काठमाडाैं- बलिउड अभिनेत्री कंगना रनौतलाई काेराेना संक्रमण भएकाे छ। शनिबार इन्स्टाग्राममार्फत् उनले आफूलाई काेराेना संक्रमण भएकाे जानकारी दिएकी हुन्।
'विगत केही दिनदेखि थकान र कमजोरी महसुस गरिरहेकाे थिएँ। आँखामा पनि जलन भइरहेको थियो। यही बेला हिमाचल जाने याेजना बनाएकाे थिएँ। त्यसैले हिजो गरेकाे परीक्षमा काेराेना पेजिटिभ भएकाे रिपाेर्ट आएकाे छ,' उनले लेखेकी छिन्।
पाेजिटिभ पुष्टि भएपछि आफूलाई क्वारेन्टिनमा राखेको जानकारी उनले दिएकी छिन्। ‘मलाई थाहा थिएन कि कोरोनाले मेरो शरीरभित्र पार्टी गरिरहेको छ। अब मलाई थाहा भइसकेको छ। म यसलाई समाप्त पारिदिन्छु,’ उनले भनेकी छन्।
क्वारेन्टिनमा आफूले भाइरसलाई नष्ट गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन्।
कंगना प्राय: ट्वीटमा समय बिताउँथिन्। तर, गत मंगलबार बंगाल चुनाव परिणाममा तृणमूल कांग्रेस पार्टी (टीएमसी) र ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि उनकाे ट्वीटर अकाउन्ट सस्पेन्ड गरिएकाे छ।
कंगनाले ट्वीट गरेर ममता बनर्जीका लागि आपत्तिजनक शब्द प्रयोग गरेकी थिइन्। बंगला चुनावको परिणामपछि श्रृङ्खलाबद्ध रुपमा थुप्रै ट्वीट गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।