• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधानमाथिको ‘कू’ डटेर सामना गरौं

64x64
नेपाल लाइभ शनिबार, जेठ ८, २०७८  १२:३५
1140x725

शुक्रबार मध्यरात कटेपछि घडीमा रातको २ बज्दै गर्दा शीतलनिवासबाट प्रतिनिधि सभा विघटन गरिएको र देशमा मध्यावधि निर्वाचनको मिति तय भएको घोषणा भयो। सारा नेपाली सुतिसकेको समयमा शीतलनिवासबाट जारी भएको विज्ञप्तिमार्फत् गरिएको यस्तो घोषणा आफैंमा अप्रत्यासित भने थिएन। किनभने, त्यसअघि राति करिब १ बजे केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले त्यसनिम्ति सिफारिस गरिसकेको थियो। ओली मन्त्रिपरिषद्लाई यही गर्नका लागि शीतलनिवासले नै त्यसअघि, रातको पौने १२ बजे बाटो खोलिदिएको थियो। 

संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार गठनका लागि आफैंले गरेको आह्वानबमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरेका दुईवटा (एउटा ओली स्वयंको, अर्को कांग्रेस सभापति शेरबहादुर देउवाको) प्रस्ताव खारेज गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातको ठीक अगाडि गरेकी थिइन्।

मध्यरात वरिपरि अप्रत्यासित रूपमा सक्रिय बनेको शीतलनिवास र त्यहाँबाट चालिएको कदमले संविधानसभाबाट जारी नेपालको संविधानलाई अवसानतर्फको यात्रामा धकेलेको छ। शीतलनिवासभित्र बुनिएका अनेक तानाबाना र मध्यरातमा प्रकट भएका तिनका स्वरूप मुलुकलाई नै अनिश्चयको अँध्यारो सुरुङभित्र लैजान उद्धत छन्। यसको डटेर सामना गर्नुको विकल्प छैन।

हाम्रो बुझाइमा प्रधानमन्त्री ओलीबाट सुरू भएको र शीतलनिवासभित्र बसेर राष्ट्रपति भण्डारीले फत्ते गर्न खोजेको यो ‘डिजाइन’को अभीष्ट हरहालतमा नेपालको संविधानलाई असफलतातर्फ लैजानु हो। शीतलनिवास र बालुवाटारले गत पुस ५ गते नै यस्तो प्रयत्न गरिसकेका थिए। तर, हठात् संसद्‍ भंग गरेर संविधानलाई धुजाधुजा पार्ने उनीहरूको अभीष्टलाई सर्वोच्च अदालतले चकनाचुर पारिदिएको थियो, प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई असंवैधानिक करार गरेर। सर्वोच्चको फैसलापछि रन्थनिएका बालुवाटार र शीतलनिवासले करिब तीन महिनापछि फेरि यस्तो कदम चालेका छन् जसले यही संविधानअन्तर्गत् आफ्नो र मुलुकको भविष्य देखिरहेकाहरूलाई स्तब्ध बनाएको छ।

प्रकट भइरहेका विभिन्न ‘कन्स्पिरेसी थ्यौरी’हरू भनिरहेछन्, ‘नेपालको संविधान मासेर आफ्नो अभीष्ट पूरा गर्न चाहने बाह्य शक्तिको डिजाइन पूरा गर्न बालुवाटार र शीतलनिवास सक्रिय भएका हुन्।’

बालुवाटार र शीतलनिवासको साँठगाँठ जननिर्वाचित संसद्‍ र संविधानविरुद्ध एकीकृत भएको पहिलोपटक थिएन। यसबीचमा संविधानलाई छलेर अध्यादेशबाट मुलुक चलाउन उनीहरूको मिलिभगत पटक-पटक प्रकट भइरह्यो। त्यसमा अवरोध हुने ठानेर छँदाखाँदाको संसद्‍लाई असमयमै मास्ने प्रयत्न गरियो। आफ्नो सत्ता थमौती गर्न ओलीले संविधानको लक्ष्मणरेखा नाघ्न थालेको उहिल्यैदेखि हो जसलाई मुलुकको सर्वोच्च न्यायालयले पटक-पटक लगाम लगाउँदा पनि केही लागेन। बरू शीतलनिवास उनका लागि प्राणवायु बनिरह्यो।

ओलीको सत्ता जोगाउन शीतलनिवासले पछिल्लोपटक त संविधानका स्पष्ट धारा नै कुल्चिदियो, संसद्‍मा परीक्षण हुनुपर्ने प्रधानमन्त्रीलाई त्यसो गर्नै नपर्ने बनाइदियो। अनि विधिको उपहास गर्दै, संसद्‍ले नयाँ प्रधानमन्त्री दिनसक्ने सम्भावनालाई छलछामबाट पन्छाउँदै र सार्वभौम संसद्‍का अधिकारसमेत बलात् आफूले प्रयोग गर्दै महामारीको यो कहरबीच मुलुकलाई निर्वाचनमा धकेल्यो। प्रकट भइरहेका विभिन्न ‘कन्स्पिरेसी थ्यौरी’हरू भनिरहेछन्, ‘नेपालको संविधान मासेर आफ्नो अभीष्ट पूरा गर्न चाहने बाह्य शक्तिको डिजाइन पूरा गर्न बालुवाटार र शीतलनिवास सक्रिय भएका हुन्।’

यस्ता ‘कन्स्पिरेसी थ्यौरी’हरूमा सत्यता छ वा छैन भन्ने फरक कुरा हो। तर, सामुन्नेमा देखिएका तथ्यहरूले भने शुक्रबार मध्यरातका घटनाक्रम भयंकर ठूलो संकटतर्फको यात्रारम्भ गर्ने प्रस्थानविन्दु भएको देखाइरहेका छन्। जसरी मुलुक अहिले निर्वाचनतर्फ गयो र यसले नै निकास दिन्छ भनिएको छ, यथार्थ त्यस्तो देखिँदैन। पहिलो, कोरोना महामारीको यो कहरमा निर्वाचन पटक्कै सहज छैन। महामारी कहिलेसम्म जान्छ र कुन रूपमा रहन्छ भन्ने अनिश्चयबीच चुनावको भविष्य के होला भन्ने प्रश्न छ।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो, ओली र उनको समर्थनमा रहेको जनता समाजवादी पार्टी (जसपा)को एउटा पंक्तिबाहेक सम्पूर्ण राजनीतिक शक्तिहरूमाथि प्रतिशोध लिनेगरी जसरी मध्यरातमा संसद्‍ भंग गरिएको छ, त्यसले स्वीकार्यता पाउन असम्भवप्रायः छ। त्यसमाथि ओलीकै नेतृत्वमा चुनाव स्वीकार्य हुने अवस्था झन् देखिन्न। भन्नुको तात्पर्य मङ्सिरमा नहुने वा हुनै नसक्ने चुनाव घोषणा गरेर मुलुकलाई अनिश्चयतर्फ धकेलिएको छ।

अहिले सम्मुखमा देखिएका सम्भावित परिदृष्यमध्ये पहिलो परिदृष्य हो, ओली सरकारले घोषणा गरेबमोजिम मङ्सिरमा चुनाव हुँदैन। चुनाव भएन भने के हुन्छ भन्ने आकलन गर्न जति कठिन छ त्यति नै डरलाग्दो हुनेछ त्यसपछिको परिदृष्य। किनभने, जुन अभीष्टका लागि पछिल्ला कदम चालिएका छन् त्यसबाट संविधानमा आघात नपुगी अबको राजनीति सामान्यावस्थामा फर्कने सम्भावना देखिँदैन। त्यो उपक्रममा संविधानसँगै २०६२/६३ को आन्दोलनपछि प्राप्त कैयौं उपलब्धि गुम्ने र नागरिक आकांक्षामाथि कुठाराघात हुँदै जाने जोखिम छ। त्यो सिलसिला कहाँ गएर रोकिन्छ भन्ने कुनै संकेत देखिने छैन, किनभने त्यतिञ्जेल राजनीति यसरी गिजोलिइसकेको हुनेछ कि त्यसलाई ट्र्याकमा ल्याउने विधायिकादेखि संविधानले परिकल्पना गरेका कैयौं अवयव हुने छैनन्। र, त्यसपछिको सम्भावित परिदृष्य अकल्पनीय हुनेछ।

राष्ट्रपतिको पदमा आसीन एक व्यक्तिका कारण गणतन्त्रको सर्वोच्च धरोहर र त्यसको साख दलदलमा पुग्ने अवस्था मुलुकको बिडम्बना हो।

हाम्रो बुझाइमा अँध्यारो सुरुङतर्फको यो यात्रारम्भलाई यहीँ, यही ठाउँमै रोक्नुपर्छ। त्यसका लागि प्रतिनिधि सभामा रहेका तत्काल ओलीइतरका सम्पूर्ण राजनीतिक शक्तिहरूको एकताबद्ध पहल अपरिहार्य छ जसले व्यवस्थालाई नै धराशायी पार्ने संविधानमाथिको यो ‘कू’को डटेर सामना गर्ने र मुलुकलाई संविधानको ट्र्याकमा फर्काउने आधार निर्माण गर्न सकोस्। र, त्यसले नै तत्कालै, शीघ्रातीशीघ्र राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल अघि बढाउनुपर्छ। ओलीबाहेकको नेतृत्वमा बन्ने त्यो यस्तो सरकार होस् जसले महामारीविरुद्धको लडाइँमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सकोस् र महामारीलाई काबुमा राखेर चाँडै नै मुलुकलाई नयाँ निर्वाचनतर्फ डोर्‍याउन सकोस्। राजनीतिक दलका नेता र कार्यकर्तादेखि नागरिकका हरेक तह र तप्काको प्रयत्न अब यस्तो सरकार निर्माण र त्यसलाई महामारीमा दत्तचित्त बन्न आवश्यक राजनीतिक, नैतिकलगायतका दबाब सिर्जनामा केन्द्रित हुनुपर्छ।

Xtrem

Xtrem

शीतलनिवास र बालुवाटारले संविधानमाथि ‘कू’ गरेकाले यो सब गर्दैगर्दा दलहरूले, खासगरी वैकल्पिक सरकार निर्माणको दाबा गर्ने प्रतिनिधि सभाका सदस्यहरूले मुलुकको सर्वोच्च न्यायालयमा यो कदमको परीक्षण गर्नैपर्छ। यही सर्वोच्च न्यायालय हो जसले संसद्‍ विघटन बदर गरेर एकपल्ट बालुवाटार र शीतलनिवासको अभीष्टमा लगाम लगाइसकेको छ। फेरि पनि संविधानमाथि ‘कू’विरुद्ध संघर्ष जारी राखेरै न्यायालयलाई संविधान र विधिको रक्षार्थ उभिने मौका दिनैपर्छ। शीतलनिवास र बालुवाटारका छलछामले प्रत्येक आशालाई निराशामा परिणत गरिरहँदा यही एउटा न्यायालय बाँकी छ जसप्रति सबैले आशाको नजरले हेरिरहेका छन्।

दुःखका साथ भन्नैपर्छ, गणतन्त्रको सबभन्दा नयाँ संस्था, अनि गणतन्त्रको सर्वोच्च धरोहर राष्ट्रपति कार्यालय आज बदनामीको दलदलमा परेको छ। राष्ट्रपतिको पदमा आसीन एक व्यक्तिका कारण गणतन्त्रको सर्वोच्च धरोहर र त्यसको साख दलदलमा पुग्ने अवस्था मुलुकको बिडम्बना हो। हिजोसम्म बालुवाटारको कठपुतलीजस्तो मात्र देखिएकी राष्ट्रपति भण्डारी गणतन्त्रकै निम्ति घाँडो बनेकी छन्। त्योभन्दा अझ डरलाग्दो, अहिले उनी मुलुकभित्र र बाहिरका गणतन्त्रविरोधी शक्तिहरूको प्यादा बनेर बसेको देखिन्छ। शुक्रबार मध्यरातको परिघटनाबाट त ओलीभन्दा पनि ठूलो दुष्ट्याइँ राष्ट्रपतिबाट भएको प्रमाणित भएको छ। गणतन्त्र नै लज्जित हुनेगरी भण्डारीबाट भएको हर्कतलाई दण्डित गर्ने अरू बाटा पनि होलान्, तत्कालका निम्ति उनलाई लगाम लगाउने अभिभारा भने निसन्देह न्यायालयमै छ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्