काठमाडौं– पार्टीलाई ‘नयाँ ढंगले’ अगाडि बढाउनका लागि भन्दै माओवादी केन्द्रले सुझाव मागेको छ। माओवादीले पार्टीको विचार नीतिका विषयमा सुझाव मागेको हो।
आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते, अपाङ्ग एवम् शहीद परिवारलगायत नेता–कार्यकताहरुको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने भनेर सोकिएको उल्लेख गर्दै सुझाव मागिएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले आफ्ना राय तथा सुझावहरुलाई ईमेल मार्फत पठाउन सकिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।