काठमाडौं– हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न २ जनालाई काठमाडौंकाे नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद धिताललाई पक्राउ गरेकाे हाे ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम, नागरिकता, २ थान चारपाङ्ग्रे सवारी, दुई पाङ्ग्रे सवारी १ थान, सवारी दर्ता किताब ३ थान, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड, १ थान कम्प्युटर लगायतका जिन्सि सामग्री पनि प्रहरीले बरामद गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।