काठमाडाैं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज (बुधबार) मन्त्रिमण्डल विस्तार गर्दै छन्। कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकै बेला मुख्यमन्त्री पदबाट राजीनामा दिएका गुरुङले बैशाख २९ मा पुनः मुख्यमन्त्री नियुक्त भएर सपथ ग्रहण गरेका थिए।
उनले मन्त्रि परिषद् विस्तारका लागि पूर्वमन्त्री तथा एमाले संसदीय दलका सचेतकसँग छलफल गरेको एमाले सांसद धनञ्जय दवाडीले बताए।
एकै पटक पूर्ण रुपमा मन्त्रिपरिषद् गठन हुने प्रदेश सभा सदस्य दवाडीको भनाइ छ। तत्काल बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले मन्त्रीमा पुरानै अनुहार दोहोरिने दवाडीको भनाइ छ।
बैशाख २६ गते उनले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न ७२ घन्टाको समय दिएका थिइन् ।
तोकिएको समयमा विपक्षी गठबन्धनले बहुमत दावी गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले बैशाख २९ मा गुरुङलाई नै मुख्यमन्त्रीमा दोहोर्याएकी थिइन् । मुख्यमन्त्री संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।