काठमाडौं–रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले अहिलेको जस्तो प्रदेश संरचना देशले धान्न नसक्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशको हालको ढाँचालाई यो रुपमा राख्न नहुने बताएका हुन्।
उनले स्थानीय तहलाई बलियो बनाउने नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिए।
कार्यबाहक सभापति अर्यालेले भने, ‘जनताले खोजेको प्रमुख कुरा सुशासन हो, नेपाली जनता भोक खप्न सक्ने, तर अन्याय र बेथिति खप्न सक्दैनन्। यो नीति तथा कार्यक्रमले सुशासन कायम गर्ने कुरा उल्लेख त गरेको छ, तर कसरी भन्ने कुरा उल्लेख छैन।’
उनले सुशासनको झल्को आफूहरुले दिएको जिकिर गरे। सुशासनको अभियानमा हिँडेको आफूहरुमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै उनले २०८४ बाट क्रान्तिकारी तरिकाले अगाडि बढाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।