• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारले बल्ल स्वीकार्‍यो- कोरोना महाव्याधि सम्बोधनको कानुन अपर्याप्त छ

64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  १६:२१
1140x725

काठमाडौं- नेपालमा कोरोनाको पहिलो लहर शुरु भएसँगै १५ महिनाअघि कोरोना नियन्त्रणका लागि कानुन अपर्याप्त भएको आवाज उठ्यो। कानुनका जानकारदेखि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले छाता कानुन बनाउन माग गरे। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सार्वजनिक रुपमै ‘थोत्रा कानुनले कोरोना महामारी सम्बोधन गर्दैन, नयाँ कानुन बनाऊ’ भन्दै आह्वान नै गरे।

सार्वजनिक सञ्चारमाध्यमले पनि कोरोना सम्बोधनका लागि कानुन अपर्पाप्त भएका समाचार प्रकाशन/प्रशारण गरे। तर, सरकारले कसैको कुरा सुनेन। यसमा चासै दिएन। तत्कालीन समयमा उठेको यो आवाजलाई नेपाल लाइभले कोरोनाको दोस्रो लहरसँगै फेरि उठायो। 

तर, सरकारले तत्कालीन समयमा प्रयोग गरेको संक्रामक रोग ऐन २०२० लाई टेकेर नागरिकलाई घरभित्रै थुनेर नियन्त्रण गर्ने सोच बनायो। अघिल्लोपटक यही ऐन अनुसार लकडाउन घोषणा गरेको सरकारले दोस्रोपटक निषेधाज्ञा घोषणा गर्‍यो। यसका लागि आवश्यक छाता कानुन बनाउनेतिर चासो देखाएन। तर, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले भने कोरोना महामारीविरुद्ध जुध्न कानुन पर्याप्त नभएको महसुस गर्‍यो। 

तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नेभन्दा कानुनी संरचनाहरु निर्माण गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसमा लाग्ने निर्णय गर्‍यो। कोरोनाको दोस्रो लहरले देशभर उच्च मात्रामा संकट पैदा गरेपछि सरकारले बल्ल कानुन अभावको महसुस गर्‍यो।  

यो पनि पढ्नुहोस्

सीसीएमसीको निष्कर्ष– स्वास्थ्य संकटकाल तत्काल आवश्यक छैन, महामारीसँग लड्न थप कानुन चाहिनेआइतबार, जेठ २, २०७८

आइतबारको बैठकमा महामारी नियन्त्रणका सन्दर्भमा ३ वटा क्षेत्रमा समस्या देखिएको भनेर छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। पहिलो समस्याको रुपमा स्वास्थ्य प्रणाली एकीकृत नहुनु, दोस्रो खरिद प्रक्रियाका कारण अत्यावश्यकीय सामग्रीहरु खरिद गर्न नसकिनु र तेस्रो कानुनी संरचनाहरु नहुनु। यीनै विषयमा सीसीएमसीको आइतबारको बैठकमा छलफल भयो।

‘देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारीविरुद्ध लगाउनु जरुरी छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अहिले हामीसँग स्वास्थ्य मन्त्रालय र त्यस मातहतका स्वास्थ्य संस्थाहरु छन्। विभिन्न प्रतिष्ठानहरु छन्। ती झण्डै स्वायत्त खालका छन्, केही शिक्षा मन्त्रालयले सञ्चालन गर्छन्, प्रादेशिक अस्पतालहरु छन् र स्थानीय तहहरुले सञ्चालन गर्ने अस्पताल तथा स्थानीय आधारभूत अस्पतालहरु छन्। ती सबैलाई युनिफाइड ढंगले सञ्चालन गर्न हामीलाई कानुन आवश्यक पर्छ।’ 

मन्त्री ज्ञवालीले खरिद प्रक्रियामा पनि समस्या रहेको बताए। खोप लगायत अत्यावश्यकीय सामग्री खरिदका लागि अहिले अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था रहेपनि देशको कानुनी व्यवस्थाले त्यस्तो परिकल्पना नगरेकाले समस्या देखिएको ज्ञवालीले बताए।  

‘खरिद प्रक्रियामा अहिले पनि समस्या छन्, खोप लगायतका सामग्री खरिद गर्न अग्रिम भुक्तानी नगरिकन अत्यावश्यकीय कुराहरु पाउन सक्ने अवस्था छैन। तर, हाम्रो कानुनी व्यवस्थाले अग्रिम भुक्तानीको परिकल्पना गर्दैन। यस्ता कतिपय कुराहरुका लागि केही कानुनी प्रबन्धहरु गर्नुपर्ने छ। त्यसका लागि पनि छलफल भयो,’ मन्त्री ज्ञवालीले भने।  

nimb
nimb
Ncell 2
Ncell 2

अहिलेको महामारीसँग जुध्न थप केही कानुनी संरचनाहरु आवश्यक भएको भन्ने विषयमा पनि छलफल भएको मन्त्री ज्ञवालीले बताए।  ‘अहिलेको महामारीसँग जुध्न थप केही कानुनी संरचनाहरु आवश्यक भएको महसुस भएको छ। संक्रामक रोग नियन्त्रण ऐन, २०२० का प्रावधानले मात्रै नपुग्ने भएकाले यस विषयमा आवश्यक तयारी गर्ने कुरा भएका छन्,’ मन्त्री ज्ञवालीले भने।  

महामारीको शुरुमै उठेको यो आवाज सरकारले महामारीले उग्र रुप लिएपछि मात्र देखेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ बताउँछन्। ‘सरकारले बल्ल महसुस गरेर ठूलो काम गरेको छ’ श्रेष्ठले टिप्पणी गरे ‘महसुस भए अनुसार कानुन निर्माणको तत्परता देखाए त राम्रो होला नि!’  उनले यो टिप्पणी गर्दा सरकारप्रति अझै आशंका गरिरहेका थिए।

यो पनि पढ्नुहोस्

आफ्ना मान्छेलाई पद दिन अध्यादेश ल्याउने, महामारीबारे कानुन बनाउन केही नगर्ने?बुधबार, वैशाख २२, २०७८

सरकारले पञ्चायतकालमा निर्माण भएको संक्रमणकालीन ऐन २०२० लाई प्रयोग गरि देशभर अहिले निषेधाज्ञा जारी गरेको छ।  जसबाट संघीय संरचना अनुसारको सरकारले गर्ने काममा पनि प्रश्न उठेको थियो। शासन व्यवस्था संघीय संरचना भएको अवस्थामा यो ऐनलाई प्रयोग गर्दै सरकारले प्रमुख जिल्ला अधिकारीलाई शक्तिशाली बनाएको थियो। जिल्ला सम्वन्वय समिति एउटा संयन्त्रको रुपमा मात्र रहेको र देशमा तीन तहको सरकार कायम हुँदा पनि सरकारले सीडीओलाई कोरोना नियन्त्रणको जिम्मेवारी दिएका थियो। 

सरकारले ५६ वर्ष पुरानो कानुन अनुसार काम गर्दा अहिले प्रदेश र स्थानीय तह भूमिकाविहीन जस्ता देखिएका छन्। जनतासँग सिधै सम्पर्क हुने स्थानीय सरकार स्वायत्त हुने परिकल्पना संविधानले गरेपनि यो ऐन अनुसार काम गर्दा सीडीओ नै स्थानीय सरकारको तालुकवाला निकायजस्तो देखिएका छन्।  

सातवटै प्रदेशका स्वास्थ्य मन्त्रालयहरु संक्रमितको संख्या गन्ने र मृत्यको रेकर्ड मात्र राख्ने निकायजस्तो देखिए। प्रत्येक जिल्लाबाट सीडीओले सिधै गृह मन्त्रालयमा विवरण पठाउने भएकाले प्रदेश अहिले गणना गर्ने र हेरेर बस्ने थलो भएको छ। न त उनीहरु सक्रिय भएर काम गरेको देखियो न त केन्द्रले उनीहरुलाई कुनै भूमिका नै दियो। पहिलो लहरका क्रममा हरेक स्थानीय तहहरु सक्रिय भएका थिए। उनीहरुले स्वाब संकलनदेखि मानिसहरुको व्यवस्थापनका लागि क्वारेन्टिन र आइसोलेसन बनाउने व्यवस्थापनसम्म गरेका थिए। तर, दोस्रो चरणमा उनीहरु यो कार्यमा आवश्यकता अनुसार सक्रिय भएका छैनन्। 

जिम्मेवारी र आर्थिक रुपमा अधिकार नदिँदा भूमिका नै नपाएको उनीहरुको गुनासो छ। यसका लागि सरकारले कानुन बनाएर कसको जिम्मेवारी के हुने भनेर तोक्नुपर्ने उनीहरूको सुझाव छ।

संघीय सरकारले जिम्मेवारी अनुसारको महत्व नदिएको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवं जुगल गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष होम नारायण श्रेष्ठ बताउँछन्। अहिले स्थानीय तहले अस्पताल निर्माण, स्वाब संकलन, बिरामीको अनुगमनदेखि सबै काम गरिरहेको उनको दाबी छ। 

‘हामीलाई कानुनी जिम्मेवारी र बजेट पनि छैन। तर, जनप्रतिनिधिको नाताले जनताको सेवा गर्न रातदिन जोखिम मोलेर खटिएका छौं। राज्यले हामीलाई महत्व नै दिन सकेन’, उनले भने।

यो पनि पढ्नुहोस्

‘संक्रामक रोग ऐनले नचिन्‍ने प्रहरीले सडकमा कैद गरेर नागरिकको मौलिक हक खोसेको छ’मंगलबार, वैशाख २१, २०७८

२०२० मा बनेको ऐनको आधारमा अहिले पनि संक्रामक रोग नियन्त्रणको प्रयास जारी छ। तर, २०२० मा बनेको ऐन अहिलेको परिस्थिति अनुसारको नभएकोले संशोधन गर्नुपर्ने आवश्यकता रहेको कानुन र स्वास्थ्यका जानकारहरूले बताउँदै आएका छन्। ऐनमा सडक यातायातबारे उल्लेख गरिएपनि हवाई जहाजमा संक्रामक बिरामी भए के गर्ने भन्ने कतै उल्लेख छैन। 

५६ वर्षअघिको समाज, संक्रमण र व्यवहार नै फरक भइसकेकाले यो सान्दर्भिक नै नहुने अवस्थामा रहेको थियो। भारत, अमेरिका बेलायत जस्ता देशहरुले एकीकृत कानुन निर्माण गरेका थिए। 

ऐनमा महामारी, क्वारेन्टिन लगायतका विषयमा स्पष्ट उल्लेख हुनुपर्ने थियो।  नेपालमा महामारी देखिएको समयमा निश्चित क्षेत्र र समयका लागि ऐन कार्यान्वयन भइरहेको थियो। 

ऐनमा ‘नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जिएमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारबाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूहउपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्नेछ’ भन्ने उल्लेख छ।

तत्कालीन समयमा हैजा, कलेरा, विफर, मलेरिया लगायतका लागि यो कानुन निर्माण भएको थियो। तत्कालीन समयमा औषधि उपचारको सुविधा थिएन। पञ्चायत र अहिलेको गणतन्त्रको समाज र अवस्था नै फरक भएको कुरा सरकारले बुझ्न नक्सदा ऐन बनाउने चासो दिएको थिएन। 

कसरी बनेको थियो ऐन?
सन् १९५४ मा नेपाल विश्व स्वास्थ्य संगठनको सदस्य राष्ट्र बनेको थियो। त्यसबेला परराष्ट्र एवं स्वास्थ्यमन्त्री डा डिल्लीरमण रेग्मी थिए। उनले विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय कार्यालय पुगेर सदस्यता ग्रहणमा हस्ताक्षर गरेका थिए। संगठनका तर्फबाट तत्कालीन उपनिर्देशकले हस्ताक्षर गरेका थिए।  

यो पनि पढ्नुहोस्

५६ वर्षअघि पञ्चायतले बनाएको कानुनले कसरी गर्ला कोरोना महाव्याधिलाई सम्बोधन ?आइतबार, वैशाख १९, २०७८

नेपाल विश्व स्वास्थ्य संगठनको सदस्य भएसँगै ‘इन्टरनेसनल हेल्थ रेगुलेसन–४९’ पालना गर्नुपर्ने भएपछि यो ऐनको आवश्यकता परेको थियो। उक्त ‘रेगुलेसन ४९’ अनुसार महामारी फैलिए संठगनलाई अनिवार्य रिपोर्टिङ गर्नुपर्ने भएकाले ऐनको आवश्यकता तत्कालीन समयमा आइपरेको थियो। त्यसका लागि नेपालले छुट्टै संक्रामक ऐन बनाएर काम गर्नुपर्ने भएकाले सो ऐनको मस्यौदा भएको थियो।

विसं २०२० मा सो ऐनको मस्यौदा कानुन अधिकृत नैनबहादुर विष्ट र विश्वनाथ उपाध्यायले गरेका थिए। सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश एवं २०४७ सालको संविधानका मस्यौदाकार उपाध्यायले तत्कालीन परिस्थिति र विश्व समुदायलाई देखाउनुपर्ने आवश्यकता समेटेर मस्यौदा गरेकाले त्यसलाई कानुनको रुप दिइयो। राजाले लालमोहर लगाएसँगै ऐन प्रचलनमा आएको थियो।  

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए शनिबार, भदौ ६, २०८३
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै शनिबार, भदौ ६, २०८३
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
रोबोटदेखि ६३ हजार ईभीसम्म : नाडा अटो शोमा देखिँदैछ नेपालको विद्युतीय यात्रा शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्