काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने, वैशाख २७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय ।
२) आइतबार बिहानै पदबाट राजिनामा दिएका लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दिउसो पुनः नियुक्त, एमालेकै केही सांसदले समर्थन फिर्ता लिएपछि फेरि अल्पमतमा ।
३) गत २४ घण्टामा २७ कोरोना संक्रमितको मृत्यु, एकै दिन हालसम्मकै बढी ७ हजार २११ जनामा संक्रमण पुष्टि, दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन सकियो ।
४) अमेरिकी राष्ट्रपति जो बाइडेनले शत्रुतापूर्ण नीति अख्तियारी गरेको उत्तर कोरियाको आरोप, हालसालै बाइडेनले गरेको टिप्पणीलाई ‘असहनीय’ भन्दै ‘गम्भीर भुल’को संज्ञा ।
५) र, अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनबारे चिकित्सकहरुको विशेषज्ञ टोलीद्वारा रिपोर्ट सार्वजनिक, म्याराडोनाको निधन हेरचाहको कमी र उपचारमा लापरबाहीले भएको खुलासा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।