काठमाडाैं- नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीले संसद्मा प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
भर्खरै सम्पन्न संसदीय दलको बैठकले प्रस्तावको विपक्षमा मतदान निर्ण गरेको माओवादी केन्द्रका सांसद देवेन्द्र पाैडेलले जानकारी दिए।
प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेसँगै अविश्वास प्रस्तावका लागि अन्य दलसँग छलफल छलफल गर्ने संसदीय दलको बैठकले निर्णय गरेको छ।
अविश्वासको प्रस्तावका लागि कांग्रेस,जनता समाजवादी र कतिपय एमालेका नेताहरुसँग छलफल हुने सांसद पौडेलले जानकारी दिए।
अविश्वासको प्रस्तावका लागि माओवादी केन्द्र तयार रहेको र थप कदम प्रधानमन्त्रीको सदनमा कसरी उपस्थित त्यसमा भर पर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।