काठमाडाैं- स्पेनिस खेलाडी राफायल नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार राति भएको खेलमा जर्मनीका एलेक्स्जेन्डर ज्वेरभलाई पराजित गर्दै नाडाल उपाधिनजिक पुगेका हुन्।
दोस्रो वरीयताका नाडालले छैटौं वरीयताका एलेक्स्जेन्डरलाई ६-३ र ६-४ ले पराजित गरे।
बिहीबार भएकाे खेलमा नाडालले १३ औं वरीयताका क्यानेडली खेलाडी डेनिस सापोभालोभलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेका थिए।
नाडालले उनलाई ३-६, ६-४ र ७-६ (७-३) ले पराजित गरेका थिए।
अब नाडालले सेमिफाइनलमा अमेरिकाका रेइली ओपेल्कासँग खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।