काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउने कार्य असंवैधानिक भएको दाबी गरेका छन्।
प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई सामना नगरी राजीनामा दिएर अल्पमतामा रहेका नेकपा एमालेका पोखरेललाई पुन: मुख्यमन्त्रीको शपथ गराउनु संसदीय लोकतन्त्रको मूल्य र मान्यता विपरीत रहेको यादवले जिकिर गरेका छन्।
आइतबार एक विज्ञिप्ती जारी गर्दै यादवले एमालेकै चार सांसदले समर्थन नरहेको भनेको र विवक्षी मोर्चाको वहुमत पुगेको अवस्थामा गरिएको शपथ गैर संवैधानिक भएको बताएका छन्।
संविधान अनुसारको विधि र प्रक्रिया तत्काल शुचारु गर्न र बहुमतअनुसार नयाँ सरकारलाई तत्काल मार्ग प्रशस्त गर्न यादवले विज्ञप्तीमार्फत माग गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।