काबुल- अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ७४ जना तालिवान आतंककारी मारिएका छन्।
गत २४ घण्टाभित्र गरिएको यस कारबाहीमा परी अन्य २५ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयले बिहीबार एक विज्ञप्तिमा प्रकाशित गरी सो जानकारी दिएको छ।
अफगानिस्तानाको सधैँ अशान्त भइरहने प्रान्तमा गरिएको यस कारबाहीमा ११ जना इस्लामिक स्टेट्स (आइएस) लडाकूसहित ७४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
यस कारबाहीको क्रममा अन्य पाँच आतंककारी पक्राउ परेका पनि सो विज्ञप्तिमा जनाइएको छ ।
अफगान सुरक्षाबलले आइएस लडाकू लुकेर बसेको स्थान ध्वस्त गर्नुको साथै दुईवटा सवारीसाधनसमेत ध्वस्त गरेको बताइएको छ ।
यस कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।