काठमाडाैं– पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभर रहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले नेपाल लाइभलाई जानकारी दिए। उनको बुटवल सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार पश्चिम नवलपरासीको सुस्तास्थित नाकाबाट केही नेपाली जबर्जस्ती भारततर्फ जान थालेपछि रोक्ने क्रममा प्रहरीलाई घेरेर ढुंगामुडा गर्न थालेपछि सशस्त्रले गोली चलाएको थियो।
सुस्ता गाउँपालिका– ५ स्थित नथुईबाट भारततर्फ जान लागेकालाइ सशस्त्र प्रहरीले रोकेको थियो। त्यसपछि समूहमा आएर सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।