छन्। यसअघि नेकपाको झण्डै दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्री हुँदा मधेशका मागप्रति बेवास्ता गरेका ओली नेकपा छिन्नभिन्न बनेपछि सत्ताको आडभरोसा बनेको जसपाको यो पक्षलाई खुसी पार्न आफैले राखेका सबै अडान छाड्न तयार देखिए। 

Ncell 2
Ncell 2

यस्तो बदलाव किन त?

जसपाकै एक नेता पछिल्लो समय ओलीले नयाँदिल्लीको समर्थन पाएको र त्यहीकारण उनले जसपाको एउटापक्षको साथ पाएको बताउँछन्। यहीकारण जसपाभित्रको कम्युनिस्ट विचार राख्ने (उपेन्द्र यादव र बाबुराम भट्टराईले नेतृत्व गर्ने) समूह अर्कोतर्फ लागेको उनले दाबी गरे। उनले दाबी गरे झैं प्रधानमन्त्री ओली र जसपाको एक पक्षलाई जोड्ने कडी नयाँदिल्ली हो वा होइन भन्ने बेग्लै विषय हो। तर, जसपाको बाबुराम–उपेन्द्रपक्ष ओली सरकारसँग सहकार्य गर्न नहुनेमा गत पुस ५ देखि नै अडिग थियो। त्यसयता ओलीसँग सहकार्य नै गर्न नसकिने भन्दै उनीविरुद्ध मोर्चाबन्दी गर्नसमेत अग्रसर भयो यो पक्ष। 

जसपाभित्रको महन्थ–राजेन्द्रपक्ष ओली सरकारलाई समर्थन गर्ने मात्र होइन, सरकारमै सहभागी हुन खुट्टा उचालेर बसेको छ। बाबुराम–उपेन्द्रपक्ष भने ओलीको विकल्पमा संयुक्त सरकारको नेतृत्व गर्न अघि सरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षरमै सहभागी छ। अब यो प्रकरणमा सर्वोच्च अदालतले गर्ने फैसलापछि सम्भवतः जसपाको भविष्य पनि निक्र्योल हुनेछ। 

विभाजन हुँदा के हुन्छ?
नेताहरु नै भन्दैछन्, जसपा अब एक रहन असम्भवप्रायः छ। त्यो अवस्थामा कस्तो परिदृष्य देखिएला त? नेताहरुले यसमा पनि विभिन्न अड्कलबाजी गरिरहेका छन्। 

जसपाको बाबुराम–उपेन्द्रपक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी र माधवकुमार नेपाल नेतृत्वको एमालेबाट अलग्गिने पार्टीसँग मोर्चाबन्दी वा एकतासम्मै जान सक्ने आकलन गरिएको छ। उपेन्द्र–बाबुरामले त्यहाँसम्मको गन्तव्य तय गर्न प्रचण्ड र नेपालसँग नियमितजसो भेटघाट र छलफल गरिरहेको उनीहरुनिकट जसपाका एक नेता बताउँछन्। बाबुराम–उपेन्द्रपक्ष कम्युनिस्ट विचारधारा बोकेरै आएकाले कम्युनिस्टसँगै मिल्न सहज हुने ती नेताले बताए। 

वैचारिक रुपमा बाबुराम–उपेन्द्र नजिक भएकाले प्रचण्ड र नेपालसँग मोर्चाबन्दी वा एकतामा जान सजिलो हुने नेताहरुको बुझाइ छ। तर, बाबुराम–उपेन्द्रपक्षका नेता नवराज सुवेदीले प्रचण्ड र नेपाल नेतृत्वको पार्टीसँग एकतामा जाने सम्भावना कम देखिएको टिप्पणी गरे। ‘औपचारिक रुपमा जसपा एउटै पार्टी छ। पार्टी विभाजन हुने स्थिति भएमा प्रचण्ड र माधव कमरेडसँग एकता हुने सम्भावना म देख्दिनँ’, सुवेदीले भने, ‘प्रचण्ड र माधव कमरेडले कम्युनिस्ट पार्टी नै बनाउने देख्छु। हामीले वैकल्पिक समाजवादी पार्टी बनाउनुपर्छ भन्दै आएका छौं। यस्तो स्थितिमा उहाँहरुसँग चुनावी मोर्चाबन्दी वा साझा मुद्धामा एक ठाउँमा हुने स्थिति भने बन्न सक्छ।’ तर, राजनीतिक परिस्थिति अझ प्रतिकुल हुँदै गएमा प्रचण्ड र माधव नेतृत्वको पार्टीसँग एकतामा जानै हुन्न भन्ने मान्यता नरहेको सुवेदीले बताए।

जसपाको महन्थ–राजेन्द्रपक्ष समेत पार्टी लामो समय एक रहँदैन भन्नेमा ढुक्क हुनथालेको देखिन्छ। अहिलेकै पार्टीमा हृदयश त्रिपाठी समूहलाई भित्रयाएर भएपनि मधेशकेन्द्रित दलको रुपमा स्थापित गर्ने योजनामा लागेको महन्थ–राजेन्द्रपक्षका एक नेताले बताए। बाबुराम–उपेन्द्रपक्ष जसपा फुटाएर गएमा मधेशलाई आधार बनाएर त्रिपाठी समुहलाई भित्र्याउने र मधेशको बलियो शक्ति बनाउने ध्याउन्नमा यो समूह छ। त्यसका लागि त्रिपाठी समुहसँग जसपाका महन्थ–राजेन्द्रपक्षले छलफल समेत चलाइरहेको ती नेताले दाबी गरे। त्यो अवस्थामा मधेशको बलियो पार्टी बनाउन सकिने र आवश्यक पर्दा चुनावी तालमेल वा केही मुद्धामा मोर्चाबन्दी गर्नु परेमा कांग्रेस वा ओली नेतृत्वको एमालेसँग गर्न सकिने उनीहरुको अपेक्षा छ। 
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम... बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस पार्टीका केन्द्रीय सदस्य प्रेम बहादुर सिंहका अनुसार, प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो । बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक विशेष महाधिवेशनका लागि भृकृटीमण्डपको हलसमेत बुक गरिएको उनले बताए । 'यसबीचमा विधानले गरेको व्यवस्था कार्यन्वयन गर्न कार्यवाहक सभापतिल... बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्