• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

हुनसक्छ हामी अस्ट्रेलियासँग हार्छौं, तर हारे लाज हुँदैन : प्रशिक्षक अलमुताइरी

64x64
नेपाल लाइभ बुधबार, जेठ १२, २०७८  १८:३२
1140x725

काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँग हार्दा कुनै लाज नहुने बताएका छन्। नेपालले अस्ट्रेलियालाई हराउन सक्ने सम्भावना नरहेको भन्दै उनले यदि हारे लाज नहुने बताएका हुन्।

दी वर्ल्ड गेमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं। हुनसक्छ हामी उनीहरुलाई हराउन सक्दैनौं। हार्दा कुनै लाज हुँदैन तर, लाज तब हुन्छ जब फुटबल खेल्न प्रयास गर्दैनौं। केही व्यक्तिले भनेका छन्- म बौलाहा छु तर, यो हामी गर्छौं।’

यसअघि २०१९ मा नेपालले पहिलो पटक अस्ट्रेलियासँग उसैको मैदानमा खेलेको थियो। नेपाल ५-० गोलले पराजित हुँदा स्वीडिस योहान कालिन नेपालका प्रशिक्षक थिए।

यस्तै, उनले युरोपमा भएको खेलबाट समेत प्रभावित भएको बताउँदै नर्थ मेसेडोनियाले जर्मनी २-० ले पराजित गरेको उदाहरण समेत दिए।

‘मलाई एउटा कुरामा विश्वास छ। यदि नर्थ मेसेडोनियाले जर्मनीलाई हराउन सक्छ भने हामी अस्ट्रेलियालाई अट्याक गर्न सक्छौं,’ उनले उनले भने।

यद्यपि, उनले डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएको भन्दै अस्ट्रेलियासँग अट्याकिङ खेल्ने बताए। 

‘हामी डिफेन्सिभ मानसिकताका साथ खेलिरहेका थियौं। तर, अहिले डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएका छौं।  हामीले खेल्ने तरिका परिवर्तन गरिरहेका छौं। कहिलेकाहीं डिफेन्सलाई रेस्ट दिन अट्याक गर्नुपर्छ। यदि हामी हाम्रो बक्समा बस्छौं भने त्यो समाधान हुँदैन र हामी हार्छौं,’ उनले भने।

यस्तै उनले खेल्ने फर्मसेन पनि परिवर्तन गर्ने बताएका छन्। ‘मैले यसको ४-४-२ वा ४-२-३-१ को फर्मेसनलाई चेन्ज गर्दै ४-३-३ को सिस्टममा ल्याएको छु।’

Ncell 2
Ncell 2
nimb
nimb

अस्ट्रेलियाली टिमको विश्लेषण गरेपछि  आफ्नो टिमले गर्नुपर्ने तयारीबारे पनि बुझेको उनले बताएका छन्। 

‘राएन ग्रान्ट, ज्याक्सन इर्भिन र मिलोस डेगेनेकलाई हामीले विशेष हेर्नुपर्छ, किनकि हामीले उनीहरुलाई नियन्त्रणमा राख्दै खतरा कम गर्नुपर्छ,’ अलमुताइरीले भने, ‘निश्चय नै यो कठिन छ तर हरेक कुरा सम्भव छ। मैदानमा ५ मिनेट एक रातो कार्डले अवस्था परिवर्तन गर्छ।’

कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटको बाँकी तीन खेल र इराकसँगको मैत्रीपूर्ण खेलको लागि मंगलबार राति नै नेपाल इराक प्रस्थान गरिसकेको छ। नेपालले  जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ। 

Xtrem

Xtrem

इराकविरुद्धको खेलपछि अर्थात भोलिपल्ट जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ। त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ। 

नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ। 

५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल साथ चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।  

विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

यो पनि पढ्नुहोस्

नेपाली फुटबलमा ‘इमोशनल ब्ल्याकमेल’मंगलबार, जेठ ११, २०७८

अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।

अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। यद्यपि, अलमुताइरीले  आफ्नाे लक्ष्य चाैथाे स्थानमै रहनु रहेको सुनाए।

‘हामी यस समूहमा चौथो स्थानमै रहन चाहन्छौं र एसियन कपको यात्रा निरन्तर गर्न चाहन्छौँ,’ उनले भने।

यस्तै, उनले  यस पटक युवा खेलाडीलाई मौका दिनुको कारण पनि अहिलेको नतिजाभन्दा पनि सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपलाई लक्षित रहेको बताएका छन्।

‘हाम्रो अर्को लक्ष्य साफको फाइनल पुग्नु पनि छ। हामीले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्छौं। नेपाल सुपर लिग केही समयअघि सकिएको छ र खेलाडीहरु पनि लयमा छन्। हामी जुनको ठूलो खेललाई लिएर तयार छौं,’ उनले भने। 

नवनियुक्त  प्रशिक्षण अलमुताइरीको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलाे खेल खेल्दै छ। एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।  

विश्वकप छनोटका लागि भनेर एन्फाले कुवेती प्रो लाइसेन्सधारी अलमुताइरीलाई अनुबन्ध गरेको हो। उनी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन्।

उनले आगामी खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। उनले  भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रवि पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङजस्ता खेलाडीहरुलाई विश्राम दिएर नयाँ खेलाडीलाई मौका दिएका छन्। 

विशाल सुनार, आयुस घलान, मनिष डाँगी, सुरज जिउ ठकुरीलगायतका खेलाडीले पहिलोपटक टोलीमा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले पुनरागमन गरेका छन्।

यस्तो छ नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर
सुनको मूल्य बढ्यो
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज शुक्रबार, असोज १६, २०८३
वायुसेवा निगमको संरचनागत सुधार र फ्लीट विस्तार गर्न सांसद कार्कीको माग शुक्रबार, असोज १६, २०८३
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्