• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
पूर्वन्यायाधीश बलराम केसीसँग अन्तर्वार्ता

‘संक्रामक रोग ऐनले नचिन्‍ने प्रहरीले सडकमा कैद गरेर नागरिकको मौलिक हक खोसेको छ’

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २१, २०७८  १४:२७
1140x725
बलराम केसी, पूर्वन्यायाधीश। फाइल तस्बिर

बलराम केसी सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। सर्वोच्चमा रहँदा उनले मौलिक हक, मानव अधिकार र नागरिक अधिकारका सम्बन्धमा धेरै फैसला सुनाएका थिए। संविधानले दिएको नागरिक अधिकार कार्यकारी वा सरकारका अन्य कुनै पनि निकायले कुनै पनि बहानामा खोस्न नहुने उनको मत छ।

कोरोना संक्रमणको पहिलो लहर समाप्त भएर दोस्रो लहरबाट मुलुक आक्रान्त बनिरहँदा सरकारले ‘संक्रामक रोग ऐन, २०२०’ अनुसार देशभरका केही क्षेत्रमा पूर्ण, केहीमा आंशिक निषेधाज्ञा जारी गरेको छ। अघिल्लो पटक सरकारले देशभर एकै पटक लकडाउन गरेको थियो। त्यसरी देशभर लकडाउन गर्दा समग्र अर्थ व्यवस्थामा असर परेपछि सरकारले यो पटक अधिक संक्रमण भएका क्षेत्रहरू तोकेर निषेधाज्ञा जारी गरेको छ।

सरकारले ५०० भन्दा धेरै संक्रमित भएका सहर र मधेशका जिल्ला तथा २०० संक्रमित नाघेका पहाडी र हिमाली जिल्लामा निषेधाज्ञा जारी गर्नसक्ने अधिकार संक्रामक रोग ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

देश अहिले संघीय गणतन्त्रात्मक शासन व्यवस्थामा रहेको छ। कम अस्तित्वमा रहेको जिल्लाकै संरचनालाई प्रयोग गरेर सरकारले कोरोना नियन्त्रण गर्न खोजेको छ। विश्वभर कोरोना भाइरसको महामारीपछि अलग्गै ऐन बनाएर सम्बोधन गरिए पनि नेपालले त्यस्तो गरेको छैन। यही सेरोफेरोमा रहेर नेपाल लाइभले पूर्वन्यायाधीश केसीसँग गरेको कुराकानीको सारसंक्षेप:

संक्रामक रोग ऐन २०२० अहिलेको कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त कानुनी व्यवस्था हो?
संक्रामक रोग ऐनअनुसार कारबाही पर्याप्त छैन। यो संक्रामक रोग हो। सरकारले पहिलो कुरा सबैलाई भ्याक्सिन दिन सकेको छैन। सरकारले रोकथामका लागि सामाजिक दूरी पालना गरौं, निषेधाज्ञा जारी गरेर घरमै बसौं, संक्रमण हुनबाट बचौं भनेर राम्रो काम गरेको हो। यसको उद्देश्य राम्रो हो। तर, अहिले यसको कार्यान्वयनमा गरिएको कार्यचाहिँ राम्रो देखिएन।

जस्तोः सडकमा हिँडेका मानिसहरूलाई नियम उल्लंघन गरेको आरोपमा एक घण्टा डोरी वा अन्य घेरामा राखिने गरिएको छ। यो गैरकानुनी देखिन्छ। संक्रामक रोग ऐन लगाउने अनि त्यसले नदिएको अधिकार प्रयोग गरी मानिसलाई कैद सजाय गर्ने अधिकार प्रहरीलाई छैन। कि त यसैगरी कारबाही हुने ऐन बनाउनुपर्‍यो, होइन भने यसरी कानुनबाहिर गएर कारबाही गर्ने अधिकार प्रहरीलाई छैन।

ऐन एकातिर, सरकारको काम गराइ अर्कोतिर गयो भन्‍न खोज्नुभएको हो? 
सरकारले समयमा यसलाई सम्बोधन गर्ने अलग्गै कानुन बनाउनुपर्ने थियो, तर बनाएन। सरकारले संसद् चालु हुँदा पनि बनाएन र अध्यादेशबाट पनि ल्याउन चाहेन। अब यो पाटोबाट सरकार पछि हटिसकेको छ। सरकारले किन कानुन बनाएन, त्यो सरकारका मानिसले जवाफ दिने प्रश्न भयो। तर, विश्वको अभ्यास हेर्दा कोभिड-१९ लाई सम्बोधन गर्न कानुनी व्यवस्था गरेको देखिन्छ। यसरी कानुनले व्यवस्थित गर्दा सबै कुरालाई तत्कालीन परिस्थितिअनुकूल हुन्छ र समेट्छ। संक्रामक रोग ऐनले कतै पनि प्रहरीलाई यस्तो अवस्थामा सडकमा निस्केमा वा नियम उल्लंघन गरेमा पक्राउ गरेर ‘अन द स्पट’ थुन्‍ने अधिकार दिएको छैन। यो काम गराइ र कानुन असान्दर्भिक भयो।

भर्खरै मात्र सर्वोच्च अदाललते एउटा अभ्यास गरेको छ। कसैमाथि अवहेलना मुद्दा छ भने उसलाई बोलाएर दुई घण्टा इजलासमा बस्नुस् भनेर बसाउने अनि जानुस् भन्‍ने। यो भनेको उसलाई त्यो अवधिभर कैद गरेको हो। हो, यस्तै सडकमा पनि प्रहरीले मानिसहरूलाई कैद सजाय गरेको छ। सडकमा निस्केका मानिसलाई कैद गर्ने अधिकार यो ऐनले प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई मात्र दिएको छ। अनि अधिकार नै नदिएको व्यक्तिले कसरी यो कार्य गर्‍यो त? यो त मानवअधिकारको हनन् र गैरकानुनी भयो।

nimb
nimb
Ncell 2
Ncell 2

संक्रामक रोग ऐनअनुसार रोकथामका लागि सीडीओले आदेश दिनसक्छ। यसको उल्लंघन गरेमा एक महिना कैद र जरिवाना गर्ने भनेको छ। कानुनअनुसार चल्ने हो भने यसरी मानिसलाई पक्राउ गर्न सीडीओको आदेश हुनुपर्छ। तर, प्रहरीले सीडीओको आदेशबिनै पक्राउ गरेर मौलिक हक उल्लंघन गरेको छ।

तत्कालीन समयको संक्रमण नियन्त्रणका लागि ५७ वर्षअघि पञ्चायतकालमा निर्माण भएको यो कानुन अहिलेको महामारीका लागि कति सान्दर्भिक हुनसक्ला? र, यही कानुनको आधारमा अहिले कारबाही गर्न मिल्छ? 
अब नयाँ कानुन नै नभएपछि जे छ त्यसैले गर्ने हो। कुनै पनि कानुन लागू नगर्ने भन्‍ने हुँदैन। सरकारले यो कानुन उपलब्ध भएकाले यसलाई प्रयोग गर्न मिल्छ। विगतमा यो कानुन चारपटक संशोधन भएको देखिन्छ। संविधानसँग यो कानुन बाझिएको देखिँदैन।

अमेरिकामा १०५ वर्षअघि प्लेग (सरूवा रोग)को महामारी फैलियो। एक जना ज्याकोप्सन भन्‍ने मान्छे रहेछन्। उनलाई भ्याक्सिन लगाउँदा शरीरमा रियाक्सन गरेछ। उनले सरकारले दिएको भ्याक्सिन लगाउन मानेनन्। नमानेपछि उनलाई पाँच डलर जरिवाना भयो। म त स्वतन्त्र मानिस, यसरी जबरजस्ती कहाँ गर्न पाइन्छ, यो त मानवअधिकार उल्लंघन भयो र मेरो व्यक्तिगत अधिकार कुण्ठित भयो भनी मुद्दा लड्न थाले। यो विवाद त्यहाँको सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्च अदालतले सामूहिक हितका लागि क्षणिक मौलिक हक नियन्त्रण गर्न सकिन्छ भनेर सदर गरेको थियो।

दुई वर्षअघि अमेरिकामा यस्तै घटना भयो। अमेरिकामा गर्भपतन गर्न पाइने कानुनी व्यवस्था छ। कोरोना महामारी सुरू भएपछि अमेरिकाको टेक्ससमा पैसा कम भएपछि त्यहाँको सरकारले कोरोना कोषमा जम्मा गर्दै नागरिकको उपचार गर्न थाल्यो। तीन महिनालाई उक्त रकम रोकिएपछि एक महिलाले मुद्दा हालिन्। उनले यो मेरो अधिकार हो कसरी खोस्न पाइन्छ भनेर दाबी गरेकी थिइन्। त्यहाँको अदालतले महामारी भएकाले सरकारले त्यसो गर्न पाउँछ भनेर व्याख्या गर्‍यो।

अमेरिकाका यी दुई उदाहरणले के भन्छ भने महामारीको समयमा सरकारले यसको नियन्त्रण र सामूहिक हितका लागि आवश्यक कदम चाल्न सक्छ। तर, अहिले नेपालमा देखिएको समस्या भनेको कसरी सम्बोधन गर्ने र त्यो कार्य कानुनसम्मत भयो कि भएन भन्‍ने हो।

ऐन नबाझिएको अवस्थामा प्रयोग गर्ने हो, तर यो त सान्दर्भिक नै छैन भन्‍ने आलोचना छ नि?
हो, यो ऐन निर्माणको सन्दर्भ र अहिलेको फरक छ। सरकारले विभिन्‍न थरीका अध्यादेश जारी गर्दा नयाँ छाता ऐन जारी गर्न सकेको भए राम्रो हुने थियो। कोरोनाका कारण परेको असर र यसले अप्ठ्यारो पर्ने सबै क्षेत्र समेटेर नयाँ रूपमा यसलाई सम्बोधन गर्ने कुरा सकारात्मक नै हो। तर, अहिलेको ऐन सीधै बाझिएको देखियो। ऐनले सीडीओले सजाय गर्ने भन्छ, तर हामी सडकमै प्रहरीलाई सजाय गर्न दिइरहेका छौं। यदि, यही आवश्यकता अहिलेको हो भने यसैलाई सम्बोधन गर्ने ऐन जारी हुनुपर्दथ्यो। कोरोना महामारी एक/दुई हप्तामै समाप्त भइहाल्ने देखिँदैन। त्यसैले यसलाई अझै पनि सम्बोधन गर्न सक्ने अवस्था देखिन्छ। सरकारले अध्यादेशमार्फत् अहिले कानुन ल्याउने र अब छिटै सुरू हुने बजेट अधिवेशनबाट यसलाई पेस गरेर पास गराउन सकिन्छ। मुख्य कुरा सरकारले यी कुरालाई प्राथमिकता दिने कि नदिने भन्‍ने हो।

कोरोना महाव्याधी इतिहासको रेकर्ड पनि हो। यो अवस्थामा हामीले कसरी सम्बोधन गर्‍यौं, यसको रोकथामका लागि सरकारले कसरी काम गर्‍यो, कानुनमार्फत् अभिलेख हुने थियो। यसमा सरकार चुक्यो।

यो ऐनले सीडीओलाई अधिकार दिएको छ। यो संघीय शासन व्यवस्थाको मर्मविपरीत र एकात्मक केन्द्रीय सोचकै निरन्तरता देखिँदैन त? 
यो कार्यान्वयन कसरी गर्ने भन्‍ने कुरा हो। ऐनले संघ, प्रदेश र स्थानीय तहलाई पनि अधिकार दिनसक्ने ठाउँ त देखिन्छ। तर, अब अधिकार कसलाई दिने भन्‍ने कुरा सरकारमा भरपर्ने कुरा हो। सरकारले कसरी शासन व्यवस्था सञ्चालन गर्ने उसको अधिकार हो। तर, अहिलेको अवस्थामा स्थानीय तह र प्रदेशलाई बलियो र जिम्मेवार बनाउन सकेको भए प्रभावकारी र राम्रो हुने थियो। ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्ने सरकारले हो। उसले कुन सोचका साथ गर्छ उसको कुरा हो। कानुन पुरानो भएर लागू गर्न नहुने होइन। बेलायत र भारतले सयौँ वर्ष पुराना कानुनले पनि काम गरेको छ तर उसको सोच नयाँ हुनुपर्छ भन्‍ने हो।

पहिलोपटक कोरोनाको लहर सुरू भएपछि सरकारले कानुनको बारेमा सोच्न जरूरी थियो। तर, सरकार चुप लाग्यो। प्रहरीमार्फत् सडकमा मानिस रोक्नेमा मात्रै सरकारको ध्यान गएको देखिन्छ। कोरोना महाव्याधी इतिहासको रेकर्ड पनि हो। यो अवस्थामा हामीले कसरी सम्बोधन गर्‍यौं, यसको रोकथामका लागि सरकारले कसरी काम गर्‍यो भन्‍ने कुराहरू कानुनमार्फत् अभिलेख पनि हुने थिए। यसरी हेर्दा सरकार यसमा चुकेको देखिन्छ।

त्यस्तै, कोरोना सकिएपछिको अवस्थामा पर्न आउने कानुनी बाधाहरूलाई सम्बोधन गर्ने र फुकाउने कुरामा पनि अप्ठ्यारो आउने देखिन्छ। त्यो अवस्थामा धेरैभन्दा धेरै मानिसहरू अदालत जानसक्ने पनि देखिन्छ। यदि सरकारले यी सबै कुरा समेटेर कानुनी जारी गर्न सकेको थियो भने यो समस्या रोकिन्थ्यो।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले गरे मुक्तिनाथ दर्शन, पूजाआजा गरेपछि जोमसोम फर्किए शनिबार, भदौ ६, २०८३
सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय खोलिँदै शनिबार, भदौ ६, २०८३
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
रोबोटदेखि ६३ हजार ईभीसम्म : नाडा अटो शोमा देखिँदैछ नेपालको विद्युतीय यात्रा शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्