काठमाडौं– अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाको भनाइ छ।
दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाको दाबी छ।
अपराह्नतिर प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित सामन्य वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। राति देशका केही पहाडी भू–भागमा वर्षाको सम्भावनासमेत रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।