काठमाडाैं- बलिउड नायिका कंगना रनौत सामाजिक सञ्जालको तारोमा परेकी छिन्।
ट्वीटरले स्थायी रुपमा सस्पेन्ड गरेसँगै इन्स्टाग्रामतिर सरेकी उनको पोष्ट डिलिट गरिएकाे हाे।
कोरोना संक्रमण पुष्टि भएसँगै रनौतले इन्स्टाग्राममा आफूलाई ‘सानो फ्लु’ ले छोएको भन्दै पोष्ट गरेकी थिइन्।
यद्यपि,उनले उक्त पोष्ट हटाइएकाे छ। पोष्ट हटाएपछि उनले स्टोरीमा इन्स्टाग्रामतिर आएको दुई दिनमात्र भएको र एक साता पनि टिक्न नसक्ने बताएकी छिन्।
यस्तै, सिलसिला जारी रह्यो भने उनको इन्स्टाग्राम पनि स्थायी रूपले सस्पेन्ड हुने धेरै जनाले आशंका गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।