काठमाडाैं- चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सकिएकाे छ। पाँच दिनसम्म चलेको महोत्सवले चलचित्रका बिभिन्न बिषयबस्तुमा जुमबाट छलफल चलाएको थियो।
गएको वर्ष फागुनमा हुनुपर्ने कार्यक्रम कोराेनाकाे कारण यस वर्ष सरेको हो। सञ्चालकले भौतिक उपस्थितिमै महोत्सव गर्ने योजना बनाएपनि डिजिटल प्ल्याटफर्ममा सारिएकाे हाे । कार्यक्रममा भारतका चर्चित निर्देशक अनुराग काश्यपले चलचित्रका बारेमा मास्टर क्लाससमेत दिएका थिए।
महोत्सवमा फिचर चलचित्रको पुरस्कामा गौतमबुद्ध पुरस्कार भारतीय चलचित्र 'डिक्सनरी'ले जितेको छ। त्यस्तै, राष्ट्रिय पुरस्कारमा नेपाली चलचित्र 'आम कान्डो'काले हात पारेको छ। यही चलचित्रले उत्कृष्ट निर्देशकको पुरस्कार डोन्डुप छिरिङले प्राप्त गरेका छन्।
त्यस्तै, उत्कृष्ट सिनेमेट्रोग्राफरको पुरस्कार चलचित्र 'लाटो कसेरो'का शिरिष गुरुङले पाएका छन्। बेष्ट स्कृनप्लेको पुरस्कार भने नेपाली चलचित्र 'सरिता टेल मि हु आई एम'का सर्गो वासोले जिते।
उत्कृष्ट नायिकाको पुरस्कार 'लाटो कसेरो'की सरिता गिरीले जितेकी छन्। त्यस्तै, उत्कृष्ट नायक पनि 'लाटो कसेसो' चलचित्रकै नविन शिल्पकारले हात पारे।
योसँगै सर्ट चलचित्र तथा डकुमेन्ट्रको बागमती पुरस्कार कोरियन चलचित्र गडर्स डटर डान्स, राष्ट्रिय चलचित्र निर्देशक राजेश प्रसाद खत्रीको द स्क्यारो, मञ्जुश्री फिनल्याण्डको चलचित्र उवरफर्ग, माउन्ट एभरेष्ट स्वीजल्याण्डको रिटर्न टु द लष्ट इडन, पेन्डामिक पुरस्कार नेपाली निर्देशक गणेश पाण्डेको सिभिल सोल्जर्सले हात पारेको छ।
विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त महोत्सवमा ३१ देशका ६३ चलचित्र मात्र प्रतिस्पर्धामा छनोट भएका थिए। साथै नेपालबाट थप तीन गरी कूल ६६ चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।