काठमाडौं– काठमाडौंबाट झन्डै ११ लाख रुपैयाँ नगदसहित २५ जना जुवाडेहरु पक्राउ परेका छन्।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका बेला होटेलमा बसेर जुवाता खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट १० लाख ९७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–१६ बहती पोखरीस्थित पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलबाट २५ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम, भारतको ओडिसा घर भइ काठमाडौंको लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान, काठमाडौं–१६ बस्ने ३७ वर्षीया रञ्जना ढकाल, काभ्रेको बनेपा घर भइ काठमाडौंको नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने, महोत्तरीको लोरपटि–२ घर भइ काठमाडौं बस्ने ३८ वर्षीय मनोज कुमार मण्डल छन्।
यस्तै, बझाङको दुर्गाथली गाउँपालिका– ७ घर भइ काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय उमेश विक, काभ्रेको पाँचखाल–३ घर भइ काठमाडौंको सितापाइला बस्ने ४५ वर्षीय ४५ वर्षीय विजय कार्की, चितवनको भरतपुर–११ घर भइ काठमाडौं–७ बस्ने ४७ वर्षीय जगत बहादुर गुरुङ, मोरङको कानेपोखरी गाउँपालिका–२ भर भइ काठमाडौं–२६ बस्ने ४० वर्षीय नविन्द्र कुमार गुरुङ पनि जुवा खालबाट पक्राउ परेका छन्।
जुवा खालबाट पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोक घर काठमाडौं–४ बस्ने ५ वर्षीय ज्योतिप्रकाश श्रेष्ठ, मकवानपुरको टिष्टुङ घर भइ काठमाडौंको चन्द्रगिरी बस्ने ३७ वर्षीय बिर्खबहादुर थिङ, धादिङको रोराङ गाउँपालिका–२ घर भइ काठमाडौं–२९ बस्ने ३५ वर्षीय पदम बहादुर तामाङ, ललितपरको लगनखेल बस्ने ४२ वर्षीय शंखर माली, भक्तपुरको चाँगुनारायण बस्ने ४० वर्षीय रामेश्वर गौतम, मकवानपुरको हेटौंडा घर भइ काठमाडौंको म्हेपी बस्ने २६ वर्षीय रामकृष्ण वाइवा छन्।
यस्तै, दोखलाको जिरि–७ घर भइ काठमाडौं–१६ बस्ने २८ वर्षीय छिरिङ शेर्पा, काभ्रेको रोशी गाउँपालिका–१ ३र भइ काठमाडौं–६ बस्ने ३३ वर्षीय मिनसाङ लामा, ललितपुर महानगरपालिका–४ बस्ने ३० वर्षीय अनिल सेढाइँ, काठमाडौंको तार्केश्वर–११ बस्ने ५५ वर्षीय राम अधिकारी, मुगु घर काठमाडौं–४ बस्ने ३७ वर्षीय तेन्जिङ लामा, काठमाडौं–१६ बस्ने ३८ वर्षीय ग्यालछेल लामा, नवलपरासीको बर्दघाट–१२ घर भइ काठमाडौं–२६ बस्ने ३५ वर्षीय छिरिङ लामा, ललितपुरको लुभु बस्ने ३८ वर्षीया ज्योति थापा र सल्यानको कालिमाटी गाउँपालिका–३ भर भइ काठमाडौंको नागार्जुन–३ बस्ने ४० वर्षीय बलबहादुर राउत पनि जुवा खालबाट पक्राउ परेका छन्।
प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो ४ः३० बजेको समयमा होटेलमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेकाहरुको साथबाट ३० बुक तास, तास खेल्न प्रयोग गरिएको ५० वटा क्वाइन समेत बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।