काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेपालमा कोरोना संक्रमणबाट थप २४६ जनाको मृत्यु, ८ हजार १७३ जनामा संक्रमण पुष्टि, ७ हजार ९८९ जना संक्रमणमुक्त, काठमाडौं उपत्यकामा २ हजार ४८६ संक्रमित थपिए ।
२) जनताको अभिभावकीय भूमिकामा सरकार पूर्णतया असफल भएको १० पूर्व उपकुलपतिहरूको निष्कर्ष, खोप उपलब्ध गराउन सरकारको निष्क्रियताप्रति खेद प्रकट, गम्भीर हुन आग्रह ।
३) विवादित एमसीसी परियोजना: १० जिल्लामा पर्ने वनक्षेत्रका २ लाख भन्दा बढी रुख कटान गर्नुपर्ने, १८७ घरधुरी विस्थापन हुने तय ।
४) भारतको उत्तराखण्डमा बालबालिकामा फैलियो कोरोना भाइरस संक्रमण, अवस्था भयावह हुन सक्ने चेतावनी, उत्तर प्रदेशमा कोरोनाको तेस्रो लहर शुरु भएको अनुमान ।
५) र, पाकिस्तान सुपर लिगटी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु युएईमा आयोजना गर्न अनुमति, प्रतियोगिता सामेल हुनेले अनिवार्य खोप लगाउनु पर्ने, सहभागी ६ टिमसँग पीसीबीको छलफल सुरु ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।