• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकता टुटेपछि आफ्नो ‘हैसियत’ जाँच्दै माओवादी

64x64
वीरेन्द्र ओली मंगलबार, जेठ ४, २०७८  २२:५२
1140x725

काठमाडौं- बृहत् वाम एकतामार्फत् देशलाई राजनीतिक स्थायित्व दिने भन्दै २०७५ जेठ ३ गते देशका दुई ठूला वाम घटक, (नेकपा) एमाले र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकताको घोषणा गरे। र, नेकपाको गठन गरे। तीन वर्षपछि, जेठ ३ गतेमा आइपुग्दा नेकपाको यो एकता छिन्नभिन्न भइसकेको छ। एमाले र माओवादी पुरानै पार्टीका रुपमा ब्युँतिएका छन्। 

एमाले त अहिले सत्तामा छ। एमालेभित्रको माधवकुमार नेपाल पक्ष नयाँ पार्टी गठन गर्नेगरी अगाडि बढे पनि घटनाक्रममा नाटकीय बदलाव अएर एमाले अहिले एउटै जस्तो बनिसकेको छ। धेरैको चासो अहिले पनि एमाले के होला भन्ने नै छ, सँगै माओवादीको अवस्था र गन्तव्यलाई लिएर पनि चासो व्यक्त भइरहेको छ।

साँच्चै माओवादी अब के होला? सर्वोच्च अदालतको एमाले र माओवादी ब्युँताउने फैसलापछि जब ओलीले एमालेमा माधवकुमार नेपाल पक्षलाई पेलेर अघि बढ्न खोजे, माओवादीमा, खासगरी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफूले नेपाल पक्षको साथ पाउने र पार्टी एकतासमेत गरेर अघि बढ्ने अपेक्षा गरेका थिए। तर, पछिल्ला घटनाक्रम अर्कै तवरबाट अघि बढेका छन्। र, एमालेमा विवाद समाधानका लागि कार्यदल बनाउने निर्णय भएपछि माओवादी झस्किएको छ। 

एमालेमा नेपाल पक्ष प्रधानमन्त्री ओलीसँगै सहकार्यमा अघि बढ्न खोजेपछि बसेको माओवादीको स्थायी समिति बैठकमा कतिपय नेताहरुले ओलीसँग मिलेर जान नसक्दा यस्तो हालत भएको भन्दै असतुष्टिसमेत पोखेका थिए। माधवकुमार नेपाल पक्षको धेरै भर पर्दा माओवादीलाई धक्का लागेको भन्दै कतिपयले नेतृत्वको समेत आलोचना गरे, त्यो बैठकमा। त्यहीकारण पनि बैठकपछि माओवादीले विचार, राजनीतिक र संगठनात्मक संरचना पुनर्गठनको तयारी अघि बढाएको छ।

एकता तोडिएपछि आफ्नो हैसियत आफैंले जाँच्न खोजिरहेको माओवादीले पुनर्गठनमा जाने निर्णय गरेको नेताहरु नै बताउँछन्। पार्टीको अवस्था, जनवर्गीय संगठनको अवस्था बुझ्ने, क्रियाशिल सदस्यहरु र नेता तथा कार्यकर्ताको समेत सुझाव लिएर अघि बढ्ने तयारी गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘माओवादीको विधान बनाउने, आफ्नो संगठन के कस्तो अवस्थामा छ त्यसको विषयमा अध्ययन गरिने छ। त्यसपछि पार्टी संरचनालाई बलियो बनाउने हुन्छ। आफ्नो पंक्ति, आफ्नो संगठनलाई चुस्तदुरुस्त बनाउने हुन्छ’, पौडेलले नेपाल लाइभसँग भने, ‘आफ्नो पार्टी व्यवस्थित, चुस्तदुरुस्त बनाएपछि मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चाबन्दी गर्छौं। त्यसको लागि मुद्दा मिल्ने कम्युनिस्ट घटकहरुको बीचमा एउटा मोर्चाबन्दी गर्ने हुन सक्छ। प्रतिगमनका विरुद्ध उभिएका शक्तिहरुसँग सहकार्य हुन सक्छ।’ 

दशवर्षे सशस्त्र संघर्षकालीन माओवादीहरु फेरि एक ठाउँमा आउने अवस्था नभएकाले माओवादी पार्टीकै आफ्नो शक्तिलाई नै पुनर्गठन गरेर जाने तत्कालको अजेण्डा हुने स्थायी कमिटी सदस्य गणेश साहले बताए। ‘जनयुद्धकालीन माओवादीहरु छिन्नभिन्न अवस्थामा छन्। माओवादी केन्द्रलाई संकट पर्‍यो भन्दैमा एक हुने अवस्था छैन’, साहले भने, ‘सबभन्दा पहिला माओवादी केन्द्रको मात्रै शक्ति कति हो? एकता भत्किएपछि खास माओवादीको अवस्था कस्तो छ? त्यसरी माओवादीको सम्पूर्ण आँकडा उतार्ने काम हुन्छ, त्यसपछि माओवादी पुनर्गठन हुँदै संगठित गर्दै जाने योजना छ।’ 

माओवादीलाई पुनर्गठन गर्दै संगठन चुस्तदुरुस्त बनाएपछि मात्र मुद्दा मिल्नेसँग मोर्चावन्दी वा सहकार्यको अवधारणा अघि बढाउन सकिने साहले बताए। अझै माओवादीले उठाएका संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत समग्र परिवर्तनका मुद्दा जीवित भएकाले पार्टीलाई पुनर्गठन गरेमा बलियो बनाउन सक्ने भन्दै कतिपय नेताहरु सक्रिय बनेका छन्। नेता र कार्यकर्ताको आत्मविश्वास बलियो पार्न सकेमा माओवादी पार्टीलाई अर्को निर्वाचनसम्म बलियो पार्टी बनाउन सकिने उनीहरुको आकलन छ। 

अध्यक्ष प्रचण्डले माओवादीको विचार, राजनीतिक र संगठनात्मक संरचनाका विषयमा आइतबार इमेलमार्फत् नेता र कार्यकर्ताहरुसँग सुझाव मागेका छन्। ‘नेकपा (माओवादी केन्द्र)द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहीद परिवारलगायत नेता-कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि  बढाउने सोच राखेकाले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ’, प्रचण्डले सामाजिक सञ्जालमै लेखेका छन्। 

‘एमालेसँग एकता गर्दा उल्टै घाटा’
माओवादीले एमालेसँग एकता गरेका कारण रामबहादुर थापा ‘बादल’सहित स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै नेता गुमाएको छ। तर, नेताहरु एमालेमा गएपनि कार्यकर्ता भने पार्टीमै रहेको नेताहरुको दाबी छ।

माओवादीबाट एमालेमा जाने नेताहरुमा बादलसहित स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरी छन्। त्यसैगरी, सातवटै प्रदेशमा गरेर ८ जना प्रदेश सभा सदस्य एमालेमा प्रवेश गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाका १३ जना सांसदलाई माओवादीले एमाले प्रवेश गरेपछि कारबाही गरिसकेको छ। 

माओवादीबाट एमाले प्रवेश गरेका २३ जना माओवादी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेका छन्। एमालेबाट माओवादीमा आउनेको संख्या भने गणना हुनेगरी छैन। 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  २२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? अधिकारीले संविधान संशोधन संविधान समाप्त गर्ने प्रक्रिया नभई समयअनुसार त्यसलाई परिमार्जन र अझ स्वीकार्य बनाउने माध्यम भएको बताए । ‘सं... शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शाहीले संविधान जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने दस्तावेज बन्नुपर्ने भन्दै रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य र राजनीतिक स्थिरता... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्