• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आफ्ना मान्छेलाई पद दिन अध्यादेश ल्याउने, महामारीबारे कानुन बनाउन केही नगर्ने?

कल्याण श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश  बुधबार, वैशाख २२, २०७८  ०९:००
1140x725

संक्रामक रोग ऐन २०२० सालमा जारी भएको ऐन हो। सरकारले कोरोना महामारी शुरु भएपछि पहिलोपटक पनि यही ऐन देखाएर लडकडाउनदेखि अन्य कार्य गर्‍यो। अहिले पनि यही ऐनलाई अघि सारेर निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण दैनिक रूपमा वृद्धि भइरहेको छ। नयाँ-नयाँ स्वरूपमा देखिन थालेको यो संक्रमणले हामी दैनिक रूपमा समस्यामा फस्दै गएका छाैं। आर्थिक मात्र नभई कानुनी जटिलतामा पनि फस्ने र जिम्मेवारी कसको हो भन्ने कुरा अमूर्त हुँदै गएको छ। 

कोरोना संक्रमणको पहिलो चरण शुरु हुँदै ऐन संशोधन गरौं भनेर मैले संसद् भएकै समयमा कराएको हुँ। कानुनका जानकारहरूले तत्कालीन समयमा संसद्‌बाट नभए अध्यादेशबाट एकीकृत छाता ऐन जारी गरौं भनि आवाज उठाएका थिए। यहाँ आफूलाई नपरेसम्म कसैले नसोच्ने अवस्था छ। अहिलेको अवस्था जनता र सरकार दुवै भगवान भरोसामा भएको जस्तो देखिन्छ। 

पहिलो लहरमै संसद् भएको समयमा ऐन बनाउनु पर्थ्यो। यसलाई कानुनले समयमै सम्बोधन गर्नुपर्ने थियो। जिम्मेवारी तोक्नुपर्ने थियो। जसले नागरिक अलमलमा पर्ने थिएनन्। जिम्मेवार व्यक्तिहरू कानुनमा बाँधिने थिए। कानुन बनाउने थलो नै संसद् चालु थियो। कानुन बनाउने काम संसद्को भएकाले त्यहीँबाट बनाउन माग पनि भएको थियो। तर, यसमा न सरकारले चासो दियो न त प्रतिपक्ष लगायतका राजनीतिक दलहरूले चासो दिए। यत्रो विपत्तिको समयमा कानुन नबनाउने अनुत्पादक संसद् के काम?  

सरकारले अध्यादेश पनि ल्याउन सक्थो। त्यो पनि ल्याइएन। थोत्रा ऐन ल्याउने अनि जे पायो त्यही आदेश जारी गर्ने काम अहिले भएको छ। यस्तो आदेश गर्न पनि जुग सुहाउँदो त हुन पर्छ नि! यी सबै कुरा कसले सुन्ने हो?

संक्रामक रोग सम्बन्धी ऐन २०२० मा धेरै नै अस्पष्ट व्यवस्थाहरू छन्। ती व्यवस्थाहरू कार्यान्वयन नभएमा जिम्मेवार नहुनेदेखि यसभित्र रहेका अलमलहरूलाई कसरी सम्बोधन गर्ने भन्ने कुराका लागि ऐन नै चाहिन्थ्यो। ऐनमा आवश्यक आदेश जारी गर्न सकिन्छ भनेको छ। आवश्यक आदेश भनेको के हो? यस्तो अमूर्त ऐनबाट कसरी महामारी नियन्त्रण हुन्छ? जे पनि रोक्न पाइन्छ? आदेशको सीमा के हो? त्यो उल्लेख हुनु पर्दैन?

Ncell 2
Ncell 2
nimb
nimb

अदालत अहिले बन्द छ। अदालत बन्द हुनुपर्छ कि खुल्नु पर्छ? खोल्ने हो भने कसरी के-के सेवाका लागि खोल्ने हो। बन्दै गर्ने हो भने नागरिकको मौलिक हक हनन् हुँदा कहाँ जाने? कसले न्याय दिने? त्यसको जिम्मेवारी कानुनले तोक्नु पर्दैन? त्यस्तै, महामारीको अवस्थामा सरकारी निकायहरू के खोल्ने के नखोल्ने भन्ने कसले भनिदिने हो? नागरिकलाई महामारीको अवस्थामा पनि पाउनुपर्ने सेवाबाट रोक्न मिल्दैन भन्ने कानुनको सम्बोधन कसरी गर्ने?

अदालतले के सुविधा दिनसक्छ फुलकोर्टले भन्ने भन्दा कानुनले व्यवस्था गर्न पर्दैन? यसरी बन्द रहँदा अदालतका मुद्दा के हुने, त्यसको बाधा अड्काउ फुकाउन अदालत आफैं अघि सरिराख्ने हो? सरकारको काम के हो? संसद्ले यस्तो आपतकालीन अवस्थाका कानुनले सम्बोधन गर्न पर्दैन? सरकारले नियुक्तिका लागि र भागवन्डाका लागि अध्यादेश ल्याउन सक्ने तर, यत्रो महामारीमा कानुन नै नचाहिने हो? संक्रामक रोग ऐन ५६ वर्षअघि पञ्चालयतकालमा जारी भएको हो। यो ऐन प्रजातान्त्रिक छैन। यस्तो ऐनले पुग्दैन। कोही मानिस गम्भीर बिरामी भएर अस्पताल जान लागेको बेला प्रहरीले छेक्यो, जान दिएन, उसको त्यही कारण मृत्यु भयो भने के हुन्छ? कुन कानुनले यसलाई सम्बोधन गर्छ? यसमा दोषी को हुन्छ? नागरिकले आफूमाथि अन्याय भयो भनी उजुरी नै गर्न नपाउने? सीडीओले पास नदिएका कारण मानिसलाई ठूलो नोक्सानी भयो भने को जिम्मेवार हुने? सीडीओले पास उपलब्ध नगराएका कारण मानवीय क्षति भयो भने यसलाई केले सम्बोधन गर्ने? सीडीओले पास जारी गर्ने तरिका के हो? प्रक्रिया के हो? कसलाई जारी गर्ने, कसरी जारी गर्ने एकीकृत कानुन चाहिँदैन? कुन प्रक्रियाबाट लिने भनेर नागरिकलाई खै ऐन? 

मानव अधिकार आयोग र अदालतजस्ता निकायहरूले के गर्छ भनेर कसले भनिदिने हो? आम मानिसले उजुरी गर्ने निकाय कुन हो? त्यसको सुनुवाइ गर्ने निकाय को हुन्? यस्तो महामारीको समयमा राज्यका निकाय वा कानुनले व्यवस्था गरेका जनताको गुनासो सुन्ने निकाय २४ घण्टा  खुल्ला हुनुपर्दैन? यसलाई कुन कानुनले व्यवस्था गरेको छ? दुरुपयोग भयो भने कसले नियमन गर्ने हो? अस्पतालमा कुनै बिरामी गयो तर, डाक्टरले म औषधी उपचार गर्दिनँ, छुँदै छुन्नँ भन्यो भने के गर्ने? त्यसलाई कहाँ उजुरी गर्ने र कुन कानुन अनुसार कारबाही गर्ने स्पष्ट कानुनी व्यवस्था चाहिँदैन?  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डाक्टर आफै कोभिड-१९ संक्रमित भएर बसेमा उसलाई के राहत दिने र उसका परिवारलाई कसरी सम्बोधन गर्ने? महामारीको समयमा फ्रन्टलाइनमा खटिएका व्यक्तिहरूलाई सम्बोधन गर्न कानुन आवश्यक छ।   

संसारमा अधिकांश देशहरूले कोरोनालाई सम्बोधन गर्न कानुन बनाएका छन्। बेलायत, अमेरिका जस्ता देशहरूले कोभिड सम्बन्धी कानुन अलग्गै बनाए। यस्तो कानुन सामाजिक, पारिवारिक अवस्था सम्बोधन गर्ने र भविष्यका लागि दस्तावेज पनि हो। कसैले कालोबजारी गर्‍यो भने, गलत औषधी दिए, औषधी नै नदिए के गर्ने? जस्ता कुराहरूमा कानुन चाहिन्छ। यस्तो समयमा झन् धेरै अनियमितताको सम्भावना हुने भएकाले यसका लागि अलग्गै कानुन आवश्यक हुन्छ। अहिलेको सबै समस्या समाधान गर्न छाता ऐन आवश्यक हुन्थ्यो।

पहिलो कुरा, कानुन बनाएर कसले के गर्ने हो त्यसको अधिकार दिइनुपर्ने थियो। संक्रामक रोग ऐन पञ्चायतकालीन ऐन हो। अहिले तीन तहको सरकार रहेका छन्। स्थानीय तह, प्रदेश र केन्द्रको जिम्मेवारी र अधिकार कति हो? कसले के गर्ने भन्ने कुरा कानुनमै व्यवस्था गर्नुपर्दथ्यो। यो ऐनहरू प्रदेशले बनाएको भएपनि हुने थियो। तर, कसैले पनि बनाएनन्। महामारीमा सम्बोधन गर्ने कानुन नहुँदा यसलाई हामीले व्यवस्थित रूपमा सम्बोधन गर्न चाहेका छैनौं भन्ने देखाएको छ। सबैतिरको गैरजिम्मेवारीपन देख्दा बरु सबै मिलेर कसरी अनियमितता गर्ने भन्ने विषयमा ऐन बनाएर हुन्छ भन्नुपर्ने अवस्था सिर्जना भइसकेको छ। 

(पूर्वप्रधानन्यायाधीश श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्