• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

हुनसक्छ हामी अस्ट्रेलियासँग हार्छौं, तर हारे लाज हुँदैन : प्रशिक्षक अलमुताइरी

64x64
नेपाल लाइभ बुधबार, जेठ १२, २०७८  १८:३२
1140x725

काठमाडौं-  नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँग हार्दा कुनै लाज नहुने बताएका छन्। नेपालले अस्ट्रेलियालाई हराउन सक्ने सम्भावना नरहेको भन्दै उनले यदि हारे लाज नहुने बताएका हुन्।

दी वर्ल्ड गेमसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं। हुनसक्छ हामी उनीहरुलाई हराउन सक्दैनौं। हार्दा कुनै लाज हुँदैन तर, लाज तब हुन्छ जब फुटबल खेल्न प्रयास गर्दैनौं। केही व्यक्तिले भनेका छन्- म बौलाहा छु तर, यो हामी गर्छौं।’

यसअघि २०१९ मा नेपालले पहिलो पटक अस्ट्रेलियासँग उसैको मैदानमा खेलेको थियो। नेपाल ५-० गोलले पराजित हुँदा स्वीडिस योहान कालिन नेपालका प्रशिक्षक थिए।

यस्तै, उनले युरोपमा भएको खेलबाट समेत प्रभावित भएको बताउँदै नर्थ मेसेडोनियाले जर्मनी २-० ले पराजित गरेको उदाहरण समेत दिए।

‘मलाई एउटा कुरामा विश्वास छ। यदि नर्थ मेसेडोनियाले जर्मनीलाई हराउन सक्छ भने हामी अस्ट्रेलियालाई अट्याक गर्न सक्छौं,’ उनले उनले भने।

यद्यपि, उनले डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएको भन्दै अस्ट्रेलियासँग अट्याकिङ खेल्ने बताए। 

‘हामी डिफेन्सिभ मानसिकताका साथ खेलिरहेका थियौं। तर, अहिले डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएका छौं।  हामीले खेल्ने तरिका परिवर्तन गरिरहेका छौं। कहिलेकाहीं डिफेन्सलाई रेस्ट दिन अट्याक गर्नुपर्छ। यदि हामी हाम्रो बक्समा बस्छौं भने त्यो समाधान हुँदैन र हामी हार्छौं,’ उनले भने।

यस्तै उनले खेल्ने फर्मसेन पनि परिवर्तन गर्ने बताएका छन्। ‘मैले यसको ४-४-२ वा ४-२-३-१ को फर्मेसनलाई चेन्ज गर्दै ४-३-३ को सिस्टममा ल्याएको छु।’

Ncell 2
Ncell 2

अस्ट्रेलियाली टिमको विश्लेषण गरेपछि  आफ्नो टिमले गर्नुपर्ने तयारीबारे पनि बुझेको उनले बताएका छन्। 

‘राएन ग्रान्ट, ज्याक्सन इर्भिन र मिलोस डेगेनेकलाई हामीले विशेष हेर्नुपर्छ, किनकि हामीले उनीहरुलाई नियन्त्रणमा राख्दै खतरा कम गर्नुपर्छ,’ अलमुताइरीले भने, ‘निश्चय नै यो कठिन छ तर हरेक कुरा सम्भव छ। मैदानमा ५ मिनेट एक रातो कार्डले अवस्था परिवर्तन गर्छ।’

कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटको बाँकी तीन खेल र इराकसँगको मैत्रीपूर्ण खेलको लागि मंगलबार राति नै नेपाल इराक प्रस्थान गरिसकेको छ। नेपालले  जेठ १५ गते बसरा इन्टरनेसनल स्टेडियममा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ। 

इराकविरुद्धको खेलपछि अर्थात भोलिपल्ट जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ। त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ। 

नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ। 

५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल साथ चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।  

विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।

यो पनि पढ्नुहोस्

नेपाली फुटबलमा ‘इमोशनल ब्ल्याकमेल’मंगलबार, जेठ ११, २०७८

अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।

अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। यद्यपि, अलमुताइरीले  आफ्नाे लक्ष्य चाैथाे स्थानमै रहनु रहेको सुनाए।

‘हामी यस समूहमा चौथो स्थानमै रहन चाहन्छौं र एसियन कपको यात्रा निरन्तर गर्न चाहन्छौँ,’ उनले भने।

यस्तै, उनले  यस पटक युवा खेलाडीलाई मौका दिनुको कारण पनि अहिलेको नतिजाभन्दा पनि सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपलाई लक्षित रहेको बताएका छन्।

‘हाम्रो अर्को लक्ष्य साफको फाइनल पुग्नु पनि छ। हामीले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्छौं। नेपाल सुपर लिग केही समयअघि सकिएको छ र खेलाडीहरु पनि लयमा छन्। हामी जुनको ठूलो खेललाई लिएर तयार छौं,’ उनले भने। 

नवनियुक्त  प्रशिक्षण अलमुताइरीको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलाे खेल खेल्दै छ। एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।  

विश्वकप छनोटका लागि भनेर एन्फाले कुवेती प्रो लाइसेन्सधारी अलमुताइरीलाई अनुबन्ध गरेको हो। उनी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन्।

उनले आगामी खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन्। उनले  भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रवि पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङजस्ता खेलाडीहरुलाई विश्राम दिएर नयाँ खेलाडीलाई मौका दिएका छन्। 

विशाल सुनार, आयुस घलान, मनिष डाँगी, सुरज जिउ ठकुरीलगायतका खेलाडीले पहिलोपटक टोलीमा स्थानमा बनाएका छन्। त्यस्तै, नवयुग श्रेष्ठ र सन्तोष तामाङले पुनरागमन गरेका छन्।

यस्तो छ नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्