काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ, भ्रष्टाचार छानबिन गर्न र संलग्नहरुलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको दाबी ।
२) पछिल्लो २४ घण्टामा २०३ जना कोरोना संक्रमितको मृत्यु, ८ हजार ५२० जनामा संक्रमण पुष्टि, डाक्टरको सिफारिस भए मात्र घरमा अक्सिजन राख्न स्वास्थ्य मन्त्रालयको आग्रह ।
३) सबै प्रदेशको वार्षिक कुल गार्हस्थ उत्पादन वृद्धिदर बढ्ने तथ्यांक विभागको अनुमान, कोभिड प्रभावमा उपभोक्ताको मूल्यमा ४ दशमलव ०१ प्रतिशत हुनुलाई सन्तोषजनक नै मान्न सकिने तर्क ।
४) भारतले एक्कासी खोप निर्यात रोक्दाको असर नेपालदेखि अफ्रिकासम्म असर, ९० देशमा करिब छ करोड ६० लाख डोज भ्याक्सिजन उपलब्ध गराएको भारतको दाबी ।
५) र, टी–ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने अन्तराष्ट्रिय क्रिकेट परिषद्को तयारी, १६ बाट सन् २०२४ मा आयोजना हुने विश्वकपमा २० टिम बनाउने योजना ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।