• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कसले जुटाउँछ बहुमत ? यस्तो छ सम्भावित अंकगणित

64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख २८, २०७८  ०८:१५
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रतिनिधि सभाले अस्वीकृत गरेसँगै प्रधानमन्त्री ओली पदमुक्त भएपछि नयाँ संयुक्त सरकार गठनको प्रक्रिया शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गरेकी छन्। 

सोमबार साँझ संयुक्त सरकार गठनको प्रक्रिया शुरु गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्तिमार्फत् राष्ट्रपतिलाई आह्वान गरेका थिए। सोहीबमोजिम राष्ट्रपति भण्डारीले सोमबार राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बनाउन आह्वान गरेपछि दुई वा दुईभन्दा बढी दलको सरकार बन्ने बाटो खुलेको हो।

संयुक्त सरकार गठनका लागि कांग्रेसको नेतृत्वमा माओवादी र जसपा सहभागी हुनेगरी तीन दलवीच एकढंगको समझदारी भइसकेको छ। तर, यसमा सिंगो जसपा नभएर त्यसभित्रको बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको पक्षमात्र देखिएको छ, अहिलेसम्म। संयुक्त सरकार गठन हुन जसपा एक ढिक्का नहुँदा सजिलै सरकार बन्न भने गाह्रो देखिएको छ। 

नयाँ गठबन्धनको अंकगणितीय कसरत 
अहिले प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये माओवादीका चार सदस्य (सांसद) पदमुक्त भइसकेकाले २७१ जना मात्र सदस्य छन्। कांग्रेस र जसपाका ४ सांसद निलम्बित रहेकाले मत दिन पाउँदैनन्। तर, उनीहरुको संख्या मौजुदा कुल संख्यामा गणना हुन्छ। कांग्रेसमा ६१ जना, माओवादी केन्द्रका सभामुखसहित ४९ जना सांसद छन्। त्यसमा स्वतन्त्र सांसद छक्कबहादुर लामा माओवादीमै भएकाले सभामुखसहित ५० जना छन्। सभामुखले मत दिने नपाउने भएकाले माओवादीका ४९ सांसद छन्। बहुमत पुर्‍याउन १ सय ३६ सांसद आवश्यक पर्छ। कांग्रेस र माओवादीको मात्र मत १ सय ९ हुन्छ। 

अहिलेको अवस्थामा नयाँ गठबन्धन सरकार बनाउन कांग्रेस र माओवादीलाई थप २७ मत आवश्यक पर्छ। त्यसमा राष्ट्रिय जनमोर्चाले साथ दिने संकेत देखाएको छ । त्यसो हुँदा पनि संयुक्त सरकार बन्न २६ मत आवश्यक हुनेछ। 

जसपाका ३४ सांसदमध्ये दुइजना निलम्बित छन्। त्यसमध्ये जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवको पक्षमा सोमबार १५ जना मात्रै खुलेर आए। त्यसमध्ये बाबुराम र उपेन्द्रपक्षकी रुही नाज उपत्यकाबाहिर भएकाले अनुपस्थित भइन। रुही नाजसहित बाबुराम उपेन्द्र पक्षका १६ जना सांसद जोड्दा संयुक्त सरकार बन्न १० मत अपुग हुन्छ। जसपा सिंगो पार्टीले नसघाए संयुक्त सरकार बन्न सक्ने स्थिति छैन। जसपा सिंगो पार्टीले सघाएमा भने बुहमतको संयुक्त सरकार सजिलै बन्छ। 

अहिलेसम्मको अवस्था हेर्दा सिंगो जसपाले सघाउने देखिएको छैन। त्यहीकारण संयुक्त सरकार बनिहाल्ने तस्वीर पनि देखिएको छैन। जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त सरकार बनाउन देउवा र प्रचण्डसँग मिलेर संयुक्त विज्ञप्ति जारी गरेलगत्तै उनको पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतोपक्षले त्यसमा समर्थन नभएको प्रतिक्रिया दिएका छन्। उक्त पक्षका नेता शरतसिंह भण्डारीले विश्वासको मत नदिने विषयमा मात्रै सहमति भएको बताए।  उनले भने, ‘कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने विषयमा सल्लाह भएको छैन। हिजो चाहिँ विश्वासको मत दिने विषयमा ह्वीप नलगाउने मात्रै सल्लाह भएको हो।’ 

विपक्षमा जानु र मत नदिनु दुवै एकै भएको बताउँदै आगामी सरकारमा सहभागिताका विषयमा छलफल जरुरी रहेको उनको भनाइ छ। अर्थात् अब बन्ने संयुक्त सरकारमा जाने वा नजाने भन्ने विषयमा फेरी जसपामा विवाद हुने देखिएको छ। संयुक्त सरकार बनाउने विषयमा बाबुराम–उपेन्द्रपक्षको जोड भएपनि त्यसमा महन्थ–राजेन्द्रपक्षको रुचि अहिलेसम्म देखिएको छैन। जसपालाई एक ढिक्का बनाएर संयुक्त सरकारमा सहभागी हुन बाबुराम–उपेन्द्रलाई निकै सकस हुने देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सिंगो जसपाले नसघाए पार्टी विभाजन हुँदा बाबुराम–उपेन्द्रपक्षका १६ जना मात्रै सांसद नयाँ सरकार गठनका लागि उपलब्ध हुने सोमबारको मतदानले देखाएको छ। जसपा विभाजन भएर १६ सांसद मात्रै सयुक्त सरकारको पक्षमा उभिए सरकार बन्न १० सांसद अपुग हुन्छन्। त्यसो हुँदा कांग्रेस, माओवादी र जसपाको बाबुराम–उपेन्द्र पक्षको मात्र सरकार बन्दैन। 

जसपाका बाबुराम–उपेन्द्रपक्ष एक नेताले भने त्यो अवस्था नआउने बताए। उनले पार्टीमा आफ्नो पक्षको बहुमत भएकाले गठबन्धन सरकार निर्माणका पक्षमा पार्टीले निर्णय गर्ने र निर्णय नमान्नेहरु कारवाहीको भागीदार बन्ने दाबी गरे।

सरकार बन्छ भन्नेहरुको हिसाब अर्को पनि छ। माओवादी र जसपाका नेताहरुले संख्या अझै पनि नपुग्ने स्थितिमा एमालेभित्रको माधवकुमार नेपाल पक्षको साथ मिल्ने बताएका छन्। नेपालपक्षका २० जना सांसदले राजीनामा दिएमा कांग्रेस, माओवादी र जसपाको बाबुराम–उपेन्द्रपक्षको मात्र पनि सरकार बनाउने बहुमत पुग्छ। 

अहिले प्रतिनिधि सभामा रहेका २७१ सदस्यमध्ये नेपालपक्षका २० जनाले राजीनामा दिएमा प्रतिनिधि सभामा कायम संख्या २५१ जनाको हुने छ। त्यसमा सरकार बन्न १ सय २६ मत भए पुग्छ। त्यतिबेला कांग्रेस ६१, माओवादी ४९, जसपा १६ र जनमोर्चा १ समेत १ सय २७ जना सांसद हुने छन्। यो संख्या सरकार बनाउन पुग्नेछ। 

तर, त्यसका लागि नेपाल पक्षका २० जना सांसद तयार हुनुपर्ने छ। नेपालपक्षका २० भन्दा कम सांसद मात्र राजीनामा दिन तयार भएमा सजिलै संयुक्त सरकार बन्न सक्दैन। माओवादी र जसपाका नेताहरुले भने एमालेका सांसदहरुले हस्ताक्षर गरेर वा राजीनामा गरेर, दुवै हिसाबले नयाँ सरकारलाई सघाउने बताइरहेका छन्। यो आकलन अनुसार सरकार बन्न सकेन भने संविधानको धारा ७६ (३) अन्तर्गत् सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने बाटोतिर मुलुक जानेछ। त्यो अवस्थामा भने फेरि ओली नै प्रधानमन्त्री बन्नेछन्।

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हु... शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार सरकारद्वारा गठन गरिएको अनुसन्धान समितिबारे प्रतिक्रिया दिँदै आङ्देम्बेले समितिको उद्देश्य सत्य तथ्य बाहिर ल्याउने हुनुपर्ने... शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत फर... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सेन्सर बोर्डमा मनोज पण्डित नियुक्त शुक्रबार, जेठ १, २०८३
१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र शुक्रबार, जेठ १, २०८३
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्