काठमाडौं– हाल देशको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। हाल देशका पहाडी भु-भागमा आंशिक बदली रहेको छ र तराईका भू-भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
हेरौं आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ ८ गते (शनिबार)
दिउँसो: प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति: पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि तराईका भू-भागमा आंशिक बलदी रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ ९ गते (आइतबार)
दिउँसो: पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति: पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ १० गते (सोमबार)
दिउँसो: पहाडी भूभागमा आंशिक देखि सामान्य बदली साथै प्रदेश नं २ लगायत प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहने छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भु-भागको एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति: प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।