वीरगन्ज– ८२ लाख ५० हजार रुपैयाँ सहित पर्साबाट ४ जना हुन्डी कारोबारी पक्राउ परेका छन्।
अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको टोलीले उक्त रकम सहित ४ जनालाई बुधबार दिउँसो पर्साबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पूर्वी चम्पारण, थाना रक्सौल, वडा नम्बर १८ स्थायी ठेगाना भइ वीरगञ्ज ३ पानी टंकीमा डेरा गरी बस्ने वर्ष २७ को विकास कुमार, भारतकै रक्सौल घर भइ बारा महागढीमाइ–४ बस्ने १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतिहारी जिल्लाअन्तर्गत पूर्वी चम्पारण थाना रक्सौल घर भएका २२ वर्षीय गुड्डु कुमार, भारत मोतिहारीकै १८ वर्षका साहिल गुप्ता छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको कलामुद्दिन पक्राउ परेका थिए। उनको साथमा रहेको झोला खोली हेर्दा २५ लाख फेला परेको थियो।
यस्तै, विकास कुमारको डेराबाट २ वटा कालो ब्याग र २ वटा हेल्मेटभित्र लुकाएर राखिएको अवस्थामा ५७ लाख ५० हजार फेला परेको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले बताए।
उक्त रकमसहित ना ८ प ४८९७ नम्बरको डिस्कभर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।