• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
अबिच्युअरी अस्ताए  पेटरोगका पायनियर
64x64
डिबी खड्का आइतबार, जेठ २, २०७८  १९:२८
1140x725

काठमाडौं- गुगलमा सर्च गर्दा अहिले धेरैका बारे अनेकथरि जानकारी भेटिन्छन्। चर्चित व्यक्तित्व, समाजका लागि योगदान दिने व्यक्तिका बारेमा नभेटिने कुरै भएन। तर, नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्‍याएका डा. आइएल आचार्यका बारेमा खोजियो भने उनको नाम बाहेक उनका बारेमा केही भेटिँदैन।

तर, काठमाडौँको प्रौढ पुस्तालाई यही नाम लिएर सोधियो भने कतिले घर, ठेगाना नै बताइदिन सक्थे। कतिले ‘नामचाहिँ सुनेकै हो’ भनिदिन्थे। किनभने डा. आचार्य त्यस्ता व्यक्ति थिए, जो गुगलमा नभेटिए पनि मान्छेका मनमा भेटिन्थे। राम्रो उपचार सेवा दिने डाक्टरका रुपमा धेरैले चिनेका थिए उनलाई।

२०४४ देखि २०५८ सालसम्म वीर अस्पतालमा र त्यसपछि काठमाडौंका विभिन्न अस्पतालमा रहेर उपचार सेवा दिएका उनले जीवनमा मान्छेलाई निको पार्ने कामबाहेक केही गरेनन्। अर्थात् सीमित संख्यामा डाक्टर भएका बखत राज्यले दिने प्रशासकीय पद, हाकिमको जिम्मेवारी लगायतका मानप्रतिष्ठा लिन कहिल्यै चाहेनन्। ‘हाकिम’ हुन मरिहत्ते गर्ने मनोविज्ञानयुक्त समाजका दुर्लभ उदाहरण हुन् उनी। जसले आएका अवसरलाई सदा पन्छाइरहे। उनलाई जहिल्यै लागिरह्यो, ‘डाक्टरको काम उपचार गर्ने हो। त्यसलाई प्रभावित गर्ने अर्को काममा अल्झिनु हुँदैन।’ यही कारणले उनले आफ्नो चिकित्सकीय जीवनमा धेरै भन्दा धेरैलाई सेवा दिन पाए। धेरै भन्दा धेरैको मनमा बस्न सफल भए।

प्रशासकीय पद नलिए पनि सामाजिक कार्यमा भने कहिल्यै जिम्मेवारीबाट भागेनन् उनी। नेपालमा ग्यास्ट्रोइन्ट्रोलोजीका विषयमा चेतनाका साथै उपचार सेवा फैलाउन ‘नेप्लिज सोसाइटी अफ ग्यास्ट्रोलोजी’का संस्थापक अध्यक्ष भए। यसैगरी, सोसाइटी अफ इन्टरनल मेडिसिन नेपालका अध्यक्ष बने। डायबेटिक एसोसिएसन नेपालको पनि अध्यक्ष भए। उनले वीर र काठमाडौं हस्पिटलको ग्यास्ट्रोइन्ट्रोलोजी विभागका प्रमुख भएर सेवा दिए।

नेवार आचार्य !
१९९५ सालमा पाटनको यिखालख्खु (मंगलबजार नजिकै) मा जन्मेका हुन् डा. आचार्य। उनलाई धेरैले ‘बाहुन आचार्य’ ठान्छन्। कतिपयले प्रश्न गर्दा रहेछन्, ‘पाटनको खाँटी नेवार बस्तीमा त्यो समय कहाँबाट आइपुगेछन् बाहुन ?’ तर, उनी बाहुन आचार्य होइनन्, नेवार आचार्य हुन्। अझ आचार्य होइनन्, गुरुवाचार्य हुन्। अहिले डा. आइएल आचार्यका नामबाट प्रसिद्ध उनको खास नाम त ईश्वरलाल गुरुवाचार्य रहेछ।

पाटन स्कूलमा पढ्दासम्म उनले यही नाम राखेका थिए। तर, एसएलसीका बखत उनका ‘हेडमास्टर’ले नाम घटाइदिए  । भनेछन्, ‘ईश्वर, तिम्रो नाम लामो भयो। म घटाएर राखिदिन्छु।’ उनलाई लाग्यो, सरले छोटो नाम राख्न खोज्नु भएछ। तर, सरले नाम होइन, थर पो घटाइदिएछन्। र, बनाएछन् गुरुवाचार्यलाई आचार्य। प्रवेशपत्र हातमा आएपछि उनी चकित परे। तर, के बोल्नु सरसँग ? त्यसयता उनको औपचारिक थर नै आचार्य भयो र उनका छोराहरु पनि आचार्य नै लेख्छन्।

कम्पाउन्डर बोलाउने झन्झटले डाक्टर
संयुक्त परिवार थियो उनको। धेरै जनाको परिवार भएकाले कोही न कोही सदस्यलाई बिमारले च्यापिरहन्थ्यो। घरका सदस्य बिरामी भएपछि डाक्टर (डाक्टर भनिए पनि कम्पाउन्डर थिए ती) बोलाउन जाने जिम्मा उनकै थियो। कहिलेकाहीँ झारफुकका लागि धामीझाँक्री बोलाउनुपर्थ्यो, त्यसमा पनि उनैलाई कुदाउँथे।

सधैँ कम्पाउन्डर र धामीझाँक्री बोलाउने काम उनलाई झन्झटिलो लाग्थ्यो। कतिपय अवस्थामा त कमाउन्डर वा झाँक्री अर्कै काममा व्यस्त हुँदा घन्टौँ कुर्नु पर्थ्यो। कुर्दाकुर्दै उनी सम्झिन्थे, ‘म आफैँ उपचार गर्ने तरिका सिक्छु।’ डाक्टर बन्ने रहरको यो फिलिङ्गोले उनलाई पढाइमा मेहनत गर्न हौस्यायो। एसएलसी, आइएससी र बीएससीमा राम्रै अंक हासिल गरेकाले कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा छानिन उनलाई धेरै दुःख गर्नुपरेन। भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजमा उनले एमबीबीएस पढे।

Ncell 2
Ncell 2

महेन्द्रले बोलाएपछि नेपाल
एमबीबीएस पास गरिसकेपछि हाउसम्यानसिपका लागि उनी दिल्लीस्थित मौलाना आजाद मेडिकल कलेजमा पुगे। त्यसबेला यो कलेजको नाम अर्कै थियो। हाउसम्यानसिप भनेको प्रयोगात्मक पढाइ थियो, तर अहिलेको इन्टर्नसिप जस्तो होइन। त्यहाँ उनले दुई वर्ष हाउसम्यानसिप गरिसकेका थिए। त्यसताका उनको सिकाइ क्षमताको कदर गर्दै कलेजले गोल्डमेडल दिएको थियो। त्यसैले पोस्टग्य्राजुएट (पीजी) त्यही कलेजमा छात्रवृत्तिमै गर्न पाउने बाटो खुलेको थियो। उनको लक्ष्य थियो, ‘नेपाल फर्किंदा विशेषज्ञ डाक्टर भएर फर्किन्छु।’

यो २०२० सालतिरको कुरा हो। यही समय तत्कालीन राजा महेन्द्र भारत भ्रमणमा पुगे। दिल्लीमा रहँदा उनले नेपाली विद्यार्थी भेटे। त्यसमध्ये डाक्टरी सकेका तीन जना थिए। डा. आचार्यसँगै डा. विश्वराज दली र डा. ताराबहादुर खत्री। तीनैजना डाक्टरलाई आफ्नै छेउमा बस्न लगाएर राजा महेन्द्रले भनेछन्, ‘नेपालमा डाक्टरको अभाव छ। डाक्टरी सकेकाहरुले उतै फर्किनुपर्यो्।’

‘राजाले भनेपछि नाइनास्ती गर्ने कुरै थिएन। पीजी पढ्ने योजना थाँती राखेर म नेपाल फर्किंएँ,’ डा. आचार्यले सुनाएका थिए, ‘मेरो पहिलो जागिर विकास समितिअन्तर्गत टेकु अस्पतालमा भयो। राजाले जुन तरिकाले नेपाल फर्किने प्रस्ताव गरेका थिए, त्यो अनुसारको अवसर भने पाइएन।’ तर, कहिल्यै गुनासो गरेनन् उनले। खटाएको काम र पठाएको ठाउँमा खुसीसाथ गए उनी। त्यो अवधिमा उनले महाकाली किनारको भीर छिचोल्दै बैतडी जिल्लामा पुगेर सेवा दिए। बझाङमा महामारी फैलिँदा त्यहाँ केही महिना बसेर अवस्था साम्य गरेर फर्किए।

आयोडिन र टाइफाइड भ्याक्सिन सर्वेक्षण
तिथि–मिति उनलाई पनि याद रहेन पछिसम्म, त्यो समय उनी टेकु अस्पतालमै काम गरिरहेका थिए। काठमाडौँकै दरबारमार्ग नजिकैको ज्याठामा धेरैजना गलगाँड भएर उपचारका लागि आएको भेटे उनले। उनलाई लाग्यो, ‘त्यही ठाउँमा गलगाँड धेरै हुनुमा त्यहाँको खानपानमा पक्कै आयोडिनको कमी छ।’ पछि एकजना स्विडिससँग मिलेर उनले त्यस क्षेत्रमा अनुसन्धान गरे। त्यहाँका बासिन्दाले पिउने इनारको पानीमा आयोडिनको कमी रहेको अनुसन्धानले निचोड निकाल्यो। धेरै जनामा गलगाँड आउनुको निष्कर्ष निस्कियो।

सन् १९६५ मा विश्व स्वास्थ्य संगठन, युनिसेफ र भारत सरकारले नेपालमा आयोडिनको अवस्थामाथि अध्ययन गर्न डा. आचार्य सम्मिलित अनुसन्धानले सघाएको थियो। उक्त अध्ययनपछि नेपालमा नुनमा आयोडिन मिसाएर सेवन गराउने निष्कर्ष निकालिएको थियो। उनले सम्झे, ‘त्यसपछि सन् १९९३ देखि साल्ट्र ट्रेडिङ कम्पनीले आयोडिन मिसाएर देशभर नुनको आपूर्ति गर्न थालेको हो।’

टाइफाइडविरुद्धको भिआई भ्याक्सिन (जुन अहिले लगाइने गरिएको छ) को नेपालमै ‘इभ्यालुएसन’ भएको थियो। जसमा डा. आचार्य पनि मुख्य इभ्यालुएटरमध्येका एक थिए। काठमाडौँको सतुंगल, नैकाप र बलम्बूमा मूल्यांकन गरिएको थियो। जुन अन्तर्राष्ट्रिय जर्नलमा ‘प्रिभेन्सन अफ टाइफाइड फिभर नेपाल विथ द भिआई पोलिस्याकराइड अफ साल्मानेला टाइप’ शीर्षकमा छापिएको थियो। जहाँ लेखकका रुपमा डा. आचार्य, डा चार्लिज लुई, डा. रीता थापा, डा. जोन रोबिन्सको नाम उल्लेख छ।

इन्डोस्कोपी गर्ने पहिलो नेपाली डाक्टर
पेटसम्बन्धी रोगको उपचारका लागि इन्डोस्कोपी महत्वपूर्ण उपकरण हो। यसको प्रयोग गरी उपचार गर्ने पहिलो नेपाली डाक्टर हुन् आचार्य। फाइब्रो अप्टिक, ब्रोनोस्कोपी, कोलोनोस्कोपी र थेराप्युटिक इन्डोस्कोपी नेपालमा भित्र्याउने श्रेय उनैलाई जान्छ। यसकारण उनलाई पेटरोगका पायनियरको उपमा दिँदा अत्युक्ति हुनेछैन।

भारतबाटै विशेषज्ञ बनेर फर्किने सपनामा राजा महेन्द्रले ब्रेक लगाइदिए पनि उनले लन्डनबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा विशेषज्ञता (एमआरसिपी) हासिल गरे। नेपालमा सेवा दिन थालेको ८ वर्षपछि २०२७ सालमा लन्डन पुगेका थिए उनी। उनले नेपालमा पेटरोगको समस्या बढ्दै गएकाले यससम्बन्धी विशेषज्ञ आवश्यक पर्ने महसुस गरेर उक्त विषय रोजेका थिए। पछि जापानमा ६ महिना उनले पेटरोगसम्बन्धी थप ज्ञान र इन्डोस्कोपी जस्ता आधुनिक उपकरणको प्रयोगबारे तालिम लिए। फर्किंदा केही सेकेन्डह्यान्ड उपकरण लिएर आएका थिए उनी। त्यसैको प्रयोगबाट टेकु अस्पतालमा उनले सेवा दिन थाले।

सरकारले न्युरो सर्जरी र ग्यास्ट्रो इन्ट्रोलोजीका लागि २०३७ सालमा क्याबिनेट निर्णय गरी बजेट छुट्यायो  । उक्त बजेटबाट उपकरण किन्न केही समय लाग्यो। उनले किनाउनका लागि ठूलै संघर्ष गर्नुपर्योस। उनले त्यसबेलाको धपेडी यसरी सुनाएका थिए, ‘उपकरणका लगि पाँच लाख रुपैयाँ छुट्याई माग्न मैले निकै धाएको छु।’

उनले उपकरणका लागि धाउँदै गर्दा टोकियो मेडिकल कलेजका चेस्ट सर्जरीका प्रमुख प्राडा योसी हिरो हायटाले पाटन अस्पताललाई इन्डोस्कोपी दिए। त्यसको प्रयोग नेपाली डाक्टरले नभएर जापानकै चेस्ट फिजिसियन डा. कोन्याकोले गरेका थिए। त्यसको ६ महिनापछि नेपाल सरकारले किनेको इन्डोस्कोपीको प्रयोग भने डा. आचार्यले गरेका थिए। इन्डोस्कोपी आएपछि टेकु अस्पतालमै ग्यास्ट्रो इन्ट्रोलोजी सेवा सुरु गरियो। डा. आचार्यले केही वर्ष त्यहीँ सेवा दिए।

२०४४ सालमा वीर अस्पतालमा ग्यास्ट्रोइन्ट्रोलोजी विभाग खुल्यो र त्यसको प्रमुखका रुपमा डा. आचार्यले जिम्मेवारी सम्हाले। यो जिम्मेवारीमा उनी २०५८ सालसम्म थिए।

उमेरले ८३ पुगेका डा. आचार्य कोभिडले थलिनुअघिसम्म सक्रिय चिकित्सकीय पेशामा थिए। डा आचार्यको कोरोना संक्रमणपछिको जलिटताका कारण आइतबार बिहान २ बजे निधन भयो। 

उनका आँखाले नेपाल स्वास्थ्य क्षेत्रमा भएका परिवर्तन देखे। यसका लागि भएका कतिपय घटनाका साक्षी बसे। तर, जुन रुपमा स्वास्थ्य क्षेत्रले गति लिनुपर्ने हो, त्यसअनुसार गति पकड्न नसकेको उनको बुझाइ थियो। नेपालको स्वास्थ्य क्षेत्रमा भएको विकासबारे उनको सटिक टिप्पणी थियो, ‘नेपालको स्वास्थ्य क्षेत्र हुर्किंदै गयो, तर कुपोषण भए जसरी।’ 
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्