• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना संक्रमण खरायो गतिमा, नियन्त्रणका प्रयास कछुवा गतिमा

धीरज मैनाली बुधबार, जेठ १२, २०७८  ११:२९
1140x725

कोरोना महामारीको दोस्रो लहरबाट देश आक्रान्त छ। जुन गतिमा कोरोनाको दोस्रो कहर आयो कसैलाई हेक्कै भएन। लापरवाही तथा हाँसिमजाकमै मनिसमा कोरोनाको संक्रमण ह्वातै बढ्न थाल्यो। 

दिनहुँ मानिसको ज्यान जान थाल्यो। बिरामीले अस्पतालमा शय्या पाउन छाडे। समाज एक किसिमको पीडादायक क्षणमा पुग्यो। दैनिक हजारौंको संख्यामा मानिस संक्रमित हुन थाले। हाम्रो लापरवाही रोकिएन। हामी आफ्नो कर्ममा मस्त रह्यौं। जात्रा मनाउन छोडेनौं। तीर्थाटन गर्न छोडेनौं। विवाह, पूजा, भोज गर्न छाडेनौं। बिनामास्क निर्वाध हिँडन छोडेनौं। आज परिणाम हाम्रासामू छर्लङ्ग छ।

यातायात व्यवस्थित भएनन्। पर्यटकलाई परीक्षण भएन। कतिसम्म भने विदेश जानेलाई पीसीआर परीक्षण नै नगरि नेगेटिभ रिपोर्ट दिएका समाचार पनि आए। हामी हाम्रै कारणले समाजलाई कोरोनाको भंगालोमा हाल्दै गयौं। सभा सम्मलेनमा व्यस्त रह्यौं। विरोध सभा, शक्ति प्रदर्शन अनेक गर्‍याैं। हामीले सोच्यौं– कोरोनालाई हामीले परास्त गर्‍याैं। तर, परिणाम आज हामीसामू छ। 

लापरवाहीको पराकाष्ठा नाघेपछि आजको अवस्था आउनु नै थियो। भारतको खुल्ला नाका व्यवस्थित गराउन कसैको चासो गएन। विदेशीले नेपाललाई ट्रान्जिट बनाउँदा कसैको ध्यान गएन। राजनीतिले सडक तात्यो। सदन तात्यो। सरकार जोगाउने र गिराउने अनेकौं खेल भए। तर, राजनीतिको केन्द्रमा कहिल्यै जनता भएनन्। 

कोरोना महामारीबाट जनतालाई कसरी बचाउने भन्ने बारेमा सर्वदलीय छलफल भएन। बरु, दलहरु कसलाई प्रधानमन्त्री बनाउने,  कसलाई प्रधानमन्त्रीबाट हटाउने अथवा भएकै प्रधानमन्त्रीलाई कसरी टिकाउने भन्नेमा व्यस्त भए। भारतबाट अनुदानमा खोप आयो। चीनबाट खोप आयो। केही खरिद गरिए। थप खोप ल्याउन राज्य संयन्त्र लाग्न सकेन। केवल सत्ताको खेल भयो। 

कोरोनाको पहिलो कहर केही कम भए पश्चात के कति शय्या थपिए? कति भेन्टिलेटर थपियो? कति अक्सिजन पलान्ट थपिए वा यस कार्यमा कस–कसले पहल गरो यो महत्वपूर्ण कुरा हो। इतिहासले यो कालखण्डलाई दर्ज गरेको छ। 

जनता मरेको कसैलाई मतलब छैन। शय्या नपाएर जनता छट्पटाएको कसैले आभाषसम्म गरेका छैनन्। अहिले सघन कक्षको त परै जाओस् बिरामीले साधारण बेडसम्म पाएका छैनन्। यो समय जनताको जीवन रक्षाका लागि सबै लाग्नुपर्ने होइन? सबैको उत्तिकै उत्तरदायित्व छैन? 

जनताको जीवन बचाउने कर्तव्यबाट सत्ता पक्ष न त प्रतिपक्ष कोही पनि भाग्न मिल्दैन। सर्वदलीय संयन्त्र बनाएर काम गर्ने यो बेला होइन? जनता मृत्युको शय्यामा छन्, खोप ल्याएको कमिसन चाहिने कतिसम्मको निर्लज्जताको प्रदर्शन हो? बजारमा अक्सिजनको चरम अभाव छ। उद्योगी सामान्य मानवियता भुलेर बसिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आज स्वास्थ्यकर्मी पीडामा छन्। तर, मेरो कारणले मेरो परिवारलाई केही हुने हो कि भन्ने पीडा मनको कुनामा लुकाएर मानव सेवामा अहोरात्र खटिरहेका छन्। आफनो ज्यानको ख्याल नगरी युद्ध मैदानमा भिडेका छन्। न शय्या छ, न औजार छ। तर, पनि आँगनको भूइँमा सुताएर बिरामीको उपचार गरिरहेको छ। यी लडकालाई हौसला खै? 

कोभिड महामारीमा प्राणवायु अक्सिजनको नियमन आवश्यक छ। उद्योगले प्रयोग गर्ने अक्सिजनलाई बन्द गरेर अस्पतालमा मात्र प्रयोग केन्द्रित गरिनु आजको आवश्यकता हो। तर, अस्पतालले अक्सिजन सिलिण्डर लिन सिफारिस लिनुपर्नेले झन्झट थपिएको छ। यो निर्णय अव्यवहारिक छ। आइलाइन फारममार्फत् अक्सिजन माग गर्ने, माग गरेको अर्को दिन सिफारिस आउला, सिफारिस लिएर अक्सिजन सप्लायर्सकोमा गएर त्यहाँबाट कहिले अक्सिजन आउने टुङ्गो छैन। अक्सिजन अभावमा अस्पतालले बिरामी भर्ना गर्न छोड्छन्। स्थिति झन् भयावह हुन्छ। मान्छे मर्नु बाहेक विकल्प रहने छैन। 

प्रक्रिया झन्झटिलो बनाएर बिरामीले उपचार सहज पाउँदैनन् सबैले बुझौं। भटाभट बिरामी नलिने विज्ञप्ति निस्कन थालेको छ। स्थितिलाई जटिलताउन्मुख नबनाऔं। माग अनुसार सिफारिस नपाएको कुरा पनि सुनिँदैछ। बिनाअक्सिजन अस्पतालले सेवा दिन सक्दैन। बेड खाली छ तर, अस्पतालले अक्सिजन छैन भनेर बिरामी भर्ना लिन छाडेका छन्। अस्पतालमा शय्या खाली हुँदाहुँदै बिरामी अस्पतालको गेटमा मर्ने दिन नआओस्।  यसमा राज्यले बेलैमा ध्यान दिनुपर्छ।

यो संकटमा आवश्यक निर्णय लिन किन कन्जुस्याइँ भइरहेको छ? यो बेला स्वास्थ्य संकटकाल लगाएर भएपनि जनतालाई कोभिडबाट बचाउनु आवश्यक छ। जनतामा त्रासको सञ्चार भएको छ। शिक्षण अस्पतालको सबै शय्या, नभएमा ठूला नीजि अस्पतालका सबै शय्या सरकारले नियन्त्रणमा लिएर कोभिडका बिरामीको उपचारमा लाग्नुपर्दछ। नत्र अहिलेकै गतिमा अगाडि बढ्ने हो भने दैनिक २५ हजार भन्दा बढी संक्रमित थपिने र  ५०० भन्दा बढी संक्रमितको मृत्यु हुनसक्छ। कोरोना खरायो गतिमा छ, हाम्रा नियन्त्रणका प्रयास कछुवा गतिमा छन्।

Xtrem

Xtrem

यस समस्यासँग जुध्न सरकार तथा स्थानीय प्रशासन प्रयासमा जुटेका छन्। तर, सरकारको एकल प्रयासबाट यो समस्याको समाधान सम्भव छैन। यसमा हामी सबैको सामूहिक सहभागिता तथा उत्तरदायित्व जरुरी छ। भौतिक दूरी नै यो समस्यासँग जुध्ने एक मात्र सञ्जीवनी बुटिको रुपमा देखिएको छ। सकभर बाहिर ननिस्कने, अति आवश्यक कामले निस्कनु परेमा मास्कको प्रयोग गर्ने तथा समय समयमा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, हातले मुख, नाक तथा आँखा नछुने तरिका नै यो रोगसँग लड्ने उपायको रुपमा लिइएको छ। विदेशबाट आएका मानिससँग सम्पर्कमा नजाने, संक्रमण शंका भएकाको सम्पर्कमा गइएमा अति नै सावधानी अपनाउने, आइसोलेसनमा बस्ने तथा उपचार गर्नतर्फ अग्रसर हुनु जरुरी छ। 

कोरोनाको उपचारसँगै कोरोना अनुमान गरिएका वा पुष्टि भएका व्यक्तिको उपचार गरिने अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन अति आवश्यक छ। स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा अस्पतालको कुनै चासो तथा प्राथमिकता पाइन्न। निजी अस्पताल झन् लाचार छन्। तर, कोरोनाका बिरामीको उपचार हुने अस्पतालबाट निस्कने फोहोरमैलालाई हल्का रुपमा लिनु हुँदैन। यस्ता फोहोरको माध्यमबाट कैयनलाई कोरोना संक्रमण हुन सक्ने यथार्थलाई सबै पक्षले मनन् गर्नुपर्छ। सोही अनुसारको सावधानी अपनाउनु जरुरी छ। कोरोनाका बिरामी उपचार हुने अस्पतालको सरसफाइमा काम गर्ने कर्मचारीले समेत सुरक्षा पहिरन पाउनुपर्छ। साथै, त्यहाँबाट उत्पादन भएको फोहोरलाई सही तवरले पृथकीकरण गरेर मापदण्ड अनुसार निर्मलीकरण विधिबाट प्रशोधन हुनु जरुरी छ। 

परीक्षणका लागि लिइएको स्वाबलाई १ प्रतिशत सोडियम हाइप्रोकोलोराइडमा डुबाएर मात्र विसर्जन गर्नुपर्छ। कागज, प्लाष्टिक जस्ता फोहोरलाई ७२ घण्टासम्म यतिकै राखेर न्याचुरल डाइ अफ प्रसेसबाट कोरोना जीवाणु मरेपश्चात अन्तिम विसर्जन गर्नु आवश्यक छ। स्वस्थ्यजन्य फोहोरलाई हल्का रुपमा लिँदै जाने हो भने कोरोनाभन्दा मानव सभ्यताको लागि अर्को खतरा भाइरस नआउला भन्न सकिन्न। नियमनकारी निकाय, अस्पतालका सञ्चालक, चिकित्सक तथा कार्यरत सम्पूर्ण कर्मचारी यसप्रति सचेत एवं गम्भीर हुन जरुरी छ। कोरोना उपचारबाट निस्कने सबै फोहोर प्रशोधन नगरी विर्सजन गरेमा यसबाट समुदायमा कोरोना सहजै फैलन सक्ने खतरा हुन्छ।  

अन्त्यमा, कोरोना महामारीसँग लड्न सबै चनाखो हुनुपर्छ। यसबेला कुनै किसिमको सामाजिक कार्यलाई स्थगन गरी व्यक्तिगत स्वस्थ्य, परिवारको स्वस्थ्य तथा पूरा समाज तथा राष्ट्रको स्वस्थ्यको बारेमा सोच्नुपर्छ। यो लडाइँ सरकार एक्लैले जित्न सक्दैन। यो लडाइँका सेना स्वस्थ्यकर्मी तथा हामी नागरिक हौं। भीडभाडमा जाँदा को व्यक्तिलाई कोराना भएको हुन्छ थाहा हुँदैन। त्यसकरण हाटबजार तथा अन्य स्थानमा जानुपरे स्वयं सावधानी अपनाउनु जरुरी छ। आममानिसलाई सूचित गराउने तथा जगरुक गराउने कार्यमा सबै पक्ष अहोरात्र खटिनुपर्छ। हात धुने तरिका सिकाउन, धेरै भीडभाड हुन नदिन प्रशासन मात्र होइन स्थानीय नेता, कार्यकर्ता सबै लाग्नुपर्छ। कोरोनाविरुद्धको लडाइँ जित्न सबैको सामूहिक सहभागिताको जरुरी छ। 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्