काठमाडाैं- काेराेना संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उनकाे साँझ ६ बजे निधन भएको संघका पूर्वसदस्य थिरमणी पौडेलले पुष्टि गरे।
एक साताअघि काेराेना संक्रमण पुष्टि भएपछि उनलाई पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएकाे थियो।
त्यहाँबाट केही दिन अगाडि मात्रै उनलाई केएमसी अस्पताल रिफर गरिएकाे थियो। स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
अध्यक्ष गैरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।