काठमाडाैं- ‘सुटर दादी’को नामबाट चर्चित चन्द्रो तोमरको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ८९ वर्षीया तोमरकाे शुक्रबार निधन भएकाे हाे।
उनलाई कोरोना संक्रमण भएको खबर उनको परिवारले तीन दिनअघि सामाजिक सञ्जालमार्फत दिएका थिए। पछिल्लो दुई दिनदेखि श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई मेरठको एक अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल भर्ना गरिएको दुई दिनमै उनको निधन भएको हो।
उत्तर प्रदेशको बागपतकी तामाेरले ६५ वर्षको उमेरमा सुटिङको अभ्यास सुरु गरेकी थिइन्। उनले २५ नेशनल सुटिङ च्याम्पियसशीपमा सहभागी भएर सबै प्रतियोगिता जितेकी थिइन्।
तोमरको जीवनीमा चलचित्र ‘साँड कि आँख’समेत बनेको थियो। जसमा तापसी पन्नु र भूमी पेडनेकरले मुख्य भूमिका निभाएकी थिइन्।
भूमीले तमोर र तापसीले प्रकाशी तमोरको भूमिका निभाएका थिए। प्रकाशी पनि ‘सुटर दादी’का नामले चिनिन्छिन्। ‘साँड की आँख’मा उनीहरुको संघर्ष देखाइएको छ।
उनको निधनप्रति भूमी र तापसीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।