काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) एमाले एक भएर अघि बढ्ने माधव नेपालसँगको वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया, विवाद समाधानका लागि १० जनाको कार्यदल गठन।
२) हरहालतमा नागरिकको जीवन रक्षा गर्न प्रधानमन्त्री ओलीको निर्देशन, स्वास्थ्य संकटकाल तत्काल आवश्यक नभएको सीसीएमसीको निष्कर्ष, महामारीसँग लड्न थप कानुन चाहिने।
३) काठमाडौं महानगरभित्रका विद्यालयले जेठ २० गतेसम्म परीक्षा लिइसक्न काठमाडौं महानगरपालिकाको निर्देशन, असारदेखि नयाँ शैक्षिक शत्र, कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा छिट्टै सूचना गरिने।
४) इजरायल र प्यालेस्टाइनबीच चलिरहेको द्वन्द्व ठूलो युद्धमा परिणत, इजरायलमा थप ११ प्यालेस्टिनी मारिए, जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रह।
५) र, पहिलो पटक एफए कपको उपाधि लेस्टर सिटीलाई, चेल्सी १–० गोल अन्तरले पराजित, हारसँगै चेल्सीको नवौं पटक उपाधि जित्ने सपना विफल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।