• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीको चेस-बोर्डमा देउवाको ‘चेक’

64x64
शंकर तिवारी शुक्रबार, जेठ ७, २०७८  २३:१२
1140x725

संविधान बलात् कुल्चेर नेपालको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत् नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको रात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वक्तव्य समेत आएको थिएन। देउवा सामान्यतया आफ्नो हस्ताक्षरमा विज्ञप्ति निकाल्दैनन्, पार्टी प्रवक्ता या मुख्यसचिवको विज्ञप्तिबाट प्रायः काम चलाउँछन्। बिहीबार साँझ कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण पौडेलद्वारा हस्ताक्षरित वक्तव्य मात्रै सार्वजनिक भएपछि माहोल खास गर्माएको थिएन। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदम अलोकतान्त्रिक भएको सचिवालयमार्फत् जनाइसकेका थिए। बिहान १० बजे मात्र नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै थियो। प्रतिपक्षी मोर्चा के गर्छ? धारा ७६ (२) को प्रक्रियाामा जस्तै अल्मलिएर वाकओभर दिन्छ कि भन्ने अनुमानमा प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै सेतोबाट कालो हुन थालेका जुँगामा ताऊ लगाउँदै बालुवाटारमा ढुक्क भएर पत्रकार सम्मेलन गर्दै थिए। ओलीसँग महन्थ ठाकुर राति अबेरसम्म सँगै थिए। जनता समाजवादी पार्टी (जसपा)का दुई अलग भंगालोलाई उद्धृत गर्दै महन्थलाई प्रधानमन्त्री बनाउने प्रस्ताव भएका हल्ला ‘फेक न्यूज’का रुपमा प्रचारित हुँदै थिए। 

बिहीबार दिउँसो सर्वोच्च अदालतको स्टे अर्डरले ओली सरकारका सांसद पद नभए पनि मन्त्री भएका नेताहरूको पद खोसिदिएको थियो। राष्ट्रिय सभामा ओलीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा (बादल) पराजित भएका थिए। र, त्यही साँझ  केही हतास मूडमा उनले राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न पत्र पठाएका थिए ताकि उनले सपथ गर्न बाँकी रहेको संविधानको अर्को ठाउँ, धारा ७६ (५) अन्तर्गत् पुनः प्रधानमन्त्रीको शपथ लिन सकियोस्।

निर्धारित समयभित्र ओलीको मात्रै दाबा पर्नेछ भन्नेमा विश्वस्त रहेको शीतलनिवास बिलखबन्दमा पर्‍यो। कारण ओली प्रधानमन्त्री भएयता शीतलनिवासमा सानातिना वक्तव्यबाहेक सबै वक्तव्य बालुवाटारबाट पुग्ने गर्दछन् भन्ने जगजाहेर छ।

विगत तीन वर्ष  लोककथामा जस्तै बाघ आयो बाघ आयो भनेर हल्ला गर्ने अनि आफै पाठा चोर्ने खेलमा उनलाई सफलता मिलिरहेको पनि थियो। तर, शुक्रबार त्यसो हुन पाएन। राष्ट्रपति भण्डारीको संविधानको धारा फड्किने कदमलाई कानुनी प्रतिकार गर्ने जिम्मा वकिलहरुलाई छाडेर प्रतिपक्षी नेताहरु कांग्रेस सभापति शेरबहादुर देउबवको निवासमा पुगे। ओलीको पत्रकार सम्मेलन सकिँदासम्म प्रतिपक्षी नेताहरूको कदम के हुन्छ भन्नेमा ओलीलाई कुनै अलमल थिएन। नयाँ प्रावधान, धारा ७६(५) मा आफ्नो एकल दाबा हुनेमा उनी विश्वस्त थिए। 

तर, ओलीको  तिकडम, जालझेल र सेटिङबाट आजित नेताहरुले त्यतिञ्जेल अन्तिम लडाईं लड्ने निश्चित गरिसकेका थिए। ‘अभी नहीँ तो कभी नहीँ’को विन्दुमा राजनीति पुग्न लागेको महसुस गर्दै प्रमुख प्रतिपक्षी नेता देउवाले दह्रोसँग खुट्टा टेके। विपी कोइरालाकृत उपन्यास तीन घुम्तीमा एउटा वाक्य छ, ‘जीवनपथमा गुडिरहेको प्रत्येक डेग (पाइला) निर्णयले उड्छ।' राष्ट्रिय संकटका बेला कांग्रेस परम्परा निर्वाह गर्दै शेरबहादुर देउवा पदाधिकारी बैठकबाट अठोट लिएर निर्णयमा पुगेका थिए। बाँकी पाइलाहरु धमाधम बूढानीलकण्ठतर्फ सोझिए। राजनीतिको केन्द्र बालुवाटारबाट हठात् बूढानीलकण्ठतर्फ सर्दै थियो। ओलीको पत्रकार सम्मेलनभन्दा बूढानीलकण्ठको बैठकभित्र हुने रणनीतिमा सबैलाई धेरै चासो थियो। 

त्यहाँ देउवालाई प्रचण्डले काँध थापे। र, माधव नेपाल ज्ञानेन्द्रकालमा प्रतिगमन आधा सच्चिएको निद्राबाट समयमै विउँतिए। उपेन्द्र यादव हमेशा प्रचण्डसँगै थिए। यसरी १४९ संसदको हस्ताक्षरसहित राष्ट्रपतिले दिएको समयसीमाभित्रै शीतलनिवासमा शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने दाबी पेस भयो।

निर्धारित समयभित्र ओलीको मात्रै दाबा पर्नेछ भन्नेमा विश्वस्त रहेको शीतलनिवास बिलखबन्दमा पर्‍यो। कारण ओली प्रधानमन्त्री भएयता शीतलनिवासमा सानातिना वक्तव्यबाहेक सबै वक्तव्य बालुवाटारबाट पुग्ने गर्दछन् भन्ने जगजाहेर छ। प्रदेश कार्यालयहरूमा समेत बालुवाटारबाटै सत्ता जोडघटाउका वक्तव्यहरु पुग्नेगरेको यथार्थ छिपेको छैन। जब दलबलसहित देउवाको निवेदन धारा ७६ को उपधारा ५ अन्तर्गत्को प्रधानमन्त्रीका लागि दर्ता भयो , राष्ट्रपति अल्मलिनु स्वाभाविक थियो। ओलीले संसद बिघटन गर्दा प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ भन्ने कानुनविद्हरु समेत राष्ट्रपति भण्डारीको पछिल्लो पछिल्लो कदममा मौन थिए। जो कानुनविद्हरू बोल्दै थिए ती सबै राष्ट्रपतिको वक्तव्यको खिलाफमा बोल्दै थिए र छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

छिमेकी खुफिया एजेन्सीको प्रमुखलाई बालुवाटारमा खुलारुपमा भेटेर राष्ट्रिय शक्तिलाई तर्साउने खेलमा विशारदप्राप्त ओलीको यो पटक धेरै जादु नचल्ने संकेत देखिएको छ।

शुक्रबार राति अबेरसम्म राष्ट्रपति कार्यालयबाट केही विज्ञप्ति वा नयाँ शपथको कार्यक्रम आउने छैन। किनकि राष्ट्रपति भण्डारीको शपथपश्चात प्रवेशपश्चात शीतलनिवास सोझो बाटो हिड्ने गरेको छैन। बाङ्गो बाटो हिँड्नको लागि बालुवाटारबाट नयाँ वक्तव्य आएको छैन। शुक्रबार अनायास बालुवाटार र शीतलनिवासबीचको दूरी लामो हुन पुगेको छ। सुतिरहेको बूढानीलकण्ठ अकस्मात जागेपछि विद्या-खड्ग अर्थात अर्थात् मुलुकका लागि ‘विख’ सावित भएको गठजोडमा ठुलो चट्याङ परेको छ। छिमेकी खुफिया एजेन्सीको प्रमुखलाई बालुवाटारमा खुलारुपमा भेटेर राष्ट्रिय शक्तिलाई तर्साउने खेलमा विशारदप्राप्त ओलीको यो पटक धेरै जादु नचल्ने संकेत देखिएको छ।

संसद् भवनका भित्रको शतरंजको खेलमा हमेशा जितेका ओलीले  पहिलोपटक बानेश्वर भन्दा पर शीतलनिवासमा चेक मेट पाएका छन्। अब राष्ट्रपतिले पहिलोपटक कानुन पढ्ने भनेकी छन्। उनले कानुन आँखा नचम्काइ पढ्नुपर्ने छ, हात नलम्काएर विज्ञप्ति लेख्नुपर्नेछ।

वीरेन्द्रले देखाएको बाटो
यस्तै कठिन अवस्था तत्कालीन राजा वीरेन्द्रलाई गिरिजाप्रसादले २०५१ सालमा संसद् विघटन गरेपछि आइलागेको थियो। कांग्रेसभित्रकै नेताहरुले प्रतिपक्षी एमालेको साथमा बहुमत संसद सदस्यको हस्ताक्षरसहित दरबारमा  महेन्द्र नारायण निधि (!) लाई नयाँ प्रधानमन्त्री बनाउनका लागि आवेदन दिएका थिए। कांग्रेसका पार्टी सभापति किसुनजीको हस्ताक्षर त्यसमा संलग्न थियो। त्यो एउटा अहिलेको जस्तै तर, धेरैको विस्मृतिमा पुगिसकेको अँध्यारो कालखण्ड थियो।

Xtrem

Xtrem

राजा वीरेन्द्रले संसदको बाटो भएर नआएको उक्त हस्ताक्षरलाई चिन्ने कुरा थिएन। उनले संसद चिन्थे वा मन्त्रिपरिषद् चिन्थे। जब संसद वा मन्त्रिपरिषदबाट आफूलाई अलमलमा परेको ठान्थे, त्यस्तो बेला सर्वोच्च अदालतबाट राय लिन्थे। अब राष्ट्रपतिले बालुवाटारबाट संकेत र विज्ञप्ति होइन, सर्वोच्च अदालतबाट कानूनी राय माग्नुपर्ने छ र सोही अनुसार चल्नु पर्नेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  २३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शंकर तिवारी
लेखकबाट थप
गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको उबडखाबडपूर्ण राजनीतिक यात्रा
चोलेन्द्र श्रीमानको ‘यू टर्न’ र ‘तमासा’ अन्त्यको संकेत
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्