फाइल तस्बिर
काठमाडौं– उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुरमा) बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागु भएको छ। कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो।
बिहीबार बिहानैदेखि मुख्य चोकहरुमा सुरक्षाकर्मीले निगरानी बढाएका छन्। सुरक्षाकर्मीले सडकमा हिँडडुल गर्नेलाई आवश्यक सोधपुछ गर्दै अनावश्यक रुपमा बाहिर निस्कनेलाई कारबाहीसमेत गरिरहेका छन्।
सरकारी निर्णयअनुसार आजदेखि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई बन्द हुने छन्।
यस्तै सार्वजनिक तथा निजी सवारी साधन बैशाख १६ गते (आज) बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्मका लागि रोक लगाइएको छ।
गत सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकपछि जारी निषेधाज्ञासम्बन्धी आदेश आजदेखि कार्यान्वयनमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।