• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बालबालिकालाई पुस्तकमा आकर्षित गराउन अभिभावकले के गर्ने?

64x64
पुष्पा थपलिया शुक्रबार, वैशाख ३१, २०७८  ०७:०३
1140x725
पुस्तक पढ्दै आजपा लोहनी।

काठमाडौं- आज म तपाईंहरूलाई रस्किन बण्डले लेखेको स्टोरी ‘द फोटोग्राफ’ भन्‍न जाँदै छु।

एकादेशमा करिब ११-१२ वर्षको एउटा केटा हुन्छ। उसले एउटा पुरानो एल्बम हेरिरहेको हुन्छ। एल्बममा आफ्नै उमेरकी केटीको फोटो देख्छ। उसलाई त्यो केटी को होला भनेर निकै खुलदुली हुन्छ। अनि हजुरआमालाई फोटोमा भएको केटी को हो भनेर सोध्छ।

हजुरआमाले सुरूमा त थाहा नभएको बताउँछिन्। धेरै कर गरेपछि नाम त भन्दिनन् तर ‘यो केटी म तिमीजत्तिकै उमेरको हुँदाको मेरो साथी हो’ भन्छिन्।

केटाले ती केटीको बारेमा थप कुरा बताउन हजुरआमासँग आग्रह गर्छन्। केटाले कर गरेपछि केही कुरा बताउन हजुरआमा तयार हुन्छिन्। हजुरआमाले ती केटी मड्डी पुलमा लुगा नै नलगाइ स्वीमिङ गर्ने, भैँसीमाथि चढ्ने गर्थी भन्‍ने सुनाउँछिन्।

जति नाम भन्‍न कर गर्दा पनि हजुरआमाले त्यो केटीको नाम भन्दिनन्। तर, केटालाई थाहा भइसकेको हुन्छ त्यो फोटोको केटी को हो भनेर। किनभने, हजुरआमाको स्माइल र त्यो केटीको स्माइल उस्तै थियो।

फेसबुक लाइभमा आजपा लोहनीले सुनाएको कथा हो यो। उनी आफूले पढेका किताब र त्यसमा रहेका कथा बाबु राम लोहनीको सहायताले फेसबुकमा सुनाइरहन्छिन्।

आजपाको कथा भन्‍ने शैली निकै आकर्षक छ। त्यसैले लाइभमा उनका कथा सुन्‍नेहरू थुप्रै हुन्छन्। कहिले नेपाली भाषाका किताब त कहिले अंग्रेजी भाषाका किताबमा उनी रमाइरहेकी हुन्छिन्।

०००

Ncell 2
Ncell 2
nimb
nimb

आजपा अन्य बच्चाभन्दा फरक छिन्। बालबालिका भिडियो गेम र कार्टुनमा रमाइरहेका बेला उनी भने किताबका बालकथामा घोरिइरहेकी हुन्छिन्। आजपासँगै उनकी दिदी अपरालाई पनि किताब पढ्न निकै मनपर्छ। उनी आख्यानसँगै गैरआख्यान विधाका किताब पनि पढ्छिन् र फेसबुक लाइभमा सुनाउँछिन्।

यी दिदीबहिनीको किताबसँगको प्रेम र लगाव देखेर फेसबुक लाइभमा आउनेहरू सबैले सकारात्मक प्रतिक्रिया दिने गरेका छन्। यी दुईले देश खाने अनुमान पनि प्रतिक्रियामा देख्न सकिन्छ। कतिपयले भने आफ्ना बच्चा पनि त्यस्तै किताब पढ्नेखालका बनाउन पाए हुन्थ्यो भन्‍ने विचार राखेको देख्न सकिन्छ।

फेसबुकको लाइभमा प्रतिक्रिया दिने मात्रै हैन, धेरै अभिभावकलाई यही चिन्ता छ- मेरो बच्चाले त फिटिक्कै किताब हेर्दैन। जतिखेरै मोबाइल मात्रै खोजिरहन्छ।

कोभिड-१९ महामारीले गर्दा स्कूलको पढाइसमेत ‘भर्चुअल’ हुने भएकोले बालबालिकामा मोबाइल/ल्यापटपको पहुँच बढेको छ। जसबाट अभिभावकहरूमा भने चिन्ता थपिएको पाइन्छ। 

Xtrem

Xtrem

यस्तै अभिभावकमध्येमा पर्छिन् काठमाडौं कुलेश्वरकी मनिता सिटौला। सात वर्षीय छोरा सुमितको मोबाइल मोहले उनी हैरान भइसकेकी छिन्। ‘छोरालाई मोबाइल धेरै चलाउन हुँदैन भन्यो भने मिसभन्दा तपाईं जान्‍ने हो र? भनेर उल्टै प्रश्न गर्छ,’ उनले भनिन्, ‘हरेक कुरा नगर भन्दा मिस जान्‍ने कि तपाईं? मिसले मोबाइल हेर भनेको छ, मिसले ल्यापटप हेर भनेको छ भनेर जवाफ फर्काउँछ। दिक्क लागिसक्यो।’ 

अनलाइन कक्षाले गर्दा छोरा किताब छुनै नमान्‍ने बनेको उनको भनाइ छ।

मनिताले जस्तो समस्या सुनाउने अभिभावक अहिले धेरै भेटिन्छ। अधिकांश अभिभावकको गुनासो छोरा/छोरी मोबाइलले बिगार्‍यो, किताब पढ्नै चाहँदैनन् भन्‍ने हुन्छ। यो समस्या अहिले यथार्थमै बढिरहेको पाइन्छ।

त्यसो भए कसरी बच्चालाई किताब पढ्ने बनाउने त?

‘मैले मेरा दुई छोरीलाई कथा भनेरै हुर्काएँ। आफैं कल्पना गरेर धेरै दिनसम्म नसकिने कथा बालबालिकालाई भनिदिँदा उनीहरूलाई कथाको लत लाग्छ,’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका आजपाका बाबु राम भन्छन्, ‘यसो गर्नाले उनीहरूको कल्पनाशीलता बढ्छ।’

छोरीहरुको साथमा प्राध्यापक राम लोहनी।

अहिले मोबाइलको लत बसेजस्तै लोहनीका छोरीहरूलाई कथा सुन्‍ने लत बस्यो। उनीहरू खाना खाने बेलामा कथा नसुनी नखाने, सुत्ने बेलामा पनि कथा नसुनी ननिदाउने स्वभावका भए।

कथा सुन्‍ने बानी परिसकेपछि लोहनीले छोरीहरूलाई ‘अब सुनाउन समय मिलेन आफैं पढ’ भनेर किताब ल्याइदिन थाले। उनीहरूले कथाको भोक मेटाउनकै लागि पढ्न थाले। त्यसपछि क्रमशः उनीहरू किताबमोहमा डुब्दै गए। अहिले आजपा नैतिक शिक्षा भएका कथाका किताबमा रमाउँछिन् भने अपरालाई एड्भेन्चर र फेन्टासी भएका उपन्यास पढ्न मनपर्छ।

उनै प्राध्यापक लोहनीले बालबालिकालाई किताबमा लगाव लगाउने केही उपाय सुझाएका छन्।

अभिभावक आफैं पढ्ने गर्नुहोस्
अधिकांश अभिभावक आफू मोबाइल र टिभीमा रमाउने अनि बालबालिकालाई मात्रै पढ् भन्‍ने गर्छन्। यसो गर्दा उनीहरू आफूलाई पढाइमा ‘इम्पोज’ गरेको ठान्छन्। त्यसैले बालबालिकासँगै मिलेर अभिभावकले पनि पढ्नुपर्छ। उनीहरूसँगै पढ्ने अनि बच्चाले त्यसलाई कसरी बुझिरहेको छ छलफल गर्ने।

बच्चाको कुरा सुन्‍ने धैर्यता अभिभावकमा हुन एकदमै जरुरी छ। अभिभावक आफैं पढेको देखेर नै पढ्न जरुरी रहेछ भन्‍ने कुरा बालबालिकाले सिक्छन्।

किताब किन्‍न कञ्जुस्याईं नगर्नुहोस्
अधिकांश अभिभावक बालबालिकाको किताब किन्‍न कञ्जुस्याईं गर्छन्। किताबको कुरा छाडौं कपडासमेत उनीहरूलाई ठूलो हुने किनिदिन्छन्। नयाँ कपडा ठीक हुँदैन, ठीक हुँदा पुरानो भइसकेको हुन्छ। यस्ता सानातिना कुराले पनि बालबालिकामा प्रभाव पार्छ।

बालबालिकाको किताब महँगो हुन्छ। ठूला अक्षर, रंगरोगन त्यस्तै र चित्र पनि आकर्षक बनाउनुपर्ने भएकाले किताब महँगो पर्न जान्छ। एक घण्टामा सकिने किताबलाई धेरै पैसा तिर्न मन मान्दैन। तर, बच्चाको भविष्यका लागि उनीहरूले पढ्ने किताब किनिदिन जरुरी छ।

थाहा नभएका कुरा थाहा छैन भन्‍नुहोस्
बालबालिकाको अगाडि थाहा छैन भन्‍न अभिभावकले सक्दैनन्। उनीहरूलाई आफैंले जन्माएको बच्चा बाठो भएको पनि मन पर्दैन र उनीहरूको अगाडि कमजोर बन्‍न मन पनि लाग्दैन।

आजभोलिका बालबालिका तीक्ष्ण दिमागका हुन्छन्। हामीले कहिल्यै नसोचेका कुराहरूमा पनि प्रश्न गरिदिन्छन्। यस्तो समयमा उनीहरूको कुरा ‘इग्नोर’ गर्ने हैन। उनीहरूलाई ‘मलाई थाहा भएन, तिमी थाहा पाएर भन है’ भन्‍नुपर्छ। हामीले बालबालिकालाई पढाउने हैन, उनीहरूबाट सिक्ने मानसिकता बनाएका बालबालिका उत्प्रेरित हुन्छन्। नयाँ कुरा खोज्न थाल्छन्, जसका लागि पढ्ने बानी बस्छ।

बालबालिकाको कुरा सुन्‍नुहोस्
हामी अभिभावकले गर्ने सबैभन्दा ठूलो गल्ती भनेको आफ्ना बच्चाको कुरा नसुन्‍नु पनि हो। उनीहरू कुरा सुनोस् भन्‍ने चाहन्छन्।उनीहरूसँग प्रश्न नै प्रश्न हुन्छ। उनीहरू हरेक कुरा सोध्न चाहन्छन्। यस्तो समयमा अभिभावक आफैं मोबाइलमा व्यस्त हुने, टेलिभिजनमा डुबेर बस्ने गर्दा उनीहरू निराश बन्छन्। उनीहरू छिट्टै ठूलो मानिस हुन चाहन्छन्। ठूला मानिस नै मोबाइल र टीभीमा डुब्दा बालबालिकाले पनि त्यसैको सिको गर्छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्