• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पृथ्वीबाट खर्बौँ माइल टाढा रहेको ग्रहमा जीवन भएको 'आशालाग्दो सङ्केत'

64x64
नेपाल लाइभ आइतबार, वैशाख ७, २०८२  २२:४१
1140x725

काठमाडौं– वैज्ञानिकहरूले पृथ्वीभन्दा धेरै टाढा एउटा तारालाई परिक्रमा गरिरहेको ग्रहमा जीवन रहेको हुन सक्ने नयाँ सङ्केत फेला परेको बताएका छन्।

K2-18b (केटू-१८बी) ग्रहको वायुमण्डलको अध्ययन गरिरहेको केम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले पृथ्वीमा जीवहरूले मात्रै उत्पादन गर्ने अणुहरू उक्त ग्रहको वायुमण्डलमा पनि फेला परेको जनाएको छ।

नासाको जेम्स वेब टेलिस्कोपले अर्को गृहको वायुमण्डलमा जीवनसँग सम्बन्धित अझ भरपर्दो रासायनिक पदार्थ पहिचान गरेको यो दोस्रो पटक हो। तर अध्ययन टोली र स्वतन्त्र खगोलविद्हरूले यी निष्कर्षहरू पुष्टि गर्न थप तथ्याङ्क आवश्यक पर्ने बताएका छन्।

प्रमुख अनुसन्धाता प्राध्यापक निक्कु मधुसूदनले थप प्रमाणहरू पनि छिट्टै फेला पार्ने आशा आफूले लिएको बताएका छन्। "त्यहाँ जीवन रहेको हुन सक्ने सम्भावना देखिएको यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो। हामी एकदेखि दुई वर्ष भित्रमा यी सङ्केतहरूलाई पुष्टि गर्न सफल हुने छौँ," उनले भने।

केटू-१८बी पृथ्वीभन्दा साढे दुईगुना ठूलो छ र पृथ्वीबाट ७०० खर्ब माइल टाढा छ। निकै शक्तिशाली रहेको जेम्स वेब टेलिस्कोपले कुनै ग्रहको वायुमण्डलको रासायनिक संरचनाको पनि विश्लेषण गर्न सक्छ। ग्रहको माउ ताराको प्रकाशको सहयोग लिएर उक्त टेलिस्कोपले वायुमण्डलको विश्लेषण गर्न सक्छ।

जीवन रहेको सङ्केतका आधार
केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ। त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) र डाइमिथाइल डाइसल्फाइड (डीएमडीएस) फेला परेका छन्। पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले निष्कासन गर्छन्।

प्राध्यापक मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन्।

"त्यहाँको वायुमण्डलमा यो ग्यासको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ," उनी भन्छन्। "यदि त्यसको सम्बन्ध साँच्चै जीवहरूसँग छ भने उक्त ग्रहमा धेरै जीवहरू छन्।"

Ncell 2
Ncell 2
nimb
nimb

प्राध्यापक मधुसूदनका अनुसार केटू-१८बीमा जीवहरू रहेको पुष्टि भएमा "त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो" भन्ने प्रमाणित गर्छ।

यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ।

जीवन रहेको सङ्केतका आधार
केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ। त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) र डाइमिथाइल डाइसल्फाइड (डीएमडीएस) फेला परेका छन्। पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले निष्कासन गर्छन्।

प्राध्यापक मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

"त्यहाँको वायुमण्डलमा यो ग्यासको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ," उनी भन्छन्। "यदि त्यसको सम्बन्ध साँच्चै जीवहरूसँग छ भने उक्त ग्रहमा धेरै जीवहरू छन्।"

प्राध्यापक मधुसूदनका अनुसार केटू-१८बीमा जीवहरू रहेको पुष्टि भएमा "त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो" भन्ने प्रमाणित गर्छ।

यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ।

वैकल्पिक अवधारणा
अन्य अनुसन्धान समूहले 'केटू-१८बी'बाट प्राप्त गरिएकाजस्तै तथ्याङ्क निर्जीव वस्तुबाट पनि प्राप्त गर्न सकिने वैकल्पिक व्याख्या अघि सारेका छन्। डीएमएस र डीएमडीएसबारे मात्रै नभई ग्रहको वैज्ञानिक संरचनाबारे पनि बहसहरू हुने गरेका छन्।

धेरै अनुसन्धाताहरूले उक्त ग्रहमा तरल पदार्थको गहिरो समुद्र रहेको अनुमान गर्नुको कारण 'केटू-१८बी'मा एमोनिआ नपाइनु हो। उनीहरूका अनुसार त्यहाँ मुनि रहेको पानीको गहिरो तहले एमोनिआ ग्यास सोसेर राखेको छ।

केम्ब्रिज विश्वविद्यालयका प्राध्यापक ओलिभर शोर्टलका अनुसार चट्टान गलेर बनेको समुद्रका कारण पनि त्यस्तो हुन सक्छ। "अरू ताराहरूको परिक्रमा गर्ने ग्रहबारे हामीले तिनीहरूको वायुमण्डलमा परावर्तन हुने थोरै मात्राको प्रकाशबाट हो। त्यस कारण त्यहाँ जीवन भएको सङ्केत मात्रै नभएर धेरै कुराको सङ्केत हुन सक्छ।

"केटू-१८बीका हकमा यसको संरचनाबारे पनि वैज्ञानिक बहस चलिरहेका छन्," उनी भन्छन्।

नासाका एम्स अनुसन्धान केन्द्रका डा निकोलस वोगनको यो तथ्याङ्कबारे फरक व्याख्या छ। उनले केटू-१८बी कुनै परि सतह नभएको एउटा 'ग्यास जाइअन्ट' वा हिलिअम वा हाइड्रोजनको थुप्रो हुन सक्ने तर्कसहित एउटा शोध प्रकाशित गरेका छन्।

अरू समूहले भने यी दुवै व्याख्यामा विमति जनाउँदै चुनौती दिएका छन्। जेम्स वेब टेलिस्कोपबाट प्राप्त तथ्याङ्कमा उनीहरू अडिग छन् र त्यसले केटू-१८बीबारे बलियो वैज्ञानिक बहस जन्माएको छ।

प्राध्यापक मधुसूदन विज्ञानको सबैभन्दा जटिल प्रश्नको उत्तर दिन आफूले अझै ठूलो वैज्ञानिक अध्ययन गर्न जरुरी रहेको ठान्छन्। तर आफू र आफ्टो टोली सही बाटोमा रहेको उनको विश्वास छ।

"अबको एक दशकपछि हामीले पछि फर्केर हेर्‍यौँ भने हामीले जीवन भएको अर्को संसार पहिचान भएको क्षण सम्झने छौँ," उनले भने। उनीहरूको अध्ययन 'द एस्ट्रोफिजिकल जर्नल लेटर्स'मा प्रकाशित भएको छ। बीबीसीबाट

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
सम्बन्धित सामग्री
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार किम शनिबार चीनको सीमावर्ती सहर डान्दोङ पुगेका हुन्। उनी उत्तर कोरिया र चीनलाई जोड्ने हालै... शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिका फेरि ‘एपिक फ्युरी’ जस्तै छोटो सैन्य अभियान सञ्चालन गर्न सक्ने वा इरानसँग सम... शनिबार, कात्तिक ७, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते बिहीबार राति स्थानीय समयअनुसार १० बजेर ३३ मिनेटमा गएको भूकम्पको केन्द्र उत्तरी तिब्बतको नाग्छु क्षेत्रस्थित एक उच्च हिमाली काउन्टीमा... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्