• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २७, २०८२ Tue, Feb 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के होला अब बादलको राजनीति?

64x64
वीरेन्द्र ओली बिहीबार, जेठ ६, २०७८  २२:२१
1140x725

काठमाडौं– गएको चैत २४ गते ३२औं जनआन्दोलन दिवस पारेर तत्कालीन माओवादीको उद्गम थलो पश्चिम रुकुमको खलंगास्थित मुसिकोटमा ‘जनप्रशिक्षण कार्यक्रम’ आयोजना गरियो। जनताले नेतालाई प्रशिक्षण दिने अलि फरक खालको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका थिए, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’। देशैभरी माओवादी सकियो भन्दै प्रचार भइरहेकै बखत रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले बृहत आमसभाको आयोजना गरेर प्रचण्डलाई प्रमुख अतिथि बनाएका थिए।

त्यही कार्यक्रममा प्रचण्डले आफूले अलिअलि गल्ती गरेको भन्दै आत्मआलोचना गर्न रुकुमेली जनताकहाँ आएको बताए। ‘पार्टी विभाजन गरेर गएपछि आएर ‘गल्ती भयो कमरेड’ भन्नेलाई मैले बडो उदारतापूर्वक पार्टीको माथिल्लो तहमा जिम्मा दिएँ। मलाई गद्दार भन्ने, ७० को चुनावमा ममाथि बम प्रहार गर्ने साथीलाई मैले गृहमन्त्री बनाएँ’, आफ्नै पूर्व सहयोद्धा रामबहादुर थापा (बादल)लाई लक्षित गर्दै प्रचण्डले उक्त कार्यक्रममा भनेका थिए। 

एमाले प्रवेश गरेका गृहमन्त्री बादललाई पार्टीमा अघि बढाउन जीवनमा निक्कै सहयोग गरेपनि अन्तिममा धोका दिएको भन्दै उनीप्रति प्रचण्डले रोष प्रकट गरे।

कार्यक्रममा पटकपटक गला अवरुद्ध पार्दै प्रचण्डले पार्टी फुटाएर आएकालाई धेरै भाउ दिँदा धोका दिएको भन्दै आक्रोश पोखेका थिए। ‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो। पार्टी, लाइन र लिडरशीपप्रति इमान्दार, दुःख गरेका कार्यकर्तालाई नै मैले मैले नियुक्ति गर्दा, पदोन्नति गर्दा, मन्त्री बनाउँदा बढी प्राथमिकता दिनुपर्ने थियो’,प्रचण्डले कार्यक्रममा भनेका थिए, ‘सोझा सीधा शहीद परिवार ओझलमा परेको जस्तो भयो। हिजो जनयुद्धमा त्याग गर्नेहरु कताकता पार्टीको नजरबाट बिछ्टिएको जस्तो, फटाह फटाह मान्छेहरुले हेडक्वाटरलाई घेराउ गर्ने जस्तो हुन पुग्यो। त्यसमा आत्मआलोचना  गर्छु। अब म त्यस्तो गर्दिनँ।’

पुस ५ पछि दोस्रो पटक प्रचण्डलाई छोडे
गृहमन्त्री भएपछि अति अन्तरमुखी हुँदै गएका बादलले प्रचण्डलाई निकै झुक्याए। तत्कालीन नेकपा विवादमा लामो समय बीचधारमै बसेर बादलले आफू प्रचण्डसँगै भएको विश्वास दिलाइरहे। नेकपा अन्तरविरोधमा बादलले खुसुक्क खुमलटार गइ भेटेर प्रचण्डसँगै भएको विश्वास दिलाउने गरेको एक माओवादी नेता बताउँछन्। जबजब पार्टीमा विवाद चर्किन्थ्यो, प्रचण्डले बादलको साथ पाउन खुमलटार बोलाएरै छलफल गर्थे। ‘अहिले गृहमन्त्री छु। जहाँ पायो त्यहीँ गुटको भेलामा सहभागी हुन सक्दिनँ। अन्तिममा निर्णय गर्नुपर्दा तपाईंसँगै हुने छु’, प्रचण्ड - बादल भेटका विषयमा ती माओवादी नेताले भने, ‘पार्टी अन्तरसंघर्ष भरि नै त्यही भन्नुभयो। प्रचण्ड कमरेडपनि विश्वस्तै हुनुहुन्थ्यो। अन्तिममा ओलीतिरै लाग्नुभयो।’

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि बादललाई फकाउन प्रचण्डले निक्कै प्रयन्त गरे। बादललाई आफ्नो कित्तामा ल्याउन बादल निवासमा तीन पटक धाए। बादल ओलीतिर ढल्किन थालेपछि उनी निकट स्थायी कमिटी सदस्य देव गुरुङ, पम्फा भुसाल, केन्द्रीय सदस्य कुलप्रसाद केसी, लेखनाथ न्यौपाने, रामदीप आचार्य, हितमान शाक्य लगायत २७ केन्द्रीय सदस्यले प्रचण्डतिर रहन सुझाए।

त्यति मात्रै होइन, उनका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले पनि प्रचण्डको साथ नछाड्न सुझाव दिएका थिए । तर, आफ्नो सुझाव विपरीत बादल ओलीतिरै लाग्ने खोजेपछि पथिक पनि 'प्रमुख राजनीतिक सल्लाहकार'को पदबाट राजीनामा प्रचण्ड कित्तामा लागे। प्रचण्डलाई लामो समय साथ दिएका बादल मात्रै होइन, लेखराज भट्ट समेत ओलीतिरै लागे। ओलीले गत पुस १० गते मन्त्रिपरिषद् बिस्तार गरेपछि टोपबहादुर रायमाझी,प्रभु साह, गौरीशंकर थारु, मणि थापा, दावा तामाङ पनि मन्त्री बन्न गए, प्रचण्डलाई छोडेर।

नेकपा विवाद चुलिदै जाँदा सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधि पुनःस्थापना गर्योत। लगतै फागुन २३ गते सर्वोच्च अदालतले एक फैसलामार्फत एमाले र माओवादीको एकता भंग गरिदियो। सोच्दै नसोचेको फैसलाले सबैभन्दा धेरै झट्का प्रचण्डलाई लाग्यो। त्यसपछि आधिकारिक रुपमै बादल सहित २३ जना एमालेमा केन्द्रीय सदस्यमा मनोनित भए। नेपालपक्ष प्रचण्डको साथ छोडेर एमालेतिर लागे।

Ncell 2
Ncell 2

पहिलो गाँसमै ढुंगा
पहिलो संविधान सभा निर्वाचनमा चितवनको तत्कालीन क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका बादलले दोस्रो संविधान सभा निर्वाचनमा बहिस्कार गरेका थिए। २०७४ सालको प्रतिनिधि सभामा निर्वाचनमा प्रत्यक्ष लड्न नचाहेका थापा राष्ट्रिय सभा निर्वाचनबाट संसदमा पुगेका थिए। राष्ट्रिय सभाबाट गृहमन्त्री भएका बादल एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्‍यो। त्यसपछि बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको लागि एमालेबाट उम्मेदवार बनेका थिए। बागमती प्रदेशबाट एमाले उम्मेदवार भएका बादल पहिलो निर्वाचनमै एमालेबाट पराजित भएपछि पहिलो गासमै ढुंगा लागेको छ। बादललाई एमालेको माधवकुमार नेपाल पक्षले साथ दिएन । 

कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवार भएका खिमलाल देवकोटा विजयी भएका छन्। एमाले उम्मेदवार बादललाई हराएका देवकोटाले ५ हजार ८८ मतभादर पाएका छन् भने बादलले ४ हजार १४ मतभार पाएका छन्। यस्तै, नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेद्वार बनेका कृष्णबहादुर तामाङले १३२ मतभार पाएका छन्।

बादल एमाले प्रवेश गर्ने भएपछि उनी निकट ३७ जना केन्द्रीय सदस्यमध्ये एक जनाले समेत साथ दिएका थिएनन्। मन्त्री पद र अन्य राजनीतिक लाभ दिएर ओलीले २३ जनालाई एमालेको केन्द्रीय बनाएका थिए। ती पनि बादललाई साथ दिएर भन्दा पनि व्यक्तिगत लाभ हेरेर गएका थिए।

अहिले बादलको पक्षमा न माओेवादीका प्रभावशाली नेताहरु छन्, न जुझारु भएर उभिने कार्यकर्ता नै। एमाले संगठनमा बादललाई राजनीति गरेर सजिलै सफलता हात लाग्ने सम्भावना पनि कम छ। नेता कार्यकर्ताविहीन भइ माओवादी छोडेर एमाले आएका बादललाई एमालेकै नेताहरुले अझै पेल्दै जाने देखिन्छ। बादल राष्ट्रिय सभामा निर्वाचित भए मन्त्री पदसँगै अन्य राजनीति अवसर खुम्चिने भएपछि ओलीकै समूहका नेताहरुले समेत असहयोग गरेको ओली निकट नेताहरु बताउँछन्। प्रचण्डलाई छोडेर गएका बादललाई एमालेमा नेता भइ केन्द्रीय राजनीतिमा हालिमुहाली गर्न असम्भवप्राय रहेको माओवादी वृत्तका नेताहरु बताउँछन्।

यस्तो थियो प्रचण्ड-बादल सम्बन्ध
आफूसँग बादलको सम्बन्ध दशकौंदेखिको भएकाले आफ्नो साथ छोडेकोमा प्रचण्ड दुःखित थिए। प्रचण्ड–बादल सम्बन्ध नजिक-टाढा पनि रहँदै आएको हो। यी दुवैको सम्बन्धको पृष्ठभूमि हेर्ने हो भने यो प्रष्टै देखिन्छ। चितवनको रामपुर क्याम्पस पढ्दाताका नै प्रचण्डको भेट बादलसँग भएको थियो। प्रचण्डकै प्रेरणाले बादल पनि पढ्दापढ्दै राजनीतिमा जोडिए। प्रचण्डले नै बादललाई २०३७ सालमा पार्टी सदस्यता दिए। बादललाई पार्टी सदस्यता दिँदा प्रचण्ड प्रस्तावक अनि अमिक शेरचन समर्थक थिए। पञ्चायत हुँदै बहुदलसम्म प्रचण्ड बादलको सम्बन्ध लोभलाग्दो भएको एक पूर्वमाओवादी नेता बताउँछन्। 

माओवादीले २०५२ फागुन १ मा जनयुद्धमा जाने घोषणा गर्दा प्रचण्ड–बादलको सम्बन्ध सुमधुर थियो। जनयुद्धमा रोल्पा–रुकुम मगरको बस्ती भएकाले बादलको प्रभाव बढ्दै गएपछि प्रचण्डलाई जलन सुरु भयो र ‘लिनप्याओवाद प्रवृत्ति’ को आरोप लाग्यो। माओवादी विचारका नाममा चिराचिरा हुन थाल्दै गर्दा २०६२ असोजमा भएको चुनवाङ बैठकमा प्रचण्ड, बाबुराम र बादल एक ठाउँ उभिएका थिए। बाबुराम र बादल दुवैले आफूहरू प्रचण्डमै विलिन भएको अभिव्यक्ति दिएका थिए। बैठकमा बादलले रुँदै प्रचण्डमै विलय भएको भन्दै अध्यक्षकै निर्देशनमा अधिकतम् खरो उत्रने घोषणा गरेका थिए। चुनवाङ बैठकपछि प्रचण्ड–बादलको विवाद साम्य भएको थियो।

प्रचण्ड र बादलको सम्बन्ध ठीक हुँदाहुँदै प्रचण्डलाई एक्ल्याउन मोहन वैद्य, बाबुराम भट्टराई, बादललगायत नेता एक ठाउँमा उभिएपछि प्रचण्ड गल्न पुगेका थिए। उनी प्रचण्डसँग नजिक हुँदाहुँदै पनि २०६८ सालमा भएको धोबीघाट गठबन्धनले दुवैको दूरी बढायो। बादल २०६९ मा मोहन वैद्य नेतृत्वको माओवादीमा सहभागी भएपछि प्रचण्ड र बादलको सम्बन्ध तोडियो।

वैद्यसँग हुँदा २०७० को निर्वाचनमा प्रचण्डलाई हराउन बादल सक्रिय थिए। संविधानसभाबाट संविधान घोषणापछि ०७३ मा बादल वैद्यलाई छोडेर प्रचण्डतिर आए। निर्वाचनमा उठ्न बादलले निर्वाचन क्षेत्र नपाएपछि राष्ट्रियसभाबाट प्रचण्डले गृहमन्त्री बनाए। गृहमन्त्री हुन प्रचण्ड निकट वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत लगायत नेताहरुले खुट्टा उचालेका थिए। गृहमन्त्री हुन तीनै जनाले निकै जोडबल समेत गरेका थिए। प्रचण्डले मोहन वैद्यलाई छोडेर एकतामा आएकालाई प्राथमिकता दिनुपर्छ भनेरै आफ्ना नजिक ठानिए पुन, शर्मा र बस्नेतलाई पाखा लगाएर बादललाई अघि सारे। आफ्ना पुराना सहकर्मीले नाइनास्ती गर्दागर्दै पनि प्रचण्डले बादललाई मात्रै अघि सारेनन्, संघदेखि प्रदेश र स्थानीय तहसम्म वैद्यबाट आएकालाई प्रथामिकता दिएर जिम्मेवारी समेत दिएका थिए। बादलपक्षलाई प्रचण्डले भाउ दिएको भन्दै उनका पुराना सहकर्मीले समेत असन्तुष्टि पोखेका थिए। तर प्रचण्डले सुनेको नसुन्यै गरेर टारेका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ काठमाडौँ-४ मा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै घिसिङले सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो नेपालले जित्ने बताए । मंगलबार, माघ २७, २०८२
काँग्रेसलाई गरेको विश्वासलाई भोटमा बदल्न गगनको आग्रह मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर-२ झुम्कामा नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह ग... मंगलबार, माघ २७, २०८२
समृद्ध नेपाल निर्माणका लागि विकास, सामाजिक न्याय र राष्ट्रिय एकता अपरिहार्यः अध्यक्ष ओली झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टीले सुरु गरेका विकासका आयोजनाहरूले जनताको... मंगलबार, माघ २७, २०८२
ताजा समाचारसबै
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो मंगलबार, माघ २७, २०८२
चुनावी सुरक्षामा नचुक्न सेनालाई प्रधानमन्त्रीको निर्देशन मंगलबार, माघ २७, २०८२
घोषणापत्र सार्वजनिक गर्ने नेकपाको तयारी, सचिवालय बैठक आह्वान मंगलबार, माघ २७, २०८२
चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन मंगलबार, माघ २७, २०८२
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ २६, २०८२
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्