काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) निषेधाज्ञा र बन्दाबन्दीमा कसैलाई भोकै मर्न नदिन सरकार सचेत रहेको प्रधानमन्त्री ओलीको दाबी, बिरामी उपचारबाहेकका क्षेत्रमा अक्सिजन आपूर्ति बन्द, लुकाउनेलाई कडा कारबाहीको चेतावनी ।
२) सूर्य चिह्नबाट चुनाव लडेकाको समर्थन कानुनी रुपमा अन्य दललाई नहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको दाबी, ‘एमालेतिर लागेका’ २ सांसद भन्छन्– केन्द्रको दबाब थेग्न सकिएन ।
३) सरकारद्वारा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द, आज मध्यरातिदेखि आन्तरिक र बुधबारदेखि अन्तर्राष्ट्रिय उडान रोकिने, नेपाल–भारतबीच सातामा दुई उडान मात्र हुने ।
४) पश्चिम बंगालको चर्चित निर्वाचन क्षेत्र नन्दीग्राममा मुख्यमन्त्री ममता बनर्जी पराजित, २९२ सिटमध्ये बनर्जीको दल तृणमूल काग्रेस २१० र भाजपा ७७ स्थानमा विजयी ।
५) र, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपालको एक स्थान सुधार, १३ औं स्थानमा उक्लियो, एकदिवसीय वरीयतामा समेत सुधार ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।