• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

हरेक दिन ‘३५ हजारमा’ कोरोना संक्रमण, नेपालमा दुई भेरियन्ट सक्रिय

डा कृष्ण पौडेल, निर्देशक इडीसीडी मंगलबार, वैशाख २१, २०७८  २०:०७
1140x725

स्वास्थ्य प्रणाली भित्र र स्वास्थ्य प्रणाली बाहिरका साझेदारहरुलाई हामीले सचेत गराएका थियौं। हामीले यस्तो जोखिम बढ्न सक्ने अवस्था छ भनेर हाम्रो आकलन प्रस्तुत गरेका थियौं। हामीले विभिन्न ठाउँबाट संकलन गरेका नमूनाका आधारमा आफ्नो तर्फबाट सकिने काम गर्‍यौं। भारतबाट नेपाल प्रवेश गर्ने ११ वटा नाकामा हेल्थ डेस्क राख्यौं। तर, खुला नाकाका बारण अन्य ठाउँबाट पनि मान्छेहरु आउनेजाने भइरहन्छ।  

हामीले गम्भीर रुपमा लिए पनि सरोकारवालाहरुलाई त्यही रुपमा बुझाउन सकिएन। चलिरहेको जिन्दगी रोकिन गाह्रो हुने रहेछ। न्युटनको नियमअनुसार 'बन्द भएकोलाई चलाउन गाह्रो, चलिरहेको बन्द गर्न गाह्रो' भनेजस्तै भयो।  चैतको २० गतेसम्म सबै गतिविधी निस्फिक्री चलिरहेका थिए। हामीले सचेत गराउँदा  'बन्द गर्ने बेला हो र?' भन्ने प्रतिप्रश्न खेपेका थियौं।  

चैत २६ गते कोभिड १९  क्राइसिस म्यानेजमेन्ट सेन्टरमा हामीले यस्तो अवस्था आउनसक्छ भनेर भनेका थियौं। भारतका महाराष्ट्र, मध्य प्रदेश र गुजरातमा संक्रमण बढ्दो थियो। हाम्रो देशमा पनि बेलायतको भेरियन्टसँग मिल्दो भाइरस बढ्दो क्रममा देखिँदै थियो। तर, हामीसँग स्पष्ट प्रमाण नभएकाले स्वच्छन्दताका साथ चलिरहेको जनजीवन रोक्न मुस्किल परेको हो। 

त्यो बेला हाम्रो परीक्षण कम थियो। साँच्चिकै लक्षण भएर बिरामी परेका, अपरेशन गर्नुपर्ने र विदेश जानेकहरुको मात्रै परीक्षण भइरहेको थियो। 

नागरिकले पनि हल्का रुपमा लिए
विद्यालय जसरी बन्द गरियो, त्यो भन्दा केही समयअघि सार्वजनिक यातायात बन्द गर्न पाएको भए अवस्था फरक हुन्थ्यो। कम से कम दुई हप्ताअघि नै सार्वजनिक यातायात बन्द गर्न पाएको भए यो विकराल अवस्था आउँदैनथ्यो कि? हामीले प्रयास गरेकै हौं। स्वास्थ्य मन्त्रालयलयकै जोड थियो। धेरै जोड गर्दा पनि अन्य सरोकारवालाबाट केही समय 'पर्खौं र हेरौं' भनियो। विद्याल बन्द गर्न पनि हामीलाई केही समय लाग्यो। त्यतिखेर हामीले नयाँ भेरियन्ट बढ्दो छ, यो बढी संक्रामक छ भनिरहेका थियौं।

एकजना संक्रमित हुँदा परिवारका सवैलाई सर्ने गरेको देखिएको थियो। आम नागरिकले पनि ख्याल गर्नुभएन। यसलाई हल्का रुपले लिनुभयो। अघिल्लो वर्ष कम दुःख दिएकाले पनि स्वास्थ्यका मापदण्डहरु  कडाइका साथ पालना गरेको देखिएन। 

नेपालमा सक्रिय दुई भेरियन्ट 
भाइरसहरुले आफूलाई समय र अवस्थाअनुसार परिवर्तन गर्नु र भेरियन्ट बनाउनु सामान्य कुरा हो। कोरोना भाइरसका सयौं भेरियन्ट बनेका छन्। सयौं भेरियन्ट पत्ता लागेका छन्। तीमध्ये जसले जनस्वास्थयमा धेरै असर गर्छ, तिनलाई भेरियन्ट अफ कन्सर्न अर्थात् चासोको भेरियन्ट भनिन्छ। विश्वमा तीनवटा भेरियन्ट बढी सक्रिय छन्। बेलायतमा बनेको 'बी.वान.७', साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेका भेरियन्ट र भारतमा बनेका डबल र त्रिपटल म्युटेड भाइरस छन्। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निगरानी गर्दै गर्दा दुई तिहाइभन्दा बढीमा नयाँ भेरियन्ट देखिएको थियो। पोखरामा १० देखि २० वर्षको उमेर समूह बालबालिकामा देखिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा अहिले बढी सक्रिय रहेकामध्ये भारतको डबल म्युटेड र बेलायतको 'बी.वान.७' प्रमाणित भएका छन्। अन्य पनि हुन सक्छन् भन्ने लागेर केही नमूनालाई ‘सिक्वेन्सिङ’ गर्दैछौं।

हरेक दिन ‘३५ हजारमा’ कोरोना
हाम्रो परीक्षणको दर एकदमै कम छ। धेरैले कोरोनाको सामान्य लक्षण हुँदा रुघा वा मर्की भनेर परीक्षण नै गराएनन्।  परीक्षणमा आउन पनि सजिलो छैन। सरकारी ल्याब सवैको पहुँचमा छैनन्। निजीमा शुल्क केही महंगो छ। चिकित्सकले नपठाएसम्म परीक्षण गर्न नजाने प्रचलन छ। अन्य रोगमा पनि यस्तै हो, कोरोना पनि त्यही देखियो। कोरोना हटस्पष्ट पहिचान गर्ने र कन्ट्याक्ट ट्रेसिङ गर्ने काम पनि अपेक्षित गतिमा हुन सकेको छैन। त्यसैले परीक्षणको दायरामा निकै कम आएक छन्। 

अघिल्लोपल्ट गरिएको 'सेरो सर्वे'ले कुल पोजेटिभको २० प्रतिशत मात्रै परीक्षण भएको भनेर रिपोर्ट दिएको थियो। त्यसलाई आधार मान्ने हो भने ठूलो संख्यामा संक्रमित समुदायमै छन्। अहिले तथ्यांकमा ७ हजार भेटियो भने यसको चार–पाँच गुणा समुदायमा छन् भन्ने बुझ्नुपर्‍यो। यो तथ्यांक निकाल्ने वैज्ञानिक तरिका हो। 

भारतमा एन्टिजेनले धेरै देखिएको हो। हाम्रोमा पनि पिसीआरको क्षमता त २२ हजार मात्रै हो। हामी पनि ढिलोचाँडो एन्टिजेनमा जाने नै हो। एन्टिजेनको रिपोर्ट कम देखियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा पौडेलसँग गरिएको कुराकानीको आधारमा)


भिडियो हेर्नुहोस्:

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्