काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पाैडेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आज दर्ता नहुने बताएका छन्।
माओवादी केन्द्र अविश्वासको प्रताव दर्ता गर्न तयार रहेको भए पनि कांग्रेसलगायत अन्य दलसँग छलफल गरेर थप निर्णय लिइने उनले बताए।
'प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार छ, तर आजै दर्ता हुँदैन। परिस्थति के हुन्छ, प्रधानमन्त्री कुन रुपमा प्रस्तुत हुन्छ, त्यो हेरेर निर्णय लिन्छाैं,' माओदवादी केन्द्रको संसदीय दलको बैठकपछि उनले भने।
अविश्वासको प्रतावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिने उनले बताए।
माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।