• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डाक्टर बन्न किर्ते कागजात : जीपीए पुर्‍याउन यसरी अंक बढाएर सर्टिफिकेट किर्ते गरियो

64x64
नारायण अधिकारी बुधबार, वैशाख २९, २०७८  १९:५४
1140x725

काठमाडौं– चिकित्सा शिक्षा अध्ययनका लागि कागजात किर्ते गरेको आरोप लागेका ७ डाक्टर र दुई कन्सल्टेन्सी सञ्चालकको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतमा पुगेको छ। 

नेपाल मेडिकल काउन्सिल (एनएमसी) इलिजिबिटी कमिटीका तत्कालीन अध्यक्ष डा अनिल कुमार झाको पालामा एमबीबीएस अध्ययन गर्न बंगलादेश, चीन गएकामध्ये ७ जना विद्यार्थीका शैक्षिक प्रमाणपत्र किर्ते भएको भन्दै त्यसको छानबिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको थियो। 

पक्राउ परेका ७ जना डाक्टरहरुले एमबीबीएस अध्ययन गर्ने बेलामा लिनुपर्ने इलिजिबिटीका लागि एनएमसीमा पेश गरिएका डकुमेन्ट नै नक्कली भएको निष्कर्ष सीआईबीले निकालेको छ। एनएमसीमा पेश गरिएको मार्कशिट भेरिफाइका लागि सीआईबीले राष्ट्रिय परीक्षा बोर्डमा पठाएकोमा 'नट भेरिफाइड' भनेर आएको छ। 

तर, प्रहरीले पक्राउ गरेपछि उनीहरुको साथबाट बरामद गरेका सर्टिफिकेट भने सक्कल नै रहेको भनेर परीक्षा बोर्डले प्रमाणित गरेको छ। जसकारण उनीहरुले एनएमसीमा पेश गरेको सर्टिफिकेट नक्कली रहेको पुष्टि भएको हो। 

बंगलादेश, चीनमा एमबीबीएस अध्ययन गर्न जाँदा सरकारी कलेजमा अध्ययन गर्न ८ जीपीए र निजी कलेजमा अध्ययन गर्न ७ जीपीए चाहिन्छ। त्यसका लागि पनि निश्चित विषयमा न्यूनतम अंक ल्याउनुपर्ने भनेर तोकिएको हुन्छ। अध्ययन गर्नका लागि जीपीए पुर्‍याउन र निश्चित विषयमा चाहिने न्यूनतम अंकका लागि अंकभार समेत थपघट गरिएको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी गंगा पन्तले बताइन्।

कसको कति अंक थपघट ?
सप्तरी, मकरपूरा–९ घर भएका ३१ वर्षीय अखिलेश कुमार देवको एसएलसीको ऐच्छिक गणितको १ अंक घटाएर स्वास्थ्य, जनसंख्या तथा वातावरणमा १ अंक बढाइएको पुष्टि भएको छ। कक्षा ११ को बायोलोजीमा स्टार रिमार्कस भएकोमा कक्षा १२ मा १४ अंक बढाइएको छ। त्यसैगरी फिजिक्समा १४ अंक र केमेस्ट्रिमा २ अंक बढाएको पुष्टि भएको छ। ग्याप नदेखाउन पास भएको वर्षसमेत सच्चाएको पाइएको छ।  उनले चीनको हुबेई युनिर्भसिटी फर नेसनालिटीमा एमबीबीएस अध्ययन गरेका थिए। उनले सन् २०२० मा एमबीबीएस सकेका हुन्। 

जनकपुरबाट पक्राउ परेका सुभाषप्रसाद साहको एनएमसीमा पेश भएको सर्टिफिकेटको विवरणसँग राष्ट्रिय परीक्षा बोर्डको विवरण मेल खाँदैन। एसएलसीको मार्कसिटको विवरणमा उनले परीक्षा वर्ष नै फरक पारेका छन्। जम्मा प्राप्ताङ्क नबढाए पनि कुनै विषयको नम्बर यताको उता, उताको यता पारिएको छ। गणितको ४ अंक घटाइएको छ। विज्ञानमा ५ अंक बढाइएको छ। सामाजिक शिक्षाको ८ अंक घटाएर ३ अंक स्वास्थ्य जनसंख्या तथा वातावरणमा थप गरिएको छ। ५ अंक भने ऐच्छिक गणितमा थप गरिएको छ। हेल्थ एण्ड साइक्लोजीमा ३ अंक बढाइएको छ। उनले सन् २०१७ मा बंगलादेशको ट्रष्ट मेडिकल कलेज चटगाउँ विश्वविद्यालयबाट एमबीबीएस उत्तिर्ण गरेका थिए। साहले एनएमसीबाट अस्थायी चिकित्सा सेवा गर्न पाउने अनुमति लिएका छन्।

रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डा दीपेन्द्र गौतमको एसएलसीको परीक्षा वर्ष फरक छ। कक्षा ११ को केमेस्ट्रिमा ५ अंक बढाएर बायोलोजीको ५ अंक घटाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले ढाका नेशनल मेडिकल कलेजबाट एमबीबीएस उत्तिर्ण गरेका हुन्। उनले एसएलसीमा ६३.५ प्रतिशत र प्लस टु मा ६६.८ प्रतिशत अंक ल्याएका थिए।

फराज हुसेन खाँको एनएमसीमा पेश भएको एसएलसीको मार्कसिटको सिरियल नम्बर र परीक्षा वर्ष फरक पारिएको छ। कक्षा ११ मा फिजिक्समा १० अंक बढाएर बायोलोजीको १० अंक घटाइएको पाइएको छ। कक्षा १२ मा भने नेपालीको २ अंक र फिजिक्सको १ अंक घटाएर बायोलोजीमा १ अंक र केमेस्ट्रिमा २ अंक थप गरिएको पुष्टि भएको छ।

उनले बंगलादेशको इब्राहिम मेडिकल कजेलबाट एमबीबीएस उत्तिर्ण गरेका थिए। सन् २०१९ मा एमबीबीएस सकेर उनी नेपाल आएका थिए।

धनुषा, सवैला नगरपालिका–५ घर भइ दीर्घायु गुरु अस्पताल चाबहिलमा कार्यरत २८ वर्षाीय मोहम्मद शाहिद राजाले एसएलसीमा सामाजिक विषयको २ अंक घटाएर ऐच्छिक गणितमा २ अंक थप गरेका छन्। उनले बंगलादेशको नर्थ इष्ट मेडिकल कलेजबाट एमबीबीएस उत्तिर्ण गरेका थिए। 

महोत्तरी, मनरा–५ घर भई भक्तपुर बस्ने २७ वर्षीया पल्लवी सिंहको पनि एसएलसीको मार्कसिटमा अंक थपघट गरिएको छ। नेपालीको अंक घटाएर अंग्रेजीमा २ अंक थप गरिएको छ। उता गणितमा ७ अंक थप गरेर सामाजिकको ५ अंक घटाइएको छ। उनी ललितपुरकै किष्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत छिन्।

सप्तरी, विष्णुपुर–२ घर भइ न्यूरो अस्पताल विराटनगरमा कार्यरत २८ वर्षीय मोहमद सिद्दिकीको पनि एनएमसीमा पेश भएको सर्टिफिकेट किर्ते भएको पुष्टि भएको छ। एसएलसीको अंग्रेजी विषयमा उनले २ अंक थप गरेका छन्। विज्ञानमा ७ अंक घटाइएको छ भने स्वास्थ्यमा ४ अंक थप गरिएको छ। सामाजिकमा ६ अंक घटाइएको छ। हेल्थ एण्ड साइक्लोजीमा ७ अंक थप गरिएको छ।

एनएमसीको इलिजिबिटी सर्टिफिकेटबिनै कन्सल्टेन्सीले बंगलादेश पठाएपछि फिर्ता
आरोपित सबै विद्यार्थीले आफूलाई लागेको आरोपबारे इन्कारी बयान दिएका छन्। किर्ते सर्टिफिकेट बनाइएकोबारे केही पनि जानकारी नभएको उनीहरुको दाबी छ। यसरी बयान दिनेमध्ये आरोपित विद्यार्थी अखिलेश कुमार देव पनि हुन्। उनले  ज्योति दिप कन्सल्टेन्सीका सञ्चालक अरुणकुमार चौधरीले इलिजिबिटी सर्टिफिकेटबिनै आफूलाई बंगलादेश पठाएको र पछि फर्केर आउनु परेको बताएका छन्।

अखिलेश कुमार देवले प्रहरीसमक्ष  दिएको बयान–
एमबीबीएस पढ्ने उद्देश्यले कन्सल्टेन्सी बुझ्ने क्रममा अरुणकुमार चौधरीले सञ्चालन गरेको ज्योति दीप कन्सल्टेन्सीमा पुगेको थिएँ। त्यसपछि अरुणले सहजै बंगलादेश अध्ययन गर्न पठाइदिने आश्वासन दिए। मेरा सबै ओरिजिनल डकुमेन्ट, फोटा र प्रोसेसिङ चार्ज भनेर १ लाख समेत दिएँ। 

अरुणले सबै प्रक्रियाहरु पूरा गरी सम्पूर्ण कागजातहरु आफ्नो साथमा राखी मलाई प्लेन टिकट मात्र दिएका थिए। यकिन मिति याद छैन, दिउँसोको २/३ बजेको फ्लाईटमा म लगायतका ५/७ जना बिद्यार्थीहरु अरुणसँगै बंगलादेशको ढाकामा गएका हौं। बंगलादेशमा पुगेपछि साथीहरुले डकुमेन्ट साथमा छ भनि मसँग सोधेकोले मेरो सबै डकुमेन्टहरु अरुण कुमार चौधरीसँग छ, मैले बोकेको छैन भने। 

साथीहरुले नेपाल मेडिकल काउन्सिलको इलिजिबिटी सर्टिफिकेट भएमात्रै बंगलादेशमा अध्ययन गर्न पाइन्छ, नत्र पाइँदैन भने। त्यसपछि अरुणसँग सम्पर्क गर्दा उक्त लेटर ल्याउन केही दिन लाग्छ भनेपछि म बंगलादेशबाट फर्कि नेपाल आएँ। त्यसपछि म बंगलादेश नजाने बताएपछि अरुणले १ लाख प्रोसेसिङ चार्ज र बंगलादेश जाँदा लागेको खर्च काटेका थिए। त्यसपछि सन् २०१३ मा  पुतलीसडकमा रहेको डाक्टर मिसन कन्सल्टेन्सीमार्फत सबै प्रोसेसिङ गरी चाइना गएर एमबीबीएस अध्ययन गरेको हो। मेरो सर्टिफिकेट सच्याएको बारेमा मलाई केही पनि थाहा छैन।

विद्यार्थीहरुले शैक्षिक प्रमाणपत्र नक्कली बनाउने काम आफूहरुलाई अध्ययनका लागि विदेश पठाउने बागबजारस्थित दीपज्योति इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक अरुण कुमार चौधरी, बागबजारमै रहेको ग्लोबल एजुकेशन कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानले गरेको हुनुपर्ने दाबी गरेका छन्। कन्सल्टेन्सी सञ्चालकले भने आफूहरुको काम प्रोसेसिङ मात्रै भएकाले किर्तेको बारेमा केही जानकारी नभएको दाबी गरेका छन्। यद्यपि सीआईबीले किर्ते काम कन्सल्टेन्सीले गरेको र त्यसमा विद्यार्थीले थाहा पाएर पनि चुप लागेर बसेको निष्कर्ष निकालेको छ।

यो पनि पढ्नुहोस्

डाक्टर बन्न किर्ते कागजात : कन्सल्टेन्सीले ‘नक्कली कागजपत्र’ बनाएको सिआइबीको निष्कर्षमंगलबार, वैशाख २८, २०७८

 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७२३ अर्ब ३२ करोड आवश्यक पर्ने आंकलन गरिएको छ । यो कुल क्... शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आ... शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार नेपाली सेनाका अनुसार भदौ २६ गते १७ः३० बजेसम्म हवाई माध्यमबाट उद्धार गरिएका ३० सहित हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ। उद्धार... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्