• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
अबिच्युअरी

अस्ताए  पेटरोगका पायनियर

64x64
डिबी खड्का आइतबार, जेठ २, २०७८  १९:२८
1140x725

काठमाडौं- गुगलमा सर्च गर्दा अहिले धेरैका बारे अनेकथरि जानकारी भेटिन्छन्। चर्चित व्यक्तित्व, समाजका लागि योगदान दिने व्यक्तिका बारेमा नभेटिने कुरै भएन। तर, नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्‍याएका डा. आइएल आचार्यका बारेमा खोजियो भने उनको नाम बाहेक उनका बारेमा केही भेटिँदैन।

तर, काठमाडौँको प्रौढ पुस्तालाई यही नाम लिएर सोधियो भने कतिले घर, ठेगाना नै बताइदिन सक्थे। कतिले ‘नामचाहिँ सुनेकै हो’ भनिदिन्थे। किनभने डा. आचार्य त्यस्ता व्यक्ति थिए, जो गुगलमा नभेटिए पनि मान्छेका मनमा भेटिन्थे। राम्रो उपचार सेवा दिने डाक्टरका रुपमा धेरैले चिनेका थिए उनलाई।

२०४४ देखि २०५८ सालसम्म वीर अस्पतालमा र त्यसपछि काठमाडौंका विभिन्न अस्पतालमा रहेर उपचार सेवा दिएका उनले जीवनमा मान्छेलाई निको पार्ने कामबाहेक केही गरेनन्। अर्थात् सीमित संख्यामा डाक्टर भएका बखत राज्यले दिने प्रशासकीय पद, हाकिमको जिम्मेवारी लगायतका मानप्रतिष्ठा लिन कहिल्यै चाहेनन्। ‘हाकिम’ हुन मरिहत्ते गर्ने मनोविज्ञानयुक्त समाजका दुर्लभ उदाहरण हुन् उनी। जसले आएका अवसरलाई सदा पन्छाइरहे। उनलाई जहिल्यै लागिरह्यो, ‘डाक्टरको काम उपचार गर्ने हो। त्यसलाई प्रभावित गर्ने अर्को काममा अल्झिनु हुँदैन।’ यही कारणले उनले आफ्नो चिकित्सकीय जीवनमा धेरै भन्दा धेरैलाई सेवा दिन पाए। धेरै भन्दा धेरैको मनमा बस्न सफल भए।

प्रशासकीय पद नलिए पनि सामाजिक कार्यमा भने कहिल्यै जिम्मेवारीबाट भागेनन् उनी। नेपालमा ग्यास्ट्रोइन्ट्रोलोजीका विषयमा चेतनाका साथै उपचार सेवा फैलाउन ‘नेप्लिज सोसाइटी अफ ग्यास्ट्रोलोजी’का संस्थापक अध्यक्ष भए। यसैगरी, सोसाइटी अफ इन्टरनल मेडिसिन नेपालका अध्यक्ष बने। डायबेटिक एसोसिएसन नेपालको पनि अध्यक्ष भए। उनले वीर र काठमाडौं हस्पिटलको ग्यास्ट्रोइन्ट्रोलोजी विभागका प्रमुख भएर सेवा दिए।

नेवार आचार्य !
१९९५ सालमा पाटनको यिखालख्खु (मंगलबजार नजिकै) मा जन्मेका हुन् डा. आचार्य। उनलाई धेरैले ‘बाहुन आचार्य’ ठान्छन्। कतिपयले प्रश्न गर्दा रहेछन्, ‘पाटनको खाँटी नेवार बस्तीमा त्यो समय कहाँबाट आइपुगेछन् बाहुन ?’ तर, उनी बाहुन आचार्य होइनन्, नेवार आचार्य हुन्। अझ आचार्य होइनन्, गुरुवाचार्य हुन्। अहिले डा. आइएल आचार्यका नामबाट प्रसिद्ध उनको खास नाम त ईश्वरलाल गुरुवाचार्य रहेछ।

पाटन स्कूलमा पढ्दासम्म उनले यही नाम राखेका थिए। तर, एसएलसीका बखत उनका ‘हेडमास्टर’ले नाम घटाइदिए  । भनेछन्, ‘ईश्वर, तिम्रो नाम लामो भयो। म घटाएर राखिदिन्छु।’ उनलाई लाग्यो, सरले छोटो नाम राख्न खोज्नु भएछ। तर, सरले नाम होइन, थर पो घटाइदिएछन्। र, बनाएछन् गुरुवाचार्यलाई आचार्य। प्रवेशपत्र हातमा आएपछि उनी चकित परे। तर, के बोल्नु सरसँग ? त्यसयता उनको औपचारिक थर नै आचार्य भयो र उनका छोराहरु पनि आचार्य नै लेख्छन्।

कम्पाउन्डर बोलाउने झन्झटले डाक्टर
संयुक्त परिवार थियो उनको। धेरै जनाको परिवार भएकाले कोही न कोही सदस्यलाई बिमारले च्यापिरहन्थ्यो। घरका सदस्य बिरामी भएपछि डाक्टर (डाक्टर भनिए पनि कम्पाउन्डर थिए ती) बोलाउन जाने जिम्मा उनकै थियो। कहिलेकाहीँ झारफुकका लागि धामीझाँक्री बोलाउनुपर्थ्यो, त्यसमा पनि उनैलाई कुदाउँथे।

सधैँ कम्पाउन्डर र धामीझाँक्री बोलाउने काम उनलाई झन्झटिलो लाग्थ्यो। कतिपय अवस्थामा त कमाउन्डर वा झाँक्री अर्कै काममा व्यस्त हुँदा घन्टौँ कुर्नु पर्थ्यो। कुर्दाकुर्दै उनी सम्झिन्थे, ‘म आफैँ उपचार गर्ने तरिका सिक्छु।’ डाक्टर बन्ने रहरको यो फिलिङ्गोले उनलाई पढाइमा मेहनत गर्न हौस्यायो। एसएलसी, आइएससी र बीएससीमा राम्रै अंक हासिल गरेकाले कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा छानिन उनलाई धेरै दुःख गर्नुपरेन। भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजमा उनले एमबीबीएस पढे।

Ncell 2
Ncell 2
nimb
nimb

महेन्द्रले बोलाएपछि नेपाल
एमबीबीएस पास गरिसकेपछि हाउसम्यानसिपका लागि उनी दिल्लीस्थित मौलाना आजाद मेडिकल कलेजमा पुगे। त्यसबेला यो कलेजको नाम अर्कै थियो। हाउसम्यानसिप भनेको प्रयोगात्मक पढाइ थियो, तर अहिलेको इन्टर्नसिप जस्तो होइन। त्यहाँ उनले दुई वर्ष हाउसम्यानसिप गरिसकेका थिए। त्यसताका उनको सिकाइ क्षमताको कदर गर्दै कलेजले गोल्डमेडल दिएको थियो। त्यसैले पोस्टग्य्राजुएट (पीजी) त्यही कलेजमा छात्रवृत्तिमै गर्न पाउने बाटो खुलेको थियो। उनको लक्ष्य थियो, ‘नेपाल फर्किंदा विशेषज्ञ डाक्टर भएर फर्किन्छु।’

यो २०२० सालतिरको कुरा हो। यही समय तत्कालीन राजा महेन्द्र भारत भ्रमणमा पुगे। दिल्लीमा रहँदा उनले नेपाली विद्यार्थी भेटे। त्यसमध्ये डाक्टरी सकेका तीन जना थिए। डा. आचार्यसँगै डा. विश्वराज दली र डा. ताराबहादुर खत्री। तीनैजना डाक्टरलाई आफ्नै छेउमा बस्न लगाएर राजा महेन्द्रले भनेछन्, ‘नेपालमा डाक्टरको अभाव छ। डाक्टरी सकेकाहरुले उतै फर्किनुपर्यो्।’

‘राजाले भनेपछि नाइनास्ती गर्ने कुरै थिएन। पीजी पढ्ने योजना थाँती राखेर म नेपाल फर्किंएँ,’ डा. आचार्यले सुनाएका थिए, ‘मेरो पहिलो जागिर विकास समितिअन्तर्गत टेकु अस्पतालमा भयो। राजाले जुन तरिकाले नेपाल फर्किने प्रस्ताव गरेका थिए, त्यो अनुसारको अवसर भने पाइएन।’ तर, कहिल्यै गुनासो गरेनन् उनले। खटाएको काम र पठाएको ठाउँमा खुसीसाथ गए उनी। त्यो अवधिमा उनले महाकाली किनारको भीर छिचोल्दै बैतडी जिल्लामा पुगेर सेवा दिए। बझाङमा महामारी फैलिँदा त्यहाँ केही महिना बसेर अवस्था साम्य गरेर फर्किए।

आयोडिन र टाइफाइड भ्याक्सिन सर्वेक्षण
तिथि–मिति उनलाई पनि याद रहेन पछिसम्म, त्यो समय उनी टेकु अस्पतालमै काम गरिरहेका थिए। काठमाडौँकै दरबारमार्ग नजिकैको ज्याठामा धेरैजना गलगाँड भएर उपचारका लागि आएको भेटे उनले। उनलाई लाग्यो, ‘त्यही ठाउँमा गलगाँड धेरै हुनुमा त्यहाँको खानपानमा पक्कै आयोडिनको कमी छ।’ पछि एकजना स्विडिससँग मिलेर उनले त्यस क्षेत्रमा अनुसन्धान गरे। त्यहाँका बासिन्दाले पिउने इनारको पानीमा आयोडिनको कमी रहेको अनुसन्धानले निचोड निकाल्यो। धेरै जनामा गलगाँड आउनुको निष्कर्ष निस्कियो।

सन् १९६५ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ र भारत सरकारले नेपालमा आयोडिनको अवस्थामाथि अध्ययन गर्न डा. आचार्य सम्मिलित अनुसन्धानले सघाएको थियो। उक्त अध्ययनपछि नेपालमा नुनमा आयोडिन मिसाएर सेवन गराउने निष्कर्ष निकालिएको थियो। उनले सम्झे, ‘त्यसपछि सन् १९९३ देखि साल्ट्र ट्रेडिङ कम्पनीले आयोडिन मिसाएर देशभर नुनको आपूर्ति गर्न थालेको हो।’

टाइफाइडविरुद्धको भिआई भ्याक्सिन (जुन अहिले लगाइने गरिएको छ) को नेपालमै ‘इभ्यालुएसन’ भएको थियो। जसमा डा. आचार्य पनि मुख्य इभ्यालुएटरमध्येका एक थिए। काठमाडौँको सतुंगल, नैकाप र बलम्बूमा मूल्यांकन गरिएको थियो। जुन अन्तर्राष्ट्रिय जर्नलमा ‘प्रिभेन्सन अफ टाइफाइड फिभर नेपाल विथ द भिआई पोलिस्याकराइड अफ साल्मानेला टाइप’ शीर्षकमा छापिएको थियो। जहाँ लेखकका रुपमा डा. आचार्य, डा चार्लिज लुई, डा. रीता थापा, डा. जोन रोबिन्सको नाम उल्लेख छ।

इन्डोस्कोपी गर्ने पहिलो नेपाली डाक्टर
पेटसम्बन्धी रोगको उपचारका लागि इन्डोस्कोपी महत्वपूर्ण उपकरण हो। यसको प्रयोग गरी उपचार गर्ने पहिलो नेपाली डाक्टर हुन् आचार्य। फाइब्रो अप्टिक, ब्रोनोस्कोपी, कोलोनोस्कोपी र थेराप्युटिक इन्डोस्कोपी नेपालमा भित्र्याउने श्रेय उनैलाई जान्छ। यसकारण उनलाई पेटरोगका पायनियरको उपमा दिँदा अत्युक्ति हुनेछैन।

भारतबाटै विशेषज्ञ बनेर फर्किने सपनामा राजा महेन्द्रले ब्रेक लगाइदिए पनि उनले लन्डनबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा विशेषज्ञता (एमआरसिपी) हासिल गरे। नेपालमा सेवा दिन थालेको ८ वर्षपछि २०२७ सालमा लन्डन पुगेका थिए उनी। उनले नेपालमा पेटरोगको समस्या बढ्दै गएकाले यससम्बन्धी विशेषज्ञ आवश्यक पर्ने महसुस गरेर उक्त विषय रोजेका थिए। पछि जापानमा ६ महिना उनले पेटरोगसम्बन्धी थप ज्ञान र इन्डोस्कोपी जस्ता आधुनिक उपकरणको प्रयोगबारे तालिम लिए। फर्किंदा केही सेकेन्डह्यान्ड उपकरण लिएर आएका थिए उनी। त्यसैको प्रयोगबाट टेकु अस्पतालमा उनले सेवा दिन थाले।

सरकारले न्युरो सर्जरी र ग्यास्ट्रो इन्ट्रोलोजीका लागि २०३७ सालमा क्याबिनेट निर्णय गरी बजेट छुट्यायो  । उक्त बजेटबाट उपकरण किन्न केही समय लाग्यो। उनले किनाउनका लागि ठूलै संघर्ष गर्नुपर्योस। उनले त्यसबेलाको धपेडी यसरी सुनाएका थिए, ‘उपकरणका लगि पाँच लाख रुपैयाँ छुट्याई माग्न मैले निकै धाएको छु।’

उनले उपकरणका लागि धाउँदै गर्दा टोकियो मेडिकल कलेजका चेस्ट सर्जरीका प्रमुख प्राडा योसी हिरो हायटाले पाटन अस्पताललाई इन्डोस्कोपी दिए। त्यसको प्रयोग नेपाली डाक्टरले नभएर जापानकै चेस्ट फिजिसियन डा. कोन्याकोले गरेका थिए। त्यसको ६ महिनापछि नेपाल सरकारले किनेको इन्डोस्कोपीको प्रयोग भने डा. आचार्यले गरेका थिए। इन्डोस्कोपी आएपछि टेकु अस्पतालमै ग्यास्ट्रो इन्ट्रोलोजी सेवा सुरु गरियो। डा. आचार्यले केही वर्ष त्यहीँ सेवा दिए।

२०४४ सालमा वीर अस्पतालमा ग्यास्ट्रोइन्ट्रोलोजी विभाग खुल्यो र त्यसको प्रमुखका रुपमा डा. आचार्यले जिम्मेवारी सम्हाले। यो जिम्मेवारीमा उनी २०५८ सालसम्म थिए।

उमेरले ८३ पुगेका डा. आचार्य कोभिडले थलिनुअघिसम्म सक्रिय चिकित्सकीय पेशामा थिए। डा आचार्यको कोरोना संक्रमणपछिको जलिटताका कारण आइतबार बिहान २ बजे निधन भयो। 

उनका आँखाले नेपाल स्वास्थ्य क्षेत्रमा भएका परिवर्तन देखे। यसका लागि भएका कतिपय घटनाका साक्षी बसे। तर, जुन रुपमा स्वास्थ्य क्षेत्रले गति लिनुपर्ने हो, त्यसअनुसार गति पकड्न नसकेको उनको बुझाइ थियो। नेपालको स्वास्थ्य क्षेत्रमा भएको विकासबारे उनको सटिक टिप्पणी थियो, ‘नेपालको स्वास्थ्य क्षेत्र हुर्किंदै गयो, तर कुपोषण भए जसरी।’ 
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्