काठमाडाैं- बलिउड अभिनेता सलमान खानको सन् २००९ मा बनेको फिल्म वान्टेट नै अहिले 'राधे : योर द मोस्टवान्टेड भाइ' बनेर आएको आराेप लागेकाे छ।
भारतीय सञ्चार माध्यमहरुले पुरानै कथाबस्तुलाई नयाँ तरिकाले प्रर्दशन गरेको आरोप लगाएका हुन्।
सलमान यस फिल्ममा इन्काउर स्पेशलिस्टको भूमिकामा छन्। वान्टेडमा पनि सलमान यस्तै भूमिकामा थिए, वान्टेडकै केही डाइलग यस फिल्ममा पनि सलमानले दोहोर्याएका छन्। त्यतिबेला सलमानको पात्रको नाम पनि राधे नै थियो।
सञ्चारमाध्यमहरुले नयाँ बोतलमा पुरानै रक्सी राखेर सलमानले बेचेको टिप्पणी समेत गरेका छन्। आजतकले लेखेको छ,'पुरानो कन्टेन्टलाई फिल्मका निर्देशक प्रभु देवाले दक्षिण भारतीय फिल्मको तड्का लगाएर पेश गरेका छन्।'
फिल्म इदको मौका पारेर बिहिबारदेखि ओटीटी प्ल्याटफर्ममा प्रर्दशनमा आएको छ। फिल्ममा सलमानले पहिलोपल्ट किस सिन पनि दिएका छन्। मुखमा टेप लगाएर नायिका दिशा पटानीसँग गरेको किस सिनले सञ्चारमाध्यममा राम्रो ठाउँ पाएको थियो।
दिशालाई याे फिल्ममा निकै ग्लामरस र स्टाइलिस लुकमा देख्न सकिन्छ भने सलमान पनि ड्यासिङ लुकमा छन्। एक्सन थ्रिलर राधेलाई प्रभु देवाले निर्देशन गरेका हुन्। यस फिल्ममा रणदीपक हुडडा र ज्याकी श्राफको पनि अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।