काठमाडाैं- कहिले (शौचालय) ट्वाइलेटको कथा त कहिले 'प्याड म्यान'को कथा भन्ने बलिउडले अब भने कण्डम वुमनको कथा पस्कने भएको छ।
एक कण्डम उत्पादन गर्ने कम्पनीमा काम गर्ने महिलाको कथामा फिल्म बन्न लागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
नाम राख्न बाँकी रहेको फिल्ममा भारतीय अभिनेत्री रकुल प्रित सिंहले कण्डम परीक्षकको भूमिका निभाउँदैछिन्। रकुल दक्षिण भारतीय फिल्मकी चर्चित नायिका हुन्।
फिल्मको कथा फरक र अनौठो लागेकाले नै आफू कण्डम परीक्षकको भूमिका निर्वाह गर्न तयार भएको रकुलको भनाइ छ।
फिल्मको लिखित सम्झौत भने हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
कण्डम उत्पादन गर्ने कम्पनीले बजारमा उत्पादन पठाउनुअघि गरिने परीक्षण र त्यसमा नियुक्त गरिएकी एक युवतीको कथा फिल्मले भन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।