• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘स्टन्ट वुमन’ गीताको मर्मस्पर्शी जीवनकथा

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ३०, २०७८  ०६:४४
1140x725

काठमाडौं- गीता टन्डन, जसले बलिउडका धेरै फिल्ममा काम गरिसकेकी छन्। उनले काम गरेका प्रायः फिल्म हिट भएका छन्। यद्यपि, उनको नाम भने कमै सुनिन्छ। पर्दामा काम गरे पनि उनको नाम सधैं पर्दा पछाडिमात्रै गुञ्‍जन्छ।

गीता बलिउडकी ‘स्टन्ट वुमन’ हुन्। उनले दीपिका पादुकोण, प्रियंका चोपडा, करिना कपुर, आलिया भट्टलगायतका भूमिकामा स्टन्ट गरिसकेकी छन्।

उनै गीताको जिन्दगी पनि फिल्मी कथाभन्दा कम छैन। उनको जीवनकथामा एउटा छोटो डकुमेन्ट्री फिल्मसमेत सार्वजनिक भएको छ।

परिवारबाटै पीडित
पञ्‍जावी परिवारकी गीताको जन्म मुम्बईमा भएको थियो। गरिब परिवारकी उनले १० वर्ष नपुग्दै आमालाई गुमाइन्। चार जना साना छोराछोरीको हेरचाह गर्नुपर्ने जिम्मा बाबुको काँधमा आइपुग्यो, जसबाट गीताका बाबु आत्तिन पुगे।

गीता १५ वर्ष नपुग्दै उनको विवाहको चर्चा चल्न थाल्यो। छोरी हुर्किइसकेकी, छिट्टै बिहे नगरिदिए जे पनि हुनसक्ने, नाक काटिनेजस्ता कुरा उनका बाबुलाई लाग्न थाल्यो। यसमा अरूले पनि साथ दिए।

बाबुले गीताको बिहे गरिदिने तयारी गरे। गीतालाई पनि ठीकै लाग्यो। सोचिन्- आफैं पकाउने, आफैं खाने, आफ्नै घर, आफ्नै परिवार..। बाबुको घरमा दुःख सहेर बसेकी गीतालाई जीवनमा सुखले चियाएको अनुभूति भयो। अन्ततः गीताको विवाह भयो।

विवाहअघि जुन कल्पना गरेकी थिइन् पछि त्यो पाइनन्। श्रीमान् जतिखेर पनि रक्सी खान्थे। १५ वर्षकी गीतालाई यौनका बारेमा केही थाहा थिएन। रात परेपछि उनी डरले काप्न थाल्थिन्। 

एक अन्तवार्तामा उनले भनेकी छन्, ‘सासुससुराले छक्का होस् कि के हो? एउटी महिलालाई नि तह लगाउन सक्दैनस्, लुगा च्यातिदे भनेर उक्साउँथे, र उनी (श्रीमान्) त्यसै गर्थे।’

nimb
nimb
Ncell 2
Ncell 2

उनी हरेक रात श्रीमानबाट ‘बलात्कृत’ भइन्। यही क्रममा दुई सन्तान जन्माइन्। बच्चा जन्मिएपछि त श्रीमानको व्यवहार सुधार होला भन्‍ने गीताको आशा थियो, तर झनै निराशामा बदलियो। श्रीमान् र घरपरिवारका सदस्य झनै उग्र बने।

एक दिन श्रीमानले तरवार लिएर मार्न खोजे। उनी दुई बच्चा लिएर जसोतसो घरबाट भाग्न सफल भइन्, र बहिनी ज्वाइँको घरमा पुगिन्।

त्यहाँ पनि धेरै दिन बस्ने अवस्था भएन। ज्वाइँको व्यवहार त राम्रो थियो तर उनका परिवारका सदस्यले बहिनीलाई अप्ठ्यारोमा पार्न थाले। गीता साना छोराछोरी लिएर गुरूद्वारको शरणमा पुगिन्। 

त्यहाँ पनि भिख मागेर बस्न मन लागेन। उनले अवोध छोराछोरीलाई हेरिन्, र उनीहरूलाई राम्रो जीवन दिने निधो गरिन्। 

घर मालिकको अफर
गीतासँग न पढाइ थियो, कुनै सीप नै। उनले सस्तो डेरा खोजिन्। कामको खोजीमा लागिन्। त्यहीबेला कोठा बसेकै घरका मालिकले अफर गरे- मेरी श्रीमती बिरामी छे, त्यसैले तिमीलाई केही अभाव हुन दिन्‍न।

गीता नर्कबाट निस्केर आएकी थिइन्। घरमालिकको यस्तो अफरले उनको दिमागमा फेरि चक्कर लगाइदियो। ‘तिम्रो रखेल बन्‍नेजस्तो देखिन्छु?’ भन्दै उनले घर मलिकलाई गाली गरिन्। र, दुई दिनमै डेरा छाडेर हिँडिन्।

अर्को ठाउँमा सस्तो डेरा लिइन्। कामको खोजीमा हिँडिरहेका बेला एउटा घरमा ‘काम गर्ने मानिसको आवश्यकता’ भनेर लेखेको बोर्ड देखिन्। त्यहाँ उनले रोटी पकाउने काम पाइन्। बिहान डेढ सय, बेलुकी डेढ सयका दरले दिनको तीन सय रोटी पकाउनुपर्थ्यो। त्यसबापत महिनाको १२ सय रूपैयाँ कमाउँथिन्। 

यसले खानाका लागि त समस्या परेन, तर छोराछोरीलाई राम्रो शिक्षा पनि दिनु थियो। 

अनि बनिन् ‘स्टन्ट वुमन’
एक दिन मसाज पार्लरमा काम गर्नेहरूसँग उनको भेट भयो। उनीहरूसँगै पार्लरमा काम गर्न गइन्।

तर, नाम मात्रैको मसाज पार्लर, भित्रको धन्दा बेग्लै रहेको थाहा पाइन्। त्यहाँबाट चुपचाप भागिन्।

काम नपाएर निराश बनिरहेकी उनलाई बाबुले आफ्नो साथीको नम्बर दिए। फिल्मको सुटिङमा पर्दा पछाडिको काम सम्हाल्ने रहेछन् ती मानिस। उनले बाबुका साथीलाई भेटिन्, सुटिङको काममा सहयोग गरिन्। त्यसबापत पहिलो दिन ४०० रूपैयाँ कमाइन्।

त्यसपछि उनले विभिन्‍न समूहसँग काम गरिन्। कामको सिलसिलामा एउटा पञ्‍जावी नृत्य भांगडा गर्ने समूहमा पुगिन्। त्यहाँ एउटी केटीले ‘स्टन्ट वुमन’का बारेमा बताइन्।

उक्त कुराले गीताको जिन्दगी परिवर्तन गरिदियो। उनले स्टन्ट वुमनको कुरा सुन्‍नेबित्तिकै आफू पनि त्यस्तै बन्‍ने निर्णय लिइन्।

उनको पहिलो स्टन्ट थियो आगोमा कुद्ने। पहिलो काममै उनको अनुहार आगोले पोल्यो। केही दिनमा निको पनि भयो। आगोले पोले पनि उनी स्टन्टमा रमाउन थालिन्। पैसा पनि राम्रो कमाइ हुने, मज्जा पनि हुने।

गीताले उक्त अन्तर्वार्तामा हाँस्दै भनेकी छन्, ‘डराउन डर बाँकी नै थिएन, त्यसैले खतराको खेलाडी बनेँ।’

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
आफ्नो अधिकार सुरक्षित नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानको अडान आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्