• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

झापाको दशैँबजार : वारि सुनसान पारि भीडभाड

64x64
नेपाल लाइभ शुक्रबार, असोज १३, २०७४  १३:३४
1140x725

बनियानी (झापा)- दशैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ। 

यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो । 

दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, तेल, लत्ताकपडालगायत खरिदका लागि भारतको पानीट्याङ्की, नक्सलबाडी, सिलिगुडी, गलगलिया, बतासीलगायतका बजारमा अहिले नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ । 

‘चाडपर्वका बेला किनमेलका लागि प्रायःजसो गलगलिया जाने गरेकी छु’, भद्रपुर–५ की पूजा शर्माले भने, ‘त्यता सामान किन्दा अलि सस्तो पर्ने गरेको छ।’ दुई÷चार रुपैयाँ सस्तो हुने भएपछि आफू भारतीय बजारमा किनमेलका लागि जाने गरेको उनले सुनाए। 

नेपाली बजारमा चिनीको मूल्य पसलअनुसार रु ८० देखि ९० सम्म पर्ने गरेको छ भने भारतीय बजारमा भारतीय रुपैयाँ ४० देखि ४३ ९नेरु ६२ देखि ६८० पर्ने गरेको छ । 

‘यहाँ रु १७० प्रतिकेजी पर्ने दाल त्यहाँ भारु ७० मा पाइन्छ’, बिर्तामोड–६ की मीना बस्नेतले भने, ‘सामानको दाम दुई÷चार रुपैयाँ कम हुने भएकाले किनमेलका लागि भारतीय बजार जाने गरेकी हुँ।’ 

नेपाली बजारमा सामानको मनपरी मूल्य र बजार अनुगमन नहुँदा नेपाली उपभोक्ता भारतीय बजार जान बाध्य भएको उनको भनाइ छ । ‘बजार अनुगमन हुँदैन’, उनले भने, ‘दाम पनि पसलैपिच्छे फरक–फरक हुन्छ, पसल सञ्चालकले अनुहार हेरेर सामानको मूल्य लिन्छन् ।’ 

भारतीय सीमावर्ती बजार नेपाली उपभोक्ताका कारण दिनदिनै बढ्दै गएका छन् भने नेपाली बजार सुक्दै गएका छन् । भद्रपुरको नजिकको भारतीय बजार गलगलिया दिनदिनै फस्टाउँदै गएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘भारतीय सीमावर्ती बजारको ग्राहक भनेकै नेपाली उपभोक्ता हुन्’, भद्रपुर–८ निवासी नेपाली काँग्रेस जिल्ला सदस्य तोया गड्तौलाले भने, ‘सस्तो हुने भएपछि यहाँका उपभोक्ता उतै जान्छन्, सामानको गुणस्तरबारे खासै चासो हुँदैन ।’ 

खाद्यवस्तुमा मिसावट बढ्दै गएकाले उपभोग्य वस्तु खरिद गर्दा सर्वसाधारणले गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘नेपाली रुपैयाँ भारतीय बजार जाने गरेकाले त्यसका लागि सरोकारवाला र व्यापारीले प्रभावकारी कदम चाल्नुपर्छ’, उनले भने। 

कुनै पनि वस्तु बिक्री गर्दा लागत मूल्यभन्दा २० प्रतिशतसम्म मुनाफा लिन पाइँदैन । त्योभन्दा बढी भएमा कालोबजारी गरेको ठहर्छ । तर, बजार अनुगमन नहुँदा अत्यधिक मुनाफा राखेर व्यापारीले मालसामान बिक्री गर्ने गरेको भद्रपुर–७ की लक्ष्मी ढकालले गुनासो गरे। 

‘न बजार अनुगमन हुन्छ, न त कुनै पसलमा सामानको मूल्यसूची नै छ”, उनले भने, ‘खानेकुराको दाम नै थाहा हुँदैन, जति भन्यो त्यति तिर्न बाध्य छौँ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, सीमावर्ती क्षेत्रमा खुलेका मनी चेञ्जरले महँगो दरमा भारतीय रुपैयाँ सटही गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दर भारु एक सयको १६० रुपैयाँ १५ पैसा भए पनि यहाँ रु १६५ मा कारोबार हुँदै आएको छ । सरोकारवाला निकायले नियमन र अनुगमन गर्न नसक्दा नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, असोज १३, २०७४  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
सम्बन्धित सामग्री
घरको वनमौरी घारबाट निस्केको मौरीले टोकेपछि बेहोस थारुको उपचारका क्रममा मृत्यु मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दियामा पु-याइएको छ । बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ कुटपिटमा संलग्न रहेको आरोपमा मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! करिब दुई सातामा पनि पार्टीको निर्देशन अलपत्र पर्नुलाई पार्टी सभापति रवि र दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीचको चि... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ बिहीबार, कात्तिक २६, २०८३
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु बिहीबार, कात्तिक २६, २०८३
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्