काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक नैतिकताको धज्जी उडाएको आरोप लगाएका छन्।
मुख्यमन्त्री शंकर पोखरेलले थालेको 'राजनीति'ले राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याएको समेत रावलको आरोप छ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै छत्रछायामा अर्को पदलोलुप चर्तिकला भएको पनि रावलको टिप्पणी छ।
ट्वीटरमा उनले लेखेका छन्, 'लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याइ संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ। प्रमं केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।