काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा समक्ष राखेको विश्वासको प्रस्ताव असफल, प्रस्तावमाथि भएको मतदानमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत, माधवकुमार नेपाल पक्ष संसदमा अनुपस्थित ।
२) २४ घण्टामा नेपालमा थप १३९ कोरोना संक्रमितको मृत्यु, ९ हजार २७१ जनामा संक्रमण पुष्टि, ४ हजार ७ जना कोरोना संक्रमणमुक्त ।
३) जेठ १३ बाट सुरु हुने एसईई र जेठ २६ बाट तय गरिएको कक्षा १२ को परीक्षा स्थगित, अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय ।
४) अमेरिकामा इन्धन पाइपलाइनमा साइबर हमलाका कारण आपत्काल घोषणा, हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि, फिरौती नतिरिए डेटा इन्टरनेटमा सार्वजनिक गर्ने धम्की ।
५) र, स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र रियल सेभिल्लाबीचको खेल बराबरीमै रोकियो, बराबरीसँगै मड्रिड ३५ खेलबाट ७५ अंकसहित लिगको दोस्रो स्थानमा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।